निर्णय नं. ५०७ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०७ - अंश भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०६/०३ ३११३ निर्णय नं. ५०७ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीस भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री हेरम्बराज सम्वत ०२५ सालको दे.फु.नं. ८९ निवेदक : जिल्लै पर्सा प्र.नौरंगियातर्फ जगतपुर मौजे धर्मपुर बस्ने भुवनराज उपाध्यायसमेत विरुद्ध विपक्षी : ऐ.बस्ने फणिन्द्रराज भन्ने दामोदरप्रसाद उपाध्याय मुद्दा : अंश (१) तायदाती मुचुल्कामा घरसारमा अंशबण्डा गरी माना समेत छुट्टिसकेको साल मात्र लेखी महिनामा र मिति नखुलेमा–सोही सालको वैशाख १ गतेलाई मानोछुट्टिएको मिति कायम हुने । २००६ साल वैशाख २३ गतेको तायदाती मुचुल्काका २००० सालदेखि घरसारमा अंशबण्डा गरिसकेको मानो समेत छुट्टी सकेको भनी लेखिएको महिना मिति केही नखुलेको यहि मिति भनी किटान नभएमा वादी प्रतिवादीहरूको व्यवहारमा कचमच पर्ने समेत हुनाले २००० साल वैशाख १ गतेलाई मानु छुट्टिएको मिति कायम गर्नु मुनासिव देखिन्छ । (प्रकरण नं. १५) (२) प्रस्तुत लिखत प्रमाण हुने सम्भव देखी सद्दे कीर्ते सुनाई तहकिकात वादको कारवाईले उक्त लिखत प्रमाण लाग्न नसक्ने देखिएमा–उक्त सद्दे कीर्ते तहकिकातलाई मान्यता नदिए पनि हुने । प्रमाणमा पेश भएको कागज परस्पर सुनाउनु पर्ने र कीर्ते जालसाजी भनेमा कीर्ते जालसाजी मुद्दा चल्ने अदालती बन्दोबस्तको ७८ नं. मा व्यवस्था छ । पहिले पेश भएको लिखतलाई प्रमाण लाग्ने हो भनी पक्षहरूले देखाएमा त्यसबखतमा हेर्दा यो कागज पनि प्रमाण हुनसक्ला भन्ने सम्भव भएको कागजलाई सद्दे कीर्तेमा सुनाई तहकिकात भएपछि भएका कारवाईले त्यो लिखतमा प्रमाणै लाग्न सक्ने व्यहोरा देखिन आएन भने त्यस्तो सद्दे कीर्तेको तहकिकातलाई मान्यता नदिए हुन्छ । (प्रकरण नं. १६) (३) कसैलाई अंश भाग गर्नुपर्ने भन्ने मुचुल्का बदर गर्न कारवाई चलाएको नदेखिएमा–निजको बण्डा लाग्ने भन्नेमा मञ्जुरी भइराखेमा–निजको बण्डा नलाग्ने भन्ने जिकिर बेमनासिव । त्यसरी वादी दामोदरको सहोदर दाजु मेघराजको भाग लाग्नु पर्ने भनी मुचुल्का गराएको बदर होस भनी कुनै कारवाई चलाएको जिकिर मिसिलहरूबाट नदेखिएकोले दुवै नालको बण्डा लाग्ने हो भनी आफु मञ्जुर भइराखेको कुरामा अहिले सौतेनी भाइहरूको बण्डा लाग्ने होईन भन्ने जिकिर मुनासिव देखिँदैन । (प्रकरण नं. १७) निवेदक प्रतिवादीहरू तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट : उल्लेखित मुद्दा : फैसला मा.न्या.श्री हेरम्बराज १. बाबु तिर्थराज उपाध्यायको पत्नी जेठी गणेशकुमारीतर्फबाट प्र. कोसलराज,भुवनराज कान्छी तिर्थकुमारीतर्फबाट प्र.मेघराज,दोर्णराज र म पैदा भएको बाबु तिर्थ राज १९९२ साल चैत्र र गणेशकुमारी १९७३ सालमा परलोक भई सक्नु भएको, म नावालखै देखि घर सगोलैमा छाडी अन्त गई अंग्रजी पढी रहेको भएको सम्पत्ति जेथामा ६ खण्डको १ खण्ड मैले पाउनुपर्ने अंश छुट्याई भनी प्रतिवादीहरूलाई ०१६ साल वैशाख देखि आग्रह गरी आएकोमा छुट्याई नदिएकोले घरमा मुख्य मालिक जेठो कोसलराज भएकोले निज समेतबाट सम्पत्तिको तायदाती फाँट लिई ६ खण्डको १ खण्ड मेरो अंश दिलाई पाउँ भन्ने फणिन्द्रराजतर्फ दामोदरप्रसादको ०१६।२।१४।५ को फिरादपत्र । २. ६ खण्डको १ खण्ड मेरो भाग अघि नै छुट्याई लिइसकेको कांग्रेसी पर्वमा ६।१।२३ गतेको तायदाती मुचुल्का बमोजिम ०६।७ साल बर्ष २ सरकार लागि ०८ सालमा फुकुवा भई मैले भोगी आएको छु म अरु प्रतिवादीसँग सगोलमा रहेको मानिस नभएकोले म उपर झुठ्ठै उजूर ग