निर्णय नं. ६११३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६११३ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५२/११/१७ ३००२ निर्णय नं. ६११३ ने.का.प. २०५२ अङ्क १२ विशेष इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे रिट नं. ३१३७ आदेश मिति : २०५२।११।१७।५ विषय : उत्प्रेषण । निवेदक : झापा जि. खजुरगढी गा.वि.स. वडा नं. ६ बस्ने गणेश काफ्ले विरुद्ध विपक्षी : अध्यक्ष, राष्ट्रिय खेलकुल परिषद त्रिपुरेश्वर काठमाडौं । श्री नेपाल रिष्ट्रिय खेलकूद परिषाद् । श्री ५ को सरकार, शिक्षा तथा समाज कल्याण मन्त्रालय । राष्ट्रिय खेलकूद परिषद् । § खेलकूद परिषद कर्मचारी सेवा शर्त नियम, २०४९ को नियम ९.३ को व्यवस्था संविधानसंग बाझिएको छ भन्नु नै पर्याप्त हुंदैन । संविधानसंग यो यो आधारमा यसरी बाझिएको भन्ने आधार र कारण खोल्नुपर्छ । निवेदकले संविधानसंग नियम ९.३ बाझिएको आधार र कारण देखाउन सकेको नदेखिंदा नियम ९.३ को व्यवस्था अमान्य घोषित गर्न नमिल्ने। (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री खिमलाल देवकोटा विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री बलराम के.सी, विद्वान अधिवक्ता श्री उपेन्द्रकेशरी न्यौपाने अवलम्बित नजीर : x आदेश न्या.नरेन्द्रबहादुर न्यौपाने : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र धारा ८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. म निवेदक राष्ट्रिय खेलकूद परिषद्को मिति ०४३।४।२४ को मनोनयन पत्र अनुसार सेवामा प्रवेश गरी ०४५।१२।२१ को निर्णय अनुसार स्थायी नियुक्ति पाई अटुट रुपमा कर्तव्य परायण भै इमान्दारी साथ काम गर्दै आएकोमा एकाएक परिषदकै मिति ०४९।९।१० को पत्रबाट श्री ५ को सरकार शिक्षा तथा संस्कृति तथा समाज कल्याण मन्त्रालयबाट स्वीकृत भै लागू भएको राष्ट्रिय खेलकूद परिषदको कर्मचारी सेवा शर्त सम्बन्धी नियम, ०४९ बमोजिम तपाईले स्वतः अवकाश पाउनु भएको हुँदा ०४९।८।२८ गतेदेखि लागू हुने गरी परिषद्को सेवाबाट अवकाश दिइएको जानकारी यसै पत्रद्वारा सूचित गरिन्छ भन्ने व्यहोराको पद खारेज भै अवकाश पाएको नामको पत्र ०४९।९।२६ मा बुझाई सेवा अन्तर्गत काम गरियो । राष्ट्रिय खेलकूद परिषद्का कर्मचारी सेवा शर्त सम्बन्धी नियम ०४९ नामक नियमावली सार्वजनिक जानकारीमा आएको छैन । उक्त नियम, २०४९ प्रकाशमा आएकै भएपनि खेलकूद परिषद् विधिवत गठन भएकै छैन, यस्तो परिषदलाई नियमावली बनाउने तथा उक्त नियमावलीलाई दरबन्दी कटोती गरी एकाएक कार्यरत कर्मचारीलाई सेवामुक्त गर्ने प्रावधान राख्ने अख्तियारी छैन जुन कर्मचारी सेवा शर्त सम्बन्धी सामान्य सिद्धान्त विपरीत हुन्छ । नियमावलीले वैधता प्राप्त नगरेको हुँदा उक्त नियम, २०४९ खारेजभागी छ । परिषद् स्वयंलाई स्थायी पदको दरबन्दी खारेज गर्ने अख्तियार प्राप्त छैन । केवल शिक्षा तथा संस्कृति मन्त्रालयको स्वीकृति लिएर मात्र अस्थायी पद श्रृजना गरी दरबन्दी थपघट गर्न सक्ने सम्मको अधिकार मात्र परिषद्लाई प्रस्तुत नियमको परिच्छेद २ ले दिएको छ । तसर्थ अनाधिकृत रुपले गैरकानुनी ढङ्गले दरबन्दी खारेज गरी अवकाश दिने कार्य स्वतः गैर कानुनी र बदरभागी छ । दरबन्दी श्रृजना वा खारेज गर्ने परिषदको अधिकार अस्थायी पदको हकसम्म हो । स्थायी पदको हकमा होइन जबकी म निवेदक कार्यरत पद स्थायी हो । सो स्थायी पद परिषदले खारेज गर्न सक्ने होइन । कुनै कानुन अन्तर्गतको अधिकार प्रयोग गरी भएको नियुक्तिलाई कानुन र प्राकृ