निर्णय नं. ५०८ - बाली भराई जग्गाबाट निष्काशन गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०८ - बाली भराई जग्गाबाट निष्काशन गरिपाउँ भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०६/१४ २५२३ निर्णय नं. ५०८ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीस श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री लोकराज जोशी सम्वत २०२५ सालको दे. फु. नं. ७९ पुनरावेदक : ल.पु.इ.काम्टु बस्ने धनकुमारी सिलवालनी विरुद्ध विपक्षी : ऐ ऐ बस्ने चिनी मैयां सिलवालनी समेत मुद्दा : बाली भराई जग्गाबाट निष्काशन गरिपाउँ (१) हालको जग्गाको नाप ठहर अनुसार पाउनुपर्ने बाली भन्दा बढी बालीको दावा गरी कचमच गरी बुझी नलिई आलटाल गरी धरौट राख्ने म्याद पनि गुजारेको देखिएमा–बाली नबुझाएको कारण मोहीलाई जग्गावाट निष्कासित गर्न नहुने । हालको नापीबाट कायम भएको नाप ठहरबमोजिम जग्गा मात्रको बाली पाउनेमा साविक दर्ता रोपनी ३।२ कै बाली भराइपाउँ भनी दावी गरी नालिस गर्ने वादीहरूले घरसारमा रोपनी ३।२ कै बाली पाउनुपर्छ भनी दावी गरेन होलान भन्न नमिल्ने अर्को कुरा प्रतिवादी धनकुमारीले ०२१ सालको बाली पहिलेको जग्गा पनि बेखराजलाई बुझाइपाउँ भनी मालमा धरौट राखेकी समेतबाट निज बाली नबुझाई घिगन्याही गर्ने नियतको मानिस नदेखिएकी समेत हुँदा प्रतिवादीको भनाई जिकिर अनुसार वादीहरूले पनि आफूले पाउनुपर्ने भन्दा बढी बाली दावी गरी कचमच उठाई नबुझी दिएका र वादीहरू देउरानी जेठानी नाताका मानिस हुँदा प्रतिवादीले तत्कालै अड्डामा आई धरौट राख्न समेत नसकी सो ०२२ सालको बाली बाँकी रहन गएको रहेछ भन्ने देखिन आउँछ । तसर्थ हालको नाप ठहर बमोजिम मात्रको बाली पाउनुपर्नेमा वादीहरू आफूले पनि कचमच उठाई पाउनुपर्ने भन्दा बढी बाली दावी गरी नालिस गरेको समेत यस्तो अवस्थामा मोहीलाई जग्गाबाट निष्काशन गर्न न्यायोचित हुन नआउने समेत हुन्छ । प्रतिवादी धनकुमारीलाई जग्गाबाट निष्काशन गर्न नपर्ने ठहराई ०२५।१।३।२ को डिभिजन बेञ्चमा मा.न्या.श्री नयनबहादुरले व्यक्त गर्नुभएको राय मनासिव छ । (प्रकरण नं.८) पुनरावेदक प्रतिवादी तर्फबाट : अधिवक्ता श्री मधुप्रसाद शर्मा विपक्षी तर्फबाट : अधिवक्ता श्री सर्वज्ञरत्न उल्लेखित मुद्दा : फैसला मा.न्या. श्री लोकराज जोशी १. बेखाराज शाक्यसँग हामीले ०२१।२।१५ गते लिखत गरी ०२१।७।६ मा रु.४८९९। मा राजीनामा पास गराई लिएको पाटन लगनखेल कि.नं. २० मा दर्ता भएको खेत रोपनी ।। को कित्ता १ र खेत रोपनी ३।२ को कित्ता १ समेत जग्गा मध्ये रोपनी ३।२ जग्गा विपक्षी धनकुमारीले बेखाराजलाई साल १ को धान मुरी ७।१० बुझाउने गरी कमाई आएको रोपनी १ को धान १।३ ले हुने धान ३।१७।५ हामीलाई बुझाउनु पर्ने ०२२ सालको बाली नबुझाएकोले बिगो रु.३१०।५० भराई जग्गाबाट निष्कासन गरिपाउँ भन्ने सोरणकुमारी चिनीमैया सिलवालनीहरूको ०२३।२।२८।६ को फिरादपत्र । २. हालको सर्वे नापीमा जम्मा रोपनी २।।। ठहर भई सो अनुसारको कुत बाली वादीहरूलार्र्ई बुझाउन साविक रोपनी ३। को लेउ बाली भनेकाले र नापीबाट ठहरेको जग्गा बाली बुझी देउ भन्दा पर्ख पर्ख भनी आलटाल गरी झुलाई दिएका र वादीहरू आफ्नो जेठा ससुराका बुहारी जेठानी देउरानी नाताका मानिस हुँदा बुझी देलान भनी पखडा धरौटी राख्ने म्याद गुजारी दिई नालेस गरेछन्, कानूनबमोजिम बाली जुनसुकै बखत पनि दिन तयार छु भन्ने समेत धनकुमारी सिलवारनीको ०२३।८।२१।३ को प्रतिवादी । ३. फिल्ड बुक उतारबाट जग्गा रोपनी २।।।– कायम भई अवल किसिम भन्ने देखिएको हुँदा र ०२२ सालको बाली बाँकी छ भन्ने प्रतिवादी सावितै भएकी कारणबाट वादीले रोपनी २।।।–को अवल किसिम ब