निर्णय नं. ६११४ - बकसपत्र बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६११४ - बकसपत्र बदर भाग: ३७ साल: २०५२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५२/१२/१३ २४९६ निर्णय नं. ६११४ ने.का.प. २०५२ अङ्क १२ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०५० सालको दे.पु.नं. १८३८, १८८७ फैसला मिति : २०५२।१२।१३ मुद्दा : बकसपत्र बदर । पुनरावेदक/प्रतिवादी : लमजुङ जिल्ला सप्तधारा गा.वि.स. वडा नं. ४ बस्ने ध्रुव गुरुङ विरुद्ध पुनरावेदक/वादी : नवलपरासी जिल्ला माकर गा.वि.स. वडा नं. ९ बस्ने लालश्री गुरुङ § सगोलका अंशियार मध्ये जुनसुकै अंशियारको नाउंमा सम्पत्ति रहे तापनि अन्यथा प्रमाणित नभएसम्म त्यस्तो सम्पत्ति सगोलकै मान्नु पर्ने हुन्छ र त्यसरी सगोलको सम्पत्ति जुनसुकै अंशियारको नाउंमा रहेको भए तापनि त्यस्तो सम्पत्ति कुनै पनि किसिमबाट हक हस्तान्तरण गर्दा सगोलका अंशियारहरुको मञ्जूरी लिनु पर्ने कानुनी व्यवस्था भएकोमा २०३४।७।१८ को बकसपत्रको लिखतमा यी वादी साक्षी बसेको वा निजको मञ्जूरी लिएको समेत देखिन आउंदैन । त्यसैले उक्त लिखतबाट यी वादीको हकमा असर पर्न जाने नदेखिने । (प्रकरण नं. १५) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल पुनरावेदक, प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती अवलम्बित नजीर : x फैसला प्र.न्या.सुरेन्द्रप्रसाद सिंह : पुनरावेदन अदालत बुटवलको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. विपक्ष ध्रुव गुरुङ मेरो भतिजा नाता पर्ने मेरा लोग्ने हरिहबहादुर गुरुङलाई के कुन व्यवहारबाट रिझाई रिझ बापत भनी जि.बु.न.पं. वडा नं. ८ को कि.नं. ४४६ क्षेत्रफल १५ धुर मध्ये साढे सात धुर घर घडेरी जग्गा तिरो रु. १।८७।२।४ किल्ला यस प्रकार पूर्व सडक पश्चिम सडक, उत्तर सन्तमाया श्रेष्ठनी देखिन मेरो जग्गा साँधको १४ हात मोहडा पश्चिम पिछवाड भएको घर घडेरी ०३४ साल कार्तिक १४ गते लमजुङ माल कार्यालयबाट लिखत पारीत गराई लिने दिने गरेछन् हरिबहादुर् ०३६।१२।२१ मा परलोक हुनु भयो नामसारी दाखिल खारेज गराउने सिलसिलामा बुझ्दा बकसपत्र पारीत गरेको र ०३५।१।१२ मा नामसारी दा.खा. गर्ने पर्चा समेत खडा भएको रहेछ । गैर कानुनी लिखत बदर गरी मेरो हक कायम गरी नामसारी दाखिल खारेज गरी पाउँ भन्ने लाल श्री गुरुङको फिराद दावी । ३. हरिबहादुर गुरुङले ०१२ सालमा मेरो नाउँमा दर्ता भएको बु.न. वडा नं. ८ कि.नं. ४४६ पूर्व मुलसडक उत्तर पश्चिम सानुमाया श्रेष्ठ, दखिन मेरो साँध यति ४ किल्ला भित्रको खस्यौली भन्ने पाखा जग्गा १४ हात मोहडा २५ हाल पिछवाड भएको जग्गा ०३४।७।१८ गते पास गरी दिनु भएको र मैले लिएको हुँ वादी मृतक हरिबहादुरको श्रीमती हुन ०३५ सालमा पोइल आएकी हरिबहादुरले बकस दिएको जग्गा आफ्नो आर्जन कमाईको भएकाले वादीको मञ्जुर लिनु पर्ने र साक्षी राख्नु पर्ने बाध्यता रहँदैन भन्ने समेत व्यहोराको ध्रुव गुरुङको प्रतिउत्तर पत्र । ४. एकाघरको पत्नी वादीलाई सो हदसम्म म्याद नाघेपछि दानबकसको ५ नं. ले उजुर गर्ने हदम्याद प्रदान गरेको नदेखिनाले हद म्याद नाघी आएको प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ भन्ने रुपन्देही जिल्ला अदालतको मिति ०३९।११।२९ को फैसला । ५. तथ्य र कानुनका आधारमा हदम्याद भित्र नभएको भनी तर्क लगाई खारेजी फैसला गरेको त्रुटिपूर्ण हुँदा सो फैसला उल्टाई पाउँ भन्ने समेत व्यहोराको वादी लालश्रीको तत्कालिन लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र । ६. उपरोक्त तथ्य एवं प्रमाणको