निर्णय नं. ५०९ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०९ - लिखत बदर भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०६/१७ २३३० निर्णय नं. ५०९ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री हेरम्बराज २०२५ सालको दे.फु.नं. ४० निवेदक : जि.पर्सा प्र.सिद्धमास डाहारपूर्व मौजे अग्लो घरभई पर्सा जि.अ.को बि.कृष्णवर सिंह प्रधान विरुद्ध विपक्षी : जि.सर्लाही मौजे विष्णुपुर बस्ने अष्टमाया प्रधान समेत मुद्दा : लिखत बदर (१) तत्काल प्रचलित अ.बं.१८१–पेटबोलीबाट बुझ्नपर्ने व्यक्तिलाई पेटबोलीबाट बुझी कारणी बनाई तहतह फैसला हुँदै आएमा–त्यसतर्फ विचार गर्न नपर्ने । अष्टमायाले विक्री गरेकी जग्गामा वादीको दावी परेकै र साहू लक्ष्मणहरी देखिन आएको निजउपर उजूर नभए पनि त्यस्तो व्यक्तिलाई पेटबोलीबाट बुझी प्रतिवादी सरह कारणी बनाई फैसला गर्न मिल्ने तत्काल प्रचलित अ.बं.१८१ नं. को व्यवस्थाअनुसार निज लक्ष्मणहरिलाई पेटबोलीबाट बुझी प्रतिवादी सरह कानून बनाई तहतह फैसला हुँदै आएको देखिएको समेत हुँदा त्यसतर्फ अरु शंका गरिरहनु परेन । (प्रकरण नं. १४) २. हकदार आफूमात्र भएको कारण परलोक हुनेको नाममा दर्ता भएको घर जग्गा आफ्नो नाममा नामसारी गर्न वादी वा निजहरू मध्यकोलाई पठाएको दरखास्तमा उल्लेख भएमा–सो मन्जूर गरी निज वादी गई उक्त नामसारीको कार्य सम्पन्न गराएकोमा–उक्त घर जग्गा सगोलको आर्जन भई वादी समेतको अंश हक नलाग्ने । यदि वादीहरू एकाघर सगोलमा रहेको निजहरू समेतको अंश हक लाग्ने जग्गा भए उक्त दरखास्तमा मेरो छोरा छोरी सन्तान समेत नभई सो जमिन परलोक हुनेका नाममा दर्ता राखी छाड्न नभई मेरा नाउँमा दर्ता दाखिल गर्न भन्ने जुनको तारावर सिंका नाउँको दर्ता जग्गामा हक पुग्ने अष्टमायामात्र भएकी भन्ने कुरालाई संकेत गर्ने वाक्यांशहरू उल्लेख हुनु र त्यसलाई मञ्जुरै गरी वादी मध्येको कृष्णवर सिं आफै गई १ नं. फाराममा सहिछाप गरी अष्टमायाका नाउँमा दर्ता गराई दिनु नपर्ने समेतबाट सगोलको आर्जन वादीहरू समेतको अंश हक लाग्ने रहेछ भन्न मिल्ने देखिन आएन । (प्रकरण नं. १५) निवेदक तर्फबाट : प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे उल्लेखित मुद्दा : आदेश मा.न्या. श्री हेरम्बराज १. सगोलकी भाउजू अष्टमायाका नाउँमा दर्ता भएको मौजे चन्द्रनगरको हाम्रो समेत अंश लाग्ने जग्गा बिगाहा ७।।।२।४ मध्ये विगाहा ३।।।३।।। हामीहरूलाई थाहा नदिई रामहरीलाई विक्री गरेकोले ०१४।१।१२।४ मा गरेको सुक्री बिक्री राजीनामामा लिखत बदर गरिपाउँ भन्नेसमेत कृष्णवर सिंह प्रधानहरूको ०१४।७।४।१ को फिरादपत्र । २. अष्टमायासँग मैले जग्गा राजीनामा गराई लिएको छैन भन्ने रामहरी जोशीको ०१४।८।२०।५ को प्रतिउत्तर । ३. मेरो लोग्नेको ४।५ बर्ष उमेरमा सासू परलोक हुनु भएको र ससुरा मधेशमा जागिरे हुनु भएबाट नाबालख लोग्नेलाई मामाको जिम्मा छाडी जानु भएकोले १५ बर्षको उमेरसम्म मामाकै घरमा पालन पोषण गरी ससुराले हेर विचार नगरी दुःख पाइरहेको देखि ठाइला ससुरा बडाहाकिम अम्बेवर सिं प्रधानले ६८।६९ सालमा बेथरी गोश्वारामा लिई गई पढाइ सिकाई नोकरी गराई दिनु भएको मेरो माइतबाट दिएको मेरो पेवा दाइजोको धनबाट र लोग्नेको नोकरीको आर्जनबाट वादीमा लेखिएको जग्गा छोडेको हो । लोग्ने नोकरी भई परलोक हुनुभयो । वादीहरूसँग सगोलमा बसेको छैन वादीहरूको र ससुरा बिरवर सिंहको आर्जनको जग्गासमेत हैन लोग्नेले लिनु भएको कर्जा तिर्न रु.६०००। मा लक्ष्मण हरिलाई विक्री गरेकि हुन, जसलाई मैले लिखत गरि