निर्णय नं. ५१० - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५१० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०८/१४ २७५१ निर्णय नं. ५१० ने.का.प. २०२६ डभिजन बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री कालीप्रसाद उपाध्याय सम्वत् २०२५ सालको रिट नं. ५०० निवेदक : का.इ.थानकोट ढंवडारे बस्ने वासुदेव गिरी विरुद्ध विपक्षी : श्री घरेलुउद्योग अञ्चल अधिकारी घ.उ.अ.केन्द्र, नारायणी अ.भरतपुर, चितवन बिषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) निजामती सेवा नियमावली, २०२१ को नियम १० (२)–स्पष्टिकरण लिई नोकरीबाट अवकाश गर्नु भन्ने आदेश नि.से.नी. १० (२) अनुसार सजाय दिने अधिकार प्राप्त अधिकारीले दिएमा–स्पष्टिकरण लिई स्पष्टिकरण सन्तोष जनक नभएको भनी वरखास्त गरेमा–अधिकार प्राप्त अधिकारीले आदेश दिई आफैले कारवाई गरेको भन्न नमिल्ने । खुद दौडाहा अञ्चलाधीश आफैले आदेश दिएको हो अधिकार सुम्पेको होईन भन्ने विद्वान सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिलको बहसका हकमा अञ्चल अधिकारीबाट भएको आदेशानुसार भनी निवेदक हटाइएको भए खुद दौडाहा अञ्चलाधीशबाट कारवाई भएको भन्न मिल्थ्यो । तर अञ्चल अधिकारीले स्पष्टिकरण लिई स्पष्टिकरण सन्तोषजनक नभएको भनी बर्खास्त गरेको देखिएको छ । तसर्थ दौडाहा अञ्चलाधीशले आदेश दिई आफैले कारवाई गरेको भन्न मिल्ने ठाउँ देखिएन । (प्रकरण नं. ९) (२) गैरकानूनी कारवाईमा पुनरावेदनको प्रश्नै नउठ्ने–कानूनी अधिकार प्रयोग गरी भएको कारवाई आदेशउपर मात्र पुनरावेदन लाग्ने । पुनरावेदनमा नै यी सव कुराको जिकिर लिन सकिन्छ भन्ने तर्कका हकमा विभागीय प्रमुखबाट कारवाई भई बर्खास्त भएको भए पुनरावेदनको बाटो अपनाउनु पर्ने थियो, तर प्रस्तुत केशमा नि.से.नियमावली, २०२१ को नियम १०–१ (६) बमोजिम सजाय दिन अधिकार पाएको दौडाहा अञ्चलाधीशले कारवाई नगरी अञ्चल अधिकारीलाई कारवाई गर्न लगाएको देखिनाले त्यस्तो अधिकार दिनै नहुने र अञ्चल अधिकारीले कानूनबमोजिम अधिकार पाएको पनि नदेखिंदा त्यस्तो अधिकारीबाट कारवाई भएको गैरकानूनी हुने र त्यस्तोमा पुनरावेदन दिने प्रश्न नउठ्ने कानूनी अधिकार प्रयोग गरी भएको कारवाई आदेशउपर मात्र पुनरावेदनको व्यवस्था भएको देखिन्छ । (प्रकरण नं. १०) निवेदक तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल उल्लेखित मुद्दा : आदेश मा.न्या. श्री कालीप्रसाद र मा.न्या. श्री नयनबहादुर १. निवेदक श्री ५ को सरकार उद्योग बाणिज्य मन्त्रालय घरेलु उद्योग विभाग घरेलु उद्योग केन्द्र नारायणी अञ्चल घरेलु उद्योग अञ्चल केन्द्र भरतपुरको मुखिया पदमा बाहाल रहेको व्यक्ति हुँ । निजामती ऐन र नियमको कार्यविधि अपनाई अख्तियारवालाले नोकरीबाट नहटाउँदासम्म सो पदमा बाहाल रहन पाउने मेरो कानूनी हक अधिकार सुरक्षित छ । २. उक्त अफिसका ख.मंगलप्रसादले मबाट बुझेको रुपैंया आम्दानी बाँघिएको खाता केरेकोले सो वारेमा मैले जिल्ला पञ्चायत कार्यालयमा उजूर गरेको थिए । विपक्षीबाट प्राप्त मिति ०२३।१०।१० को पत्र नक्कल पेश गरेको छु । उक्त पत्र मलाई बुझाएको सो बमोजिम मैले स्पष्टि करण पेश गरेको थिए । म बिरामी भई विदाको लागि हुद्वारा रिपोर्ट गरी थम बिरामी रिपोर्ट समेत गरी म औषधी उपचार गरी काठमाडौंमा रहेको मौका विपक्षीबाटै प्रेषित ०२३।११।१७ का मितिको पत्र नक्कल पेश गरेको छु । चितवनमा पनि म बसेको घरमा ०२४।१।२५ मा टाँसिएछ, सो पत्र पनि पाएको छु । सो पत्रहरू हर्दा नि.से.नि. ०२१ को नियम १०–१(६) अनुसार भन्दै मिति ०२३।