निर्णय नं. ६११५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६११५ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५१/१२/२९ ३४७४ निर्णय नं. ६११५ ने.का.प. २०५२ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४९ सालको रिट नं. २४५६ आदेश मिति : २०५१।१२।२९।४ मुद्दा : उत्प्रेषण । निवेदक : का.जि.का.न.पा. वडा नं. १६ नयाँ बजारमा स्थापित मामा कन्फेक्सनरीका तर्फबाट ऐ. को प्रोप्राइटर ऐ. ऐ. बस्ने मोहन काजी ताम्राकार विरुद्ध विपक्षी : श्री ५ को सरकार, श्रम कार्यालय वागमती अञ्चल काठमाडौं । का.जि. का.न.पा. वडा नं. ज्१६ नयाँ बजारमा स्थापित मामा कन्फेक्सनरीमा काम गर्ने मजदुर श्रीमती केशरी शाक्य । § श्रम ऐन, २०४८ को दफा ९२ को उपदफा (२) मा नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ अन्तर्गत भएको काम कारवाही यस ऐन बमोजिम भए गरेको मानिने छ भन्ने लेखिएको पाइन्छ । विपक्षी श्रीमती केशरी शाक्यले मामा कन्फेक्सनरीको व्यवस्थापकबाट दिइएको नसिहत बदर गरी पाउं भनी नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, (संशोधन सहित) २०१६ अन्तर्गत दफा ५१(३) बमोजिम कारखाना निरीक्षक छेउ उजूर दिएकोमा उक्त उजूरी कारखाना निरीक्षकबाट निर्णय हुनु पर्नेमा का.मु. वरिष्ठ कारखाना निरीक्षक र कारखाना निरीक्षकबाट समेत संयुक्त रुपले निर्णय भएको पाइन्छ । दुवै अधिकारीबाट संयुक्त रुपले निर्णय गर्नु पर्ने उक्त कानुनमा व्यवस्था भएको पाइन्न । कानुनी व्यवस्थाको अभावमा संयुक्त रुपबाट निर्णय गरेको कानुन अनुरुप नभई कानुनी त्रुटी देखिंदा विपक्षी श्रम कार्यालयको मिति २०४९।३।१४ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानुन बमोजिमको उजूरी कानून बमोजिमको अधिकारी छेउ परेकोले अब पुनः कानुन बमोजिम उक्त उजूरीको निर्णय गर्नु गराउनु भनी श्री ५ को सरकार श्रम कार्यालय वागमती अञ्चल काठमाडौंको नाउंमा परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री श्रीरामप्रसाद भट्टराई विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र श्रेष्ठ अवलम्बित नजीर : x आदेश न्या.त्रिलोकप्रताप राणा : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) बमोजिम रिट निवेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– २. नेपालमा पहिलो पल्ट चुइगम तथा बबलगम उत्पादन गर्ने गरी मिति २०४४।९।७ मा इजाजत पत्र प्राप्त भै २०४४।९।१५ मा उद्योग विभागमा रजिष्ट्रर गरी मिति ०४६।१०।२४ देखि निवेदक उद्योगले उत्पादन शुरु गरी आएको छ । विपक्षी केशरी शाक्यलाई यस उद्योगमा मजदुरमा भर्ना गरी निजले माग गरे बमोजिम पटक पटक घर विदा र बिरामी बिदा स्वीकृति गरी आएको थियो । विपक्षी केशरी शाक्यले तत्काल प्रचलित ऐन, नियम, विनियम विपरीत मिति २०४८।८।२५ गते विदा माग गरेकोमा निजको विदा अस्वीकृत भएको निजलाई जानकारी गराउँदा गराउँदै पनि अटेर गरी काममा अनुपस्थित रही उत्पादन कार्यमा व्यवधान उत्पन्न गरेको हुँदा निजसँग मिति २०४८।९।३ मा स्पष्टीकरण माग गरिएको र निजले पेश गरेको स्पष्टीकरण अध्ययन गर्दा तत्काल प्रचलित ऐन, नियम, आदेश र निर्देशनहरुको जानी जानी उल्लंघन र अवहेलना गरेको तथा उत्पादन कार्यमा व्यवधान उत्पन्न गरेको पाइएकोले नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ को दफा ११(१) बमोजिम खराब आचरण बापत निजलाई मिति २०४८।११।११ मा नसिहत दिइएको थियो । आफूलाई दिएको नसिहत बदरको लागि विपक