निर्णय नं. ६११६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६११६ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५२/११/०२ २४४२ निर्णय नं. ६११६ ने.का.प. २०५२ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०५० सालको रिट नम्बर २६४३ आदेश मिति : २०५२।११।२।४ विषय : उत्प्रेषण । निवेदक : का.जि.का.न.पा. वडा नं. २५ इन्द्रचोक बस्ने अरुण कुमार जैन विरुद्ध विपक्षी : कर कार्यालय, काठमाडौं § कर अधिकृतले गरेको कर निर्धारणको आदेश उपर चित्त नबुझ्नेले उल्लेखित कानुनी व्यवस्था अनुसार महानिर्देशक समक्ष उजूरी र राजश्व न्यायाधीकरण समक्ष पुनरावेदन दिन सक्ने प्रभावकारी प्रावधान हु“दा हु“दै निवेदक सो बाटो नलागी रिट क्षेत्रमा प्रवेश गरेको देखिएको छ । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत रिटनिवेदन दिंदा पनि भएको कानुनी उपचार अपर्याप्त वा प्रभावहीन छ भनी तथ्ययुक्त आधार सहित निवेदनमा उल्लेख गर्नु पर्छ । तर प्रस्तुत निवेदनमा विपक्षी कर कार्यालयको आदेश उपर महानिर्देशक समक्ष उजूरी वा राजश्व न्यायाधिकरणमा पुनरावेदन गर्दा कानुनी उपचार पाउन नसक्ने वा यस परिबन्धबाट सो उपचार प्रभावहीन छ भनी निवेदकले माथि लेखिए बमोजिम आफ्नो निवेदनमा कहीं कतै उल्लेख गरेको समेत नदेखिएकोले त्यसतर्फ विचार गरी रहनु नपर्ने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री उमाशंकर रौनियार विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्बित नजीर : x आदेश न्या.ओमभक्त श्रेष्ठ : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. कर कार्यालय, काठमाडौंका वरिष्ठ कर अधिकृत हिरालाल श्रेष्ठले मिति २०५०।२।२४ मा आ.व. ०४८।०४९ को निमित्त कर निर्धारण गर्न खडा गरेको पर्चामा आयकर दर्ता प्रमाणपत्र नं. १५।?८५२०–७७–१६८६ आ.व. ०४८।४९ को खुद आय कायमी विवरणमा आ.व. ०४७।४८ को पैठारी छुट भनी रु. १६,७६,५४३।– आ.व. ०४८।०४९ मा समावेश गरी आयकर निर्धारण गरेको आयकर ऐन, २०३१ को दफा ७, २७, ४९ विपरीत छ । मिति २०५०।१।१३ मा कर कार्यालय, काठमाडौंमा बयान गर्दा आ.व. ०४८।०४९ मा अ.रु. ९,००,०००।– को पैठारी भएकोमा कर कार्यालय रु. ९,४७,०२३।७५ पैसा कायम गरेको छ । यसरी विपक्षी कर कार्यालयले आयकर ऐन, २०३१ ले प्रदान गरेको अख्तियारको दुरुपयोग गरी एकै आर्थिक वर्षमा दुईवटा आर्थिक वर्षको आयलाई समावेश गरेको हुँदा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(२)(ङ) ले व्यापारमा भएको खुद आयमा मात्र कर तिर्ने मौलिक हकको हनन् भएकोले यस फर्मले तिर्नु पर्ने आयकर भन्दा बढी करको दायित्व बढ्ने गरी आयकर निर्धारण गरेकोले सो निर्णय पर्चा उत्प्रेषणको आदेशले बदर गरी आर्थिक वर्षको आयकरमा अलग अलग आयकर निर्धारण गर्नु भन्ने परमादेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदनपत्र । ३. यसमा के कसो भएको हो निवेदन माग बमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो वाटाको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखितजवाफ पेश गर्न विपक्षीको नाममा म्याद पठाउनु भन्ने समेतको यस अदालत एक न्यायाधीशको इजलासको मिति २०५०।५।१४ गतेको आदेश । ४. कर कार्यालयले आफ्नो कार्य क्षेत्रभित्रको करदाताको आयकर निर्धारण आयकर ऐन, २०३१ को दफा ३३(१) ३३(२) ३३(३) बमोजिम निर्धारण गर्ने गर्दछ । ऐनको दफा ४९(५) बमोजिम उद्योग व्यापार, पेशा व्यवसायको लेखा राख्नेको हकमा ऐनको