निर्णय नं. ५१२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५१२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०२/२८ २४९८ निर्णय नं. ५१२ ने.का.प. २०२६ फुल बेञ्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री लोकराज जोशी सम्वत् ०२५ सालको रिट फुल नम्वर १९ निवेदक : भूमिप्रशासन कार्यालय ललितपुर समेत विरुद्ध विपक्षी : ऐ पुलुगाँउ बस्ने टिकाचा ज्यापु बिषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४५ र ५०–ऋण निश्चितको कारवाई गर्दा बाँकी थैली (भोग बन्धकीको) लाई कपाली सरह ब्याज खानु भन्ने निर्णय गर्न नहुने । दफा ५० ले बाँकी साँवा किस्तावन्दीमा बुझाउन पाउने गरी आदेश दिनसम्म सक्ने व्यवस्था गरेकोले उक्त दफा ५० र ४५ अनुसार उपरोक्त उल्लेख भएबमोजिम सयकडा १० भन्दा बढी जति साँवामा कट्टागर्दा पनि साँवा बाँकीरहन आएकोमा भोगबन्धकी लिखत को रुपै बदली बाँकी थैलीको ब्याज खानु भनी निर्णय गर्ने व्यवस्था भएको देखिँदैन । यसरी दफा ५० बमोजिम बाँकी साँवा किस्तावन्दीमा बुझाउन पाउने गरी आदेश दिन सक्नेमा बाँकी थैली कपालीसरह हुनेगरी भू.सु.अ.ले गरेको निर्णय मिलेको देखिएन । (प्रकरण नं. १२) (२) कुनै निर्णयमा केही भाग मिलेमा र केही भाग नमिलेमा उक्त नमिलेको अनधिकृत भाग मात्र बदर हुने । भू.सु.ऐनले दिएको अधिकार भित्र रही ऋण निश्चितको कारवाई गर्दा बाँकी थैलीको रुपनै परिवर्तन गरी कपाली सरह ब्याज खानु भनी गरेकोसम्म भू.सु.अ.को निर्णय अनधिकार देखिंदा त्यस्तो अनधिकृत कामलाई मान्यता दिन नमिल्ने हुँदा नमिलेको हदसम्म अर्थात साँवामा कट्टा गर्दै लगी बाँकी हुन आएको भोगबन्धकी थैलीलाई कपाली सरह गरी थैलीको प्रकृतीमा नै परिवर्तन ल्याउने गरी ब्याज खानु भनी गरेको निर्णय हिस्सासम्म बदर गर्नुपर्ने ठहर्छ । सम्पूर्ण निर्णय बदर गर्नेगरेको डि.बे.को आदेश मिलेको देखिएन । (प्रकरण नं. १२) निवेदक भूमि प्र.कार्यलय, ललितपुर तर्फबाट : सरकारी अधिवक्ता श्री रतनलाल कनैडिया निवेदक चिनीया काजी तर्फबाट : अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल आदेश का.मु.प्र.न्या. श्री रत्नबहादुर विष्ट १. टिकाचा ज्यापुसँग २०२० सालमा पटक–पटक गरी रु. १९००। र २०२१ सालमा रु. १३०१। लिई का.रजिष्ट्रेशन मार्फत मेरो हकको भोग भएको ४ रोपनी ६ आना जग्गा भोगबन्धकी पास गरिदिएकोमा ०२० सालदेखि ०२३ सालसम्म साहूले भोग गरेको सो जग्गामा सालको धान मुरी १६ गहुँ मुरी ४ उब्जनी हुन्छ, २०२० सालदेखि २०२२ सालसम्म धान मुरी ४८ गहुँ मुरी १२ खाएको प्रचलन बजार भाउले रु.३६८०। खाई सक्नु भएकोले बढी ब्याज खाएको हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५० बमोजिम ऋण निश्चित गरिपाउँ भन्ने विपक्षी मध्ये चिनीया काजीको निवेदन बयान । २. ०२१ साल जेष्ठ २२ गते निज विपक्षी चिनीया काजीले घर खर्च गर्ने वापत जनाई मबाट रु.३२००। कार्जा लिई अघि देखि मैले कमाएको जग्गा भोग दिएको बर्ष १ मा धान मुरी ९। सम्म फल्छ र हाल नापीमा मेरै नाउँमा जोताहा कायम छ र खेत रोपनी बर्ष १ को रु.१५०। खर्च लाग्छ र १२ नं. फारम पञ्चायतमा भरेको छु भन्ने मेरो प्रतिवादी भएमा जग्गा खाएमा टिकाचा ज्यापु सावितै र वादी प्र्रतिवादी दावी जिकिर बमोजिम फल्ने भन्ने कानूनीसबूद नदेखिंदा सालको धानमुरी ९ र गँहुमुरी २।१० फल्ने लाएक न्यायपूर्ण देखिन्छ । सोही उब्जनी कायम गरी धानमुरी २४ र गहुँमुरी ५ खाएको हुँदा ०२१ सालको धान गहुँ दरमा ६०। ले हुने रु. ९००। र २०२२ सालको धानमुरी १ को रु.७५। र गह