निर्णय नं. ५१३ - गैरकानूनी थुनाबाट मुक्त गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५१३ - गैरकानूनी थुनाबाट मुक्त गरिपाउँ भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०४/२६ ३०८५ निर्णय नं. ५१३ ने.का.प. २०२६ डिभिजन बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् ०२५ सालको रिट नं. ५१९ निवेदक : जि.रुपन्देही तप्पा मर्चवार मौजे तुनिहवा घर भई हाल भैरहवा कारागारमा थुनामा रहेका त्रिजुगिनारायण मिश्रको हकमा निजको बजै नाताकी जि.रुपन्देही तप्पा मर्चवार मौजा तुनिहवा बस्ने छोटचौवाईनी । विरुद्ध विपक्षी : श्री अञ्चलाधीश, लुम्बिनी अञ्चलाधीश कार्यालय समेत बिषय : गैरकानूनी थुनाबाट मुक्त गरिपाउँ (१) भ्र.नि.ऐन, २०१७ (संशोधन सहित)को दफा १९ (२)। अ.बं.११८ को देहाय २०–तारिखमा राख्दा भागी गई पछि मुद्दा दायर गर्दाको अवस्थामा दाखिल गराउन नसक्ने अवस्थामा जमानी माग्ने र दिन नसके थुन्ने अधिकार अदालतलाई अ.बं.११८ नं. मुताविक नहुँदा भ्र.नि.ऐन, २०१७ (संशोधन सहित)को दफा १९ (२) अन्तर्गत कारवाई गर्दा जमानी दिन नसकेको भनी थुनामा राखे गैरकानूनी हुने । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १९ (२) को संशोधनमा तारिखमा राख्ने जमानी लिई छाड्ने र जमानी दिन नसके थुन्ने बारे भन्ने शब्दहरू राखिएको छ भन्ने उल्लेख भएबाट उक्त संशोधित दफा १९ (२) ले तारिखमा राखे जमानी लिई छाड्ने र जमानी दिन नसकेमा थुन्ने बारे अदालतलाई भएसरहको अधिकार बिषेश पुलिस विभागले प्रयोग गर्न पाउने व्यवस्था गरेको देखी मुलुकी ऐन अदालती बन्दोवस्तको ११८ नं. हेर्दा तारिखमा राख्दा भागी गई पछि मुद्दा दायर गर्दाको अवस्थामा दाखिल गराउन नसक्ने अवस्थामा जमानी माग्ने र दिन नसके थुन्ने अधिकार अदालतलाई दिएको देखिँदैन । उक्त नं. ११८ को देहाए २० मा “अरु अवस्थामा कसूरमा इन्कार गर्ने अभियुक्तलाई फैसला नहुँदै थुन्न वा निजबाट धरौट वा जमानत माग्न हुँदैन” भन्ने लेखिएबाट जमानी दिन नसकेको भनी थुनामा राखेको गैरकानूनी देखिंदा निवेदक त्रिजुगीनारायण मिश्रलाई छाडी दिनु भनी विपक्षीको नाउँमा निवेदकको मागबमोजिम बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गर्नुपर्ने ठहर्छ । (प्रकरण नं. ७) निवेदक तर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री रतनलाल कनौडिया उल्लेखित मुद्दा :  आदेश मा.न्या. श्री धनेन्द्रबहादुर १. विपक्षीले मेरो नाती त्रिजुगीनारायणलाई भ्रष्टाचारको अभियोगमा पक्राउ गरी जमानत दिन नसकेकाले ख. श्रेणीको सिधा खान दिई थुनामा राख्नु भनी यही आषाढ ४ गतेका दिन भैरहवा कारागारमा थुनामा राख्नु भएको छ । मेरो नातीले भ्रष्टाचार गर्दै नगरेको बैरघात पञ्चायतको प्रधानपञ्चको उम्मेद्वारमा खडा भएकोमा बिरोधीहरूले कुनै शिकायत गरे पनि थुनामा राख्नु पर्ने अवस्था नै छैन । जमानी चाहिएमा जमानी समेत दिन सक्छु भनी अञ्चलाधीश समक्ष भन्दा उल्टो जमानत दिन नसकेको भनी कारागारलाई पूर्जि लेखी पठाउनु भएछ । थुनुवा पूर्जि समेत दिनु भएको छैन । भ्रष्टाचारको आरोप लाग्दैमा थुनामा नै राख्नु पर्ने अनिवार्य छैन र उसमा पनि जमानत दिन खोजेमा जमानत लिनपर्ने कानूनी बाध्यता समेत गरिएको छ । साथै भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १९ को उपदफा ३ अन्तर्गत तोकिएको अदालतको कानूनबमोजिम अनुमति नलिएर २४ घण्टा भन्दा बढी थुनामा राखिएकोले समेत गैरकानूनी थुनामा राखिएको प्रष्ट छ । नातीले जमानत लिई थुनाबाट मुक्त गरिपाउँ भनी कारागार मार्फत २।२ पटक निवेदन दिंदा पनि विपक्षीले जमानत लिई दिनु भएन । ती निवेदन बुझेको भरपाईका नक्कलहरू पेश गरेको छु । मु