निर्णय नं. ५१६ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५१६ - अंश भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/११/१६ ३१७९ निर्णय नं. ५१६ ने.का.प. २०२६ डिभिजन बेञ्च न्यायाधीश श्री लोकराज जोशी न्यायाधीश श्री कालीप्रसाद उपाध्याय ०२० सालको देवानी नम्वर १३४० निवेदक : जि.मु.रामजीत लामा समेत विरुद्ध विपक्षी : हर्षजित लामा समेत मुद्दा : अंश (१) अंश लिने दिनेको मञ्जुरी अनुरुप व्यवहार भइसकेपछि दिनेको शेषपछि (३०–३२ बर्ष बाद) बण्डापत्रमा आफुले सही छाप गरे पनि रजिष्ट्रेशन नभएको कारण सो बण्डापत्र प्रमाण नलाग्ने भनेमा–उक्त भनाईलाई मान्यता दिनु अव्यवहारिक हुने । त्यसतर्फ बाबुबाटै आफ्नो मात्र अंश लिई छुट्टिएको भनी प्रतिवादीले पेश गरेको ८९।४।२ को बण्डापत्र र ९२ सालमा वादीहरू र बाबु इन्द्रजित समेत छुट्टिंदा भएको भनेको बण्डापत्रहरू समेत डिभिजन बेञ्चका आदेशबमोजिम वादीलाई सद्दे कीर्तेमा बयान गर्न सुनाउँदा ९२ सालको बण्डापत्रमा मेरो सहिछाप परेको हो तापनि उक्त बण्डापत्रहरू सवै ऐनले रजिष्ट्रेशन पास गर्नुपर्ने नगरेकोले प्रमाण नलाग्ने भनी बयान गरेकोमा अंश दिने लिनेले मञ्जुर गरी दिई लिई भोगचलन गरी अंशियार मध्ये कुनैले विक्री बन्धक समेतको व्यवहार गरिसकेको यस्तोमा अंश दिनेका शेषपछि ३०।३२ बर्ष बाद कुनै एउटा अंशियारले पास नभएकोले प्रमाण नलाग्ने भनेको कुरा खम्विर मानी सवै व्यवहार खलबल्याउनु अव्यवहारिक हुने । (प्रकरण नं. १६) (२) बण्डापत्र पास सम्बन्धमा भएको २००३।३।९।१ को सनद–यस सनद अघिको बण्डापत्र पास नभएकै कारण बदर नहुने । अघिको बण्डापत्र पास नभएकोमा जनतालाई पिर मार्का नपर्ने व्यवस्था मिलाउन तजविज गर्ने गरी अब उप्रान्त पास गर्नै पर्छ भन्ने ०३।३।९।१ मा सनद भएको देखिएकोले सो अघिको बण्डापत्र पास नभएकै कारणले बदर हुन्छ भन्न नमिल्ने, सो बण्डापत्रले प्रतिवादी हर्षजित बाबुबाटै अंश लिई ८९ सालमा छुट्टिएको कायम हुन आउने । (प्रकरण नं. १६) (३) कस्तो स्थितिमा सगोलै बसेको प्रमाणित नहुने ? (क) अंश छुट्टिएको कायम भएपछि अंश मिसाई बसेको भन्ने दावी नभएमा–“सगोलै छु” भन्ने भनाईमा विश्वास गर्न नमिल्ने । त्यसपछि यसकारणले यो साल महिना मितिमा प्रतिवादीसँग अंश मिसाई बसेको भन्ने वादीको दावीमा नभएकोले प्रतिवादीसँग सगोल छु भन्ने वादीको भनाईमा विश्वास गर्न नमिल्ने। (प्रकरण नं. १६) (ख) वादी प्रतिवादीको लेखाईमा वतन फरक फरक देखिनाका साथै एकाघर भनेर लेखनाको कारण विद्यमान भएमा–वादी प्रतिवादी सगोलै बसेको नठहर्ने । जम्मूदिपसंगको बाली दिलाई पाउँ भन्ने मुद्दामा हर्षजितले दिएको वारेसनामामा एकाघरको भनी लेखेकोबाट सगोल ठहर्ने भन्ने वादीतर्फको जिकिरको हकमा त्यसै मुद्दामा अर्जि पठाउँदा वादीले डिल्लीबजार डेरा गरी बस्ने भनी र प्रतिवादीले डिल्लीबजार बस्ने भनी वतन लेखेको देखियो, सगोलकै भए त्यसमा त्यस्तो लेखिनु त्यसरी बेग्लै रहने अवस्था नभएको र उपरोक्त उल्लेखित कारणले छुट्टी बेग्लै बसेको देखिएका मानिसको वारेसनामा एकाघरको भनी लेखिनु कारण धरौटी राख्न नपर्ने गराउन नै त्यस्तो लेखिएको भन्न तथ्ययुक्त देखिन्छ । (प्रकरण नं. १६) (ग) प्रमाणको निमित्त भनेको कागजपत्र आदिमा “सगोल रहेको” भन्ने शब्द नभएमा–सगोल भन्ने प्रमाणित नहुने । चिठ्ठि रसिद दर्ताको प्रमाणले सगोल देखिने भनेको तिनीहरूमा अंश नभई सगोल रहेको भन्ने कुनै शब्द नभएकोले धरौट इत्यादी चिठ्ठिपत्र आदान प्रदान र तिरो बुझाउँन लाउनु बुझाइदिनु, जग्गा दर्ता गर्ने बखत पुग्न नसक्ने अवस्था पर्दा एकाभाइले दर्ता गराई आफ्ना अंश बमो