निर्णय नं. ६११८ - दर्ता बदर ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६११८ - दर्ता बदर । भाग: ३७ साल: २०५२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५२/०६/२३ २१४४ निर्णय नं. ६११८ ने.का.प. २०५२ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत् २०५१ सालको दे.पु.नं. २४१० फैसला मिति : २०५२।६।२३।२ मुद्दा : दर्ता बदर । पुनरावेदक/प्रतिवादी : का.जि. का.न.पा. वडा नं. २६ नरदेवी ताहाननी बस्ने पुननारायण महर्जन विरुद्ध प्रत्यर्थी/वादी : ऐ.ऐ. वडा नं. १५ डल्लु बस्ने मिरा खतिवडा ऐ ऐ बस्ने वाला प्रसाद खतिवडा § हक बहेकको प्रश्न खडा भएको अवस्थामा कसैका नाउंमा दर्ता गर्ने निर्णय गर्ने अधिकार कुनै कानुनले माल कार्यालयलाई दिएको देखिंदैन । यस्तोमा कुनै निर्णय नगरी अदालतबाट हक बेहक गरी ल्याउनु भनी सुनाई पठाई दिनु पर्छ । अदालतबाट ठहर भै आए अनुसार गर्नु माल कार्यालयको कर्तव्य हुन आउने । (प्रकरण नं. १४) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री मोतिराज गौतम प्रत्यर्थी वादी तर्फबाट : x अवलम्बित नजीर : x फैसला न्या.केशवप्रसाद उपाध्याय : न्यायप्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) अन्तर्गत पुनरावेदन अदालत पाटनको फैसला उपर यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ :– २. मेरा स्वर्गीय पति गौरीप्रसाद शर्मा खतिवडाको नाममा जोत कायम भएको स्वयम्भु डल्लु गा.वि.स. वडा नं. (२) कि.नं. ४५ को क्षे.फ. १–३–१ र म निवेदक जोताहा भएको ऐ.ऐ. कि.नं. १८७ को क्षे.फ. ०–३–० समेतको जग्गा रै.प. नामसारी गरी मेरो छोरा बालाप्रसाद शर्माले ०४५।३।२१। मा निवेदन दिई कारवाही भएका उक्त कि.नं. को जग्गाहरु र घर समेत मेरो स्वर्गीय पतिको नाउँमा जोताहा भएको रै.प. गरी ज.ध.द.प्र.पु. पाउँ भन्ने समेत व्यहोराको मिरा खतिवडाको मा.पो.का. काठमाडौंमा मिति ०४५।३।२१ मा दिएको निवेदनपत्र । ३. डल्लु गा.वि.स. वडा नं. २ कि.नं. ४५ को क्षेत्रफल १–२–२ समेत जग्गा दर्ता गरिपाउँ भनी आमा आसामाया महर्जननी आफ्ना कालगतिले ०३२ सालमा परलोक भएकोले निजको हक खाने छोरी म तुल्सीमाया मात्र भएकोले उक्त जग्गा स्वयम्भु मौजे हा.नं. १५९ र १६० भिडाई दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा पाउँ भन्ने समेत व्यहोराको तुल्सीमाया महर्जननीको मिति २०४२।१२।१ को निवेदन । ४. का.जि. स्वयम्भु गा.वि.स. वडा नं. २ कि.नं. ४५ को क्षेत्रफल १–२–२ समेत तुल्सीमाया महर्जनले दर्ता दर्ता पाउँ भनी निवेदन गरी रहेकोमा आमा रत्नमाया महर्जन ०४२ साल फाल्गुण महिनामा परलोक भएकोले उक्त जग्गामा म निवेदक बस नारायण महर्जन र म तुल्सीमाया महर्जन समेतले निवेदन पुननारायण महर्जनका नाउँमा एकलौटी नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पुर्जा दिएमा मञ्जुर छ भनी हक दावी छाडी दिएको मिति ०४६।१।१६ को निवेदन पत्र । ५. उक्त कि.नं. ४५ को जग्गा पुन नारायण महर्जनका नाउँमा एकलौटी दर्ता गरी नामसारी गरी दिएमा मेरो मञ्जुर छ भनी नाति महर्जनले हक दावी छोडी दिनु भएको ०४७।४।२४ को निवेदन । ६. म निवेदक पुन नारायण र तुल्सीमायाका बीच कुनै किसिमको नाता पर्ने अपरिचित व्यक्ति हुन । उक्त कि.नं. ४५ को जग्गा हकवाला हकदार र म पुन नारायण १, आमा रत्नमाया १ भाई यस नारायण १, जेठा बाबुका छोरा नाती महर्जन १ समेत ४ जनाको अधिकार भएको उक्त जग्गा हामीहरुको साझा हो पछि तुल्सीमायाले पनि म निवेदकको नाउँमा हक दावी छाडी दिएको र दाजुभाइले पनि कार्यालयमा आई मेरा नाउँमा एकलौटी दर्ता नामसारी गरी दिनु भनी मञ्जुरनामा दिएको हुँदा म