निर्णय नं. ६१२० - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१२० - उत्प्रेषण समेत भाग: ३७ साल: २०५२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५२/१०/२२ २७८६ निर्णय नं. ६१२० ने.का.प. २०५२ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०५१ सालको दे.पु.नं. ३५१७ आदेश मिति : २०५२।१०।२२।२ विषय : उत्प्रेषण समेत । निवेदक : जि.कैलाली धनगढी नगरपालिका वडा नं. ३ बस्ने हिरासिंह रोका विरुद्ध विपक्षी : धनगढी नगर विकास समिति, समितिको कार्यालय धनगढी । प्रमुख जिल्ला अधिकारी देवेन्द्र बहादुर सिंह अध्यक्ष । धनगढी नगर विकास समिति । जग्गा नापी टोली, धनगढी नगर विकास समिति, धनगढी । जग्गा दर्ता छानविन उप–समिति, धनगढी नगर विकास समिति । मालपोत कार्यालय कैलाली, धनगढी । मेन्टिनेन्स नापी शाखा कैलाली, धनगढी । धनगढी न.पा. वडा नं. ३ बस्ने गंगा देवी वादी । § रिट निवेदक स्वयंले निजको हक, भोग र दर्ताको जग्गा हो भन्न नसकी निज र निजको परिवारले सुकुम्वासीको हैसियतले आ–आफ्नो नाउंमा नापी गराई बसोवास गरी आएको भन्ने सम्म निवेदनमा जिकिर लिएको देखिन्छ । यस स्थितिमा आफ्नो नाउंमा दर्ता तिरोको निस्सा प्रमाण नभएको जग्गाको सम्बन्धमा कुनै लिखत वा कानुनद्वारा अधिकार प्राप्त भोग भन्ने नभै ऐलानी जग्गामा बसोवास गरी नापी गराएको कारणबाट कुनै व्यक्तिले त्यस्तो जग्गामा कानुनी हक प्राप्त गर्ने र त्यस्तो भोगलाई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत प्रचलन गराउने समेत व्यवस्था रहेको नदेखिने। (प्रकरण नं. ९) § जहांसम्म ऐलानी जग्गामा बसोवास गरी आएका सुकुम्वासीका नाउंमा त्यस्तो जग्गा दर्ता गरी बसोवास गरी आएका सुकुम्वासीलाई नदिने श्री ५ को सरकारको नीति रहेको भन्ने कुरा वा त्यस्तो नीतिको कार्यान्वयनको प्रश्न छ, सो विषय कानुनी हक प्रचलनको विषयवस्तु नभएकोले त्यस्तो तथाकथित नीतिगत कुरामा यस अदालतबाट रिट जारी गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रामजी विष्ट विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्बित नजीर : x आदेश न्या.केदारनाथ उपाध्याय : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ :– २. जि. कैलाली साविक त्रिनगर गा.पं. वडा नं. ४ हाल धनगढी नगरपालिका वडा नं. ३ मा पर्ने साविकमा पूर्व सडक, पश्चिम नाला, उत्तर विजयलाल नेपालीको जग्गा, दक्षिण देवीलालको जग्गा यति चौहदी भित्र पर्ने जग्गमा ०२७ साल देखिनै सुकुम्वासी र घरबार विहीन भएका नाताले भोगचलन खनजोत आवाद गरी म निवेदक र मेरो एकासगोलको श्रीमती गोठी रोका र आफ्नो आफ्ना दाम काम गरी म निवेदकको छुट्टि भिन्न भई रहँदै बस्दै आएका छोराहरुले घर धुरी खडा गरी बसी आफ्नो जीविको पार्जन गरी आएको छौं । उल्लेखित चौहदी भित्रको जग्गा ०४१, ०४२ सालमा नापजाँच हुँदा श्रीमती गोठी रोकाको नाममा कि.नं. ४३, छोरा हुकुम बहादुरको नाममा कि.नं. ५४, झुपबहादुरको नाममा कि.नं. ५२ नापी हुन गई फिल्ड बुकमा नाम समेत कायम भैरहेको छ । प्र.नगर विकासले सुव्यवस्थित बसोवास गर्ने गराउने प्रयोजनका लागि ०४९।११।१३ मा श्री ५ को सरकारको मिति ०४०।१०।५ को निर्णयको दफा २१ को देहाय ४ को अधिनमा रही साविक कायम भएको फिल्डबुक सुधार गर्ने र सो सम्बन्धमा २१ दिन सूचना प्रकाशित गरी जग्गा भोगचलन गर्ने व्यक्तिका नाममा जग्गाधनी प्रमाण पूर्जा दिन प्र.कैलाली माल कार्यालयमा लेखी पठाउने भन्ने निर्णय