निर्णय नं. ५१९ - घर बाहाल हर्जाना दिलार्र्र्ई चलन चलार्ई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५१९ - घर बाहाल हर्जाना दिलार्र्र्ई चलन चलार्ई पाउँ भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०५/०१ २३९५ निर्णय नं. ५१९ ने.का.प. २०२६ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् ०२१ सालको देवानी पहिलो अपील नम्बर १५७३।१६८२ निवेदक : ने.म.संगठन काठमाडौ जि.स.का अक्ष्यक्ष का.इ.डिल्लीबजार बस्ने अंगुरबाबा जोशी विरुद्ध विपक्षी : का.ई.जुद्धसडक बस्ने स्वस्तिक स्टोर्सका प्रोप्राइटर नरोत्तमदास श्रेष्ठ मुद्दा : घर बाहाल हर्जाना दिलाई चलन चलार्ई पाउँ (१) जग्गा मिच्नेको १८ नं.–बहालको निमित्त नालेस गरेको मितिले उपरोक्त ऐनबमोजिम ३ बर्ष अगाडि (दावा सो भन्दा बढी भए पनि) देखि मात्र दुबै पक्षको मुख मिले बमोजिमको बाहाल भरी पाउने । सर्वप्रथम घरको बाहाल वादी दावीबमोजिम पाउने नपाउने के हो र यदि पाउने भए के कति पाउने हो ? त्यसतर्फ विचार गर्दा महिना १ को रु.२००। का दरले बाहाल तिरी आएको भनी दुबै पक्षको मुख मिलेको देखिएको जग्गा मिच्नेको १८ नं. ले ३ बर्षसम्मको नालेस लाग्ने व्यवस्था भएको र प्रस्तुत मुद्दाको नालेस २०।८।२२।१ मा मात्र परेको देखिएकाले ०१७।८।२३ देखि ०२०।८।२२ गते तक बर्ष ३ को बाहाल महिना १ को रु.२००। का दरले ३ बर्षको रु.७२००। रुपैंया मात्र प्रतिवादीबाट वादीले भरी पाउने र बढी बाहाल दावी गरेकोमा नपाउने ठहराएको का.वि.अ.का मुनासिबै । (प्रकरण नं. ८) (२) वादी फिराद दावीबमोजिम सवै भागको निर्णय नगरेमा–निर्णय नगेरेको दावी अपीलमा जिकिर गरेमा–सो को पनि अपील निर्णयमा ठहर गर्नुपर्ने । चलन चलाई पाउँ भन्ने तर्फ चलन चलाई पाउँ भनी वादीले फिराद दावी गरेको देखिएको दावी बमोजिमको निर्णय गर्नुपर्नेमा त्यसतर्फ काठमाडौं विशेष अदालतले निर्णय दिएको नदेखिएको र चलन चलाई पाउँ भनी अपीलाट वादीले अपील जिकिरसमेत गरेको देखिएकाले त्यसतर्फ विचार गर्दा दाता श्री ज.सिंह शमशेर जंगबहादुर राणाबाट नेपाल महिला संगठन काठमाडौं जिल्ला संगठन समिति अफिसका निमित्त का.ई.जुद्धसडकका ब्लक नं.६/४१ को रातो घर महिलाहरूको हितको निमित्त सो हितका लागि दानपत्र गरी २०।१।४।४ मा रीतपूर्वक रजिष्ट्रेशन पास गरिदिएबाट वादीतर्फबाट हक प्राप्त गरेको देखिएकोले वादी दावीको घर खाली गरिदिनु भनी अक्ष्यक्ष अंगुरबाबाले प्रतिवादीका नाउँमा सूचना पठाउँदा पनि घर खाली गरी नदिएको र चलन गर्न समेत नदिएको र चलन गर्न समेत नदेखिएकोले वादी दावीको घर चलन चलाउन पाउने ठहर्छ । (प्रकरण नं. ८) (३) कुन ऐनअन्तर्गतको दावी हो भन्ने उल्लेख गर्न नसकेमा–दावी पुग्न नसक्ने । हर्जाना क्षतिपूर्ति दिलाइपाउँ भन्ने वादी दावीको हकमा क्षतिपूर्ति भरी पाउने प्रष्ट ऐन उल्लेख गर्न वादीले नै नसकेको हुँदा त्यसतर्फ वादीको अपील जिकिर दावी पुग्न सक्दैन । (प्रकरण नं. ९) वादी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, अधिवक्ता श्री कृष्णप्रसाद पन्त प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे उल्लेखित मुद्दा :  फैसला मा.न्या. श्री रत्नबहादुर तथा मा.न्या. श्री धनेन्द्रबहादुर १. स्वस्तिक स्टोर्स खाली गराई पाउँ भन्ने सम्बन्धमा नेपाल महिला संगठन काठमाडौं जिल्ला अक्ष्यक्ष अंगुरबाबा जोशीको र स्वस्तिक स्टोर्सको नरोत्तमदास उपर पर्न आएको नालेस लिई आएको नालेस कारवाई किनारा लगाउन काठमाडौं विशेष अदालतलाई सौंपी दिने गरी मिति ०२०।२।२७ का श्री ५ को सरकारबाट निर्णय भएको भन्ने गृह मन्त्रालय (विविध शाखाबाट लेखी आएको पत