निर्णय नं. ५२० - बिदेशी नागरिकले जग्गा जिमिदारी लियो भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५२० - बिदेशी नागरिकले जग्गा जिमिदारी लियो भन्ने भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०१/०५ ४८३६ निर्णय नं. ५२० ने.का.प. २०२६ डिभिजन बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री हेरम्बराज सम्वत् ०२४ सालको देवानी पुनरावेदन नम्वर १६४४ पुनरावेदक : जि.कपिलबस्तु तप्पे बिजुवा मौजे खास बिजुवा बस्ने बलि महमद समेत विरुद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : बिदेशी नागरिकले जग्गा जिमिदारी लियो भन्ने (१) तत्काल प्रचलित अदलको २१ नं.को दफा ५–नेपालका रैयत बिदेशमा गई बसेका समय जन्मेको सन्तान नेपालमा आई बसेमा–निजले नेपालभित्र जग्गा जमीन किन्न लिन हुने । उक्त ऐनमा परेको बोलीबाट निजका बाबु नेपालीको रैयत हुनु र निज नेपालमा आई बसेको हुनुपर्ने देखियो । वसिरका बाबु चांदले पैतृक सम्पत्तिबाट बण्डा पाई नेपालको उक्त खास बिजुवा मैजाको जिम्दार भइरहेको छ, चांदलाई नेपालमा जन्मेको होईन भनी यो मुद्दा चलाएको देखिएन, त्यसबाट चांदको जन्म नेपाल भित्र भएको रहेछ भन्ने देखियो । जन्मबाट नेपाली रैयत रहेछ । महमद वसिरले यस सरहदको जिमिदारी पाएको र निजका वतन भारत जिल्ला वस्ती मौजा गायघाट घर भई त.ख. बिजुवा मौजे खास विजुवा बस्ने भनी प्रहरी प्रतिवेदन नै लेखिएकोले निज नेपाल सरहदमै बसेको देखियो । यस कुरामा सन्देह छैन । महमद वसिरले बण्डाबाट खाई आएको जिमिदारीमा कसैको उजूर नपरेको र केवल राजीनामाबाट जग्गा लिएपछि मात्र यो उजूर परेकोछ । जब बाबु नेपाली हो र छोरा पनि नेपालमै बसेको रहेछ भने निजले जग्गा किन्न समेत भनी उपरोक्त ऐनबाट अधिकार पाएकोले महमद वसिरले जग्गा किन्यो भनी निजउपर यो मुद्दा चल्न सक्दैन । विदेशी नागरिक भनी यो मुद्दा चलेकोमा नेपाल सरहदमै निजको बाबु जन्मेको र निज पनि बसेको देखिएकोले उपरोक्त ऐनबमोजिम प्रतिवादीले जग्गा किनेको सदरै हुन्छ । (प्रकरण नं. १३) पुनरावेदक प्रतिवादी समेततर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्मा विपक्षी तर्फबाट : का.मु.सरकारी अधिवक्ता श्री षडानन्दप्रसाद उपाध्याय उल्लेखित मुद्दा : x फैसला मा.न्या. श्री हेरम्बराज १. प्रतिवादी मध्ये वसिर मुसलमानले तप्पे बिजुवा मध्ये खास विजुवा बस्ने छविराजी कलवारिनबाट १।।।१। नम्वरी जग्गा विदेशीले सरकारको स्वीकृति विना मु.ऐन अदलको २३ नं. विरुद्ध ०१९।७।२४।६ मा रजिष्ट्रेशन पास गरी भोग चलन गरेको र यसै प्रकार खास बिजुवा मौजामा पनि उपरोक्त प्रतिवादीहरू सवैले जमिदारी जग्गा विगाहा १२द्र३।।२ का दरले प्राप्त गरी भोग चलन गरी त्यस्को आयस्ता बिदेशतर्फ लैजाने गरेकोले ऐनको विरुद्ध बिदेशीले नेपालको जग्गा प्राप्त गरेको हुँदा कानूनबमोजिम गरिपाउँ भन्नेसमेत औधराज काहारको जाहेरी दरखास्त । २. बसिर मुसलमानसमेत भारतको नागरिक हुनु हुन्छ भन्ने देखिन आयो, मु.ऐन अदलको २ नं. ले श्री ५ को सरकारको पूर्व स्वीकृति बेगर बिदेशी नागरिकलाई नेपाल अधिराज्यमा अचल सम्पत्तिको हक प्राप्त गर्न बञ्चित गरेको र ऐ को नं. ३ मा विदेशी नागरिकलाई नेपालमा अंश, अपुताली प्राप्त भएमा नेपालको नागरिकता प्राप्त गरी नेपालमा बसेकोमा बाहेक कुनै नेपाली नागरिकहरूलाई सो सम्पत्ति विक्री गरी वा अरु व्यहोराले हक छाडी दिन पाउँछ । सो बमोजिम नगरे बदर भई श्री ५ को सरकारको हुने छ भन्ने उल्लेख भएको वसिरले जग्गा लिंदा श्री ५ को सरकारको पूर्व स्वीकृति लिएको देखिएन । वसिर मुसलमान समेतका प्रतिवादीहरूलाई ०१६।५।२५ मा अंश प्राप्त भए पछि अदलको ३ नं. बमोजिम नेपालको नागरिकता प्राप्त गरी आफै