निर्णय नं. ५२१ - लिखत बदर लुटपिट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५२१ - लिखत बदर लुटपिट भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०७/२२ २४८४ निर्णय नं. ५२१ ने.का.प. २०२६ डिभिजन बेञ्च न्यायाधीश श्री हेरम्बराज न्ययाधीश श्री बब्वरप्रसाद सिंह ०२१ सालको अपील नम्वर १७४२ वादी : जि.बाँके तप्पे दौनिहार मौजे गणेशपुर भन्ने तेवारीपुर्वा बस्ने शम्भु देई बाहुनी विरुद्ध विपक्षी : ऐ.ऐ बस्ने असर्फि बाहुन मुद्दा : लिखत बदर लुटपिट (१) कुनै कुराको विश्वास पारी विना दाममा बकसपत्र रजिष्ट्रेशन पास गराई लिएमा–ठगीको कसूर गरेको देखिने । प्रतिउत्तरपत्रमा निज भाउजू जिवित रहेसम्म स्याहार सम्भार रेखदेख हेर विचार गर्ने कुरासम्म मैले भनेको लेखिदिएको ठिक हो भन्ने प्रष्टै लेखिएकोले वादी शम्भु देइ बाहुनी लाई जिवित रहेसम्म स्याहार सम्भार रेखदेख हेर विचार गर्ने दायित्व वादीले बोकेको कुरा भनेकोले नै विश्वासमा पारी यस्तो बाध्यता भएको लिखत विना दाममा रजिष्ट्रेशन पास गराई कारवाई चलाएको व्यवहारलाई ठगीको कसूर देखिएकोले त्यस्तो ठगी गरेको ०१६।९।१० मा रजिष्ट्रेशन पास भएको शम्भु देईले असर्फिलाई गरेको बकसपत्र बदरहुन्छ । (प्रकरण नं. ९) अपीलाट तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्मा, अभिवक्ता श्री ठाकुरप्रसाद विपक्षी तर्फबाट : अभिवक्ता श्री नन्दी केशर उल्लेखित मुद्दा : x फैसला मा.न्या. श्री हेरम्बराज र मा.न्या. श्री बब्बरप्रसाद १. मेरो छोरा र संगै बसेका हकवाला कोही नभएकोले अन्याय असर्फि १६ साल पौष महिनामा म भएमा आई भए सम्मको अचल सम्पत्ति लेखी दिनुस तपाईलाई पछि वेइमानी गर्छकी भन्ने लागे म कागज पनि गरिदिउँला तपाई जिवती रहेसम्म हेर विचार स्याहार सम्भार पालन पोषन नगरे तपाईले मलाई लेखिदिएको नम्वरी जिमिदारी मबाट फिर्ता गराई लिनु भनी ललाई फकाई झुक्याई गफलतमा पारी बोलाई ल्याई ०१६।९।१०।६ का दिन बांके माल अमिनिको बाहिर इनारको डिलमा बसी एउटा कागज लेखी अन्यायवालाले र साक्षीहरूले समेत सहिछाप गरी हेर विचार स्याहार सम्भार पालन पोषन नगरी दान धर्म तिर्थ ब्रतसमेत नगराए यसै कागजले तपाईले आफ्नो जग्गा जिमिदारी फिर्ता गरी लिन पाउँनु हुन्छ भनी लेखिएको कागज मलाई दिई अर्को पनि कागज लेखी सहिछाप गराई मेरो भएसम्मको नम्बरी जिमिदारी लेखाई रनिष्ट्रेशन पाससमेत गराई भने बमोजिम स्याहर सम्भार रेखदेख हेर विचार केही पनि नगरेकोले मेरो नम्बरी जिमिदारी वापस दिनुहोस भनी ०१८।७।४ मासमेत बराबर भन्दा हालै देखिको बकसपत्र गरिदिनु भएको छ जग्गा मेरो पाको भइसकेकाले अब बाली खान दिन्न भनी नदिई खाई दिए ०१६।९।१० मा पास भएको लिखत बदर गरी बिगो जम्मा ने.रु.४१४। र नालेस गर्दाको खर्चसमेत दिलार्र्ई सजाय गरिपाउँ भन्नेसमेत वादी । २. ८।९ बर्ष मैले निज वादीको सेवा टहल गरी रिझाई आएकोमा स्वयम् वादी सावित छन् र मलाई अब केही चाहिन्न अरु स्वार्थी हकवालाहरूले नाजायज फाइदा उठाउने छन्, तिमिलाई म आफ्नो जग्गा जिमिदारीहरू हालै देखि बकस दिन्छु भनी निज भाउजूले धेरैपटक भन्दा मैले निज भाउजूको इच्छा स्वीकार गरेपछि निज भाउजूले मलाई उक्त बकसपत्र लेखिदिएकी हुन, झुक्याई घरसारको लिखतसमेतको मिति ठाउँ फरक पारी कागज गराएको साँचो भए साक्षीसमेत उपर नालेस दिनुपर्ने रेखदेख हेर विचार सेवा सतकार गरी आएकै छु, अ.बं.१०६ नं. बमोजिम दावानै लाग्न नसक्ने खारेज हुनुपर्दछ भन्नेसमेत प्रतवादी । ३. बकसपत्र गरिदिएको र लिखतमा लेखिएको नम्वरी जग्गा जिमिदारी प्र.असर्फिका नाउँमा दर्ता बहाली छ भन्ने बांके मालका पत्रबाट समेत देखिन आएकोले दर्ता तिर