निर्णय नं. ६१२२ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउं ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१२२ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउं । भाग: ३७ साल: २०५२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५२/०६/३० २९९० निर्णय नं. ६१२२ ने.का.प. २०५२ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५१ सालको रिट नं. २४९२ आदेश मिति : २०५२।६।३०।२ विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउं । रिट निवेदक : जिल्ला पर्सा वीरगञ्ज नगरपालिका वा.नं. २ बस्ने तुल्सी शाह सोनारको छोरा हिरालाल सोनार विरुद्ध विपक्षीत : मालपोत कार्यालय, पर्सा, विरगञ्ज । जि. पर्सा विरगन्ज नगरपालिका वा.नं. २ बस्ने बाबुनन्द शाह सोनार । ऐ ऐ बस्ने परमानन्द शाह सोनार । ऐ ऐ बस्ने बाबुनन्द शाह सोनारको छोरा गेनालाल शाह सराफ । § अचल सम्पत्तिको सट्टा पट्टा हुंदा रजिष्ट्रेशनको १ नं. ले पारित हुनु पर्ने अनिवार्यता छ । सो बमोजिम नभएपछि सट्टापट्टा भएको मान्न नमिल्ने । (प्रकरण नं. ९) § बण्डापत्रबाट आफ्नो भागमा परेको जग्गा यथावत आफ्नो ठाउंमा छंदा छंदै भूलवस कित्ता नम्बर फरक पर्न गएकोमा मा.पो.का. ले सो गल्ती अर्थात कि.नं. सच्याई श्रेस्ता अद्यावधिक पार्दैमा निवेदकको हकहितमा प्रतिकूल असर परेको भनी मान्न नमिल्ने । (प्रकरण नं. ९) § निवेदकले दावी लिएको कित्ताको सबै भन्दा पूर्वको जग्गा निवेदकको हकमा आउंदै नआएको अवस्थामा सो कित्ताको नम्बर ट्रायल चेकबाट जस्ताको तस्तै गरी श्रेस्ता सच्याइएकोलाई कानुनन् अनधिकृत भयो भनी मान्न नमिल्ने । (प्रकरण नं. ९) रिट निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र पाठक, विद्वान अधिवक्ता श्री चुडामणि राज सिंह मल्ल अवलम्बित नजीर : x आदेश न्या.गोविन्दबहादुर श्रेष्ठ : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अनुसार यस अदालतको अधिकार क्षेत्रभित्र पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न अनुसार छ :– २. म रिट निवेदक समेत रामानन्द, बाबुनन्द ब्रम्हानन्द र हिरालाल ४ भाइहरु बुबा तुल्सी सोनारका छोरा भएका र हामी दाजुभाइ अंशियारहरु सगोलमा रही बसी रहेकोमा हामी अंशियारहरुको मनोमान खुसीराजीले केही सम्पत्ति अबण्डा राखी छोडी अरु जग्गा जमीन धनसम्पत्ति भागबण्डा गरी बण्डापत्र लेखी लेखाई मालपोत कार्यालय पर्सामा र.नं. ३४८१ मिति २०४९।११।२१।५ मा पारीत गरी समेत लिएका जस अनुरुप मेरो नाममा दर्ता रहेको सगोलको जग्गा वीरगंज नगरपालिका वा.नं. ४ कि.नं. ५८ जग्गा विगहा १–११–० हामी ४ अंशियारहरुमा बराबर बण्डा गरी कित्ताकाट हुँदा कि.नं. ३२२ म निवेदक हिरालाल साहको नाममा म देखि पश्चिम कि.नं. ३२३ प्रमानन्दको नाउँमा र प्रमानन्द देखि पश्चिमको कि.नं. ३२४ रामानन्दका नाउँमा कायम हुन आएकोमा माथि उल्लेखित जग्गाको जग्गाधनी प्रमाण पुर्जा लिने क्रममा विपक्षी दाजु बाबुनन्द साहले म निवेदकको भागमा परेको कि.नं. ३२२ र बाबुनन्दको भागमा परेको कि.नं. ३२१ आपसमा सट्टापट्टा गरौं भन्नु भएकोले कि.नं. ३२२ को विपक्षी बाबुनन्दको र कि.नं. ३२१ को मेरो नाममा जग्गाधनी प्रमाण पूर्जा आफू आफूले लियौं । मेरो हकभोगमा कार्य भएको कि.नं. ३२१ को कित्ताफोड भई ०–७–१५ जग्गा मध्ये ०–३–१५ जग्गा म आफ्नै हकभोगमा राखेकै कि.नं. ३३८ र मैले हक हस्तान्तरण गरिदिएकोमा बाबुनन्दको कि.नं. ३३५ परमानन्दको कि.नं. ३३७ र गेनालालको कि.नं. ३३६ कायम भई मा.पो.का. पर्सामा श्रेस्ता समेत कायम भई हामी आ–आफ्नो भोगच