निर्णय नं. ५२२ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५२२ - ज्यान भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०२/२७ ३१६५ निर्णय नं. ५२२ ने.का.प. २०२६ डिभिजन बेञ्च न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री रङ्गनाथ उप्रेती सम्वत् ०२४ सालको फौज्दारी पुनरावेदन नम्वर ५६२।५६८ पुनरावेदक : तप्पे हाटि मौजे पकलिहवा झंडी बजार घर भई हाल कारगार भैरहवामा थुनिएको मिल्कीराम गुरुङ समेत विरुद्ध विपक्षी : स.ई प्रदीपकुमार बोहरा क्षेत्रीको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) पोष्टमार्टम गर्ने डाक्टरले लासबाट नदेखिएको अनुमान गरिदिएको राय अन्य सबूद प्रमाणले अन्यथा देखिन आएमा–सवै तथ्यहरूको विचार गरी मात्र यथार्थ न्याय गर्नुपर्ने न्यायकर्ताको कर्तव्य हुने । पोष्मार्टम गर्ने डाक्टरले मृतकका लासको बाहिरी भित्री अङ्ग प्रत्येङ्गमा जो जस्तो रहे भएको देखिन आउँछ सो सवै तोकिएका ढाँचा फाराममा स्पष्ट उल्लेख गरी त्यसबाट देखिएको आफ्नो राय प्रकट गर्नुपर्ने हो, लासबाट नदेखिएको कुरा जो आफूले अनुमान गरी राय दिएको छ, त्यसमा अन्य सबूद प्रमाणबाट अन्यथा देखिन आउँछ भने न्यायकर्ताले सवै तथ्यहरूको विचार गरी मुद्दामा पुरा तवरले यथार्थ न्याय गर्नु कर्तव्य हुन आउँछ । मेरुदण्ड तथा निधारको चोटबाट रमेशर सिं मुर्छा भएको बखत पानीमा फाली दिएको भन्ने डाक्टरको राय लेखाई जो छ सो कुरा अरु सबूद प्रमाणबाट नदेखिएकोले अनुमानकै राय लेख मान्नु पर्छ । (प्रकरण नं. ३८) (२) बेहोस अवस्थामा पानी निल्न नसकी पेट आन्द्रामा पानी प्रबेश नभई श्वासको नलीमा पानी प्रवेश भई मृत्यु भएको भन्ने डाक्टरको लेखाई भएमा–स्वासको नलीमा पानी प्रबेश भई मृत्यु भएको भन्ने देखिन आउने । डाक्टरको भनाईमा बेहोस अवस्थामा पानी निल्न नसकेकोले पेट आन्द्रामा पानी प्रवेश नभएको बेहोस अवस्थामा श्वास लिन सक्ने हुँदा श्वासको नलीमा पानी प्रवेश भई मृत्यु भएको हो भन्ने लेखिएको भएपछि रक्सी खाई चुर भएका बखत अत्यासमा भागी आउँदा अकस्मात मानिस डुवाउ गहिरो पानीमा घोप्टो पर्न जाँदा बेहोस भई पानी निल्न नसकी श्वासको नलीमा पानी प्रवेश भई मृत्यु भएको रहेछ भनी भन्नु पर्ने देखिन आउँछ । (प्रकरण नं. ४०) (३) कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने बयानको पुष्टि गर्न प्रमाण दिन नसकेमा–अभियुक्तको बयानबाट कर्तव्य गरी मारेको नदेखिएमा–अभियुक्त खराव आचरणको भन्ने नलेखेमा–मौका समयबाट कर्तव्य गरी मार्न नभ्याउने भएमा–वारदात भएको अनुमान गर्न नमिल्ने भएमा–अभियुक्तले कर्तव्य गरी मारी डाँका गरेको नठहरिने । मर्नेको बाबु सुन्दर सिंले शंका देखाई बयान गरे पनि त्यस कुराको पुष्ट्याई प्रमाण दिन सकेको देखिँदैन । ओमप्रकाश र इस्लाम खां छोराको साथमा घरमा आउने जाने गर्ने भनेको निजहरू उपर कुनै रिसइवी नदेखाएको, इस्लाम खां ओमप्रकाश र कृष्णलाल गोरखपुर कलेजमा पढ्ने विद्यार्थी र अरु ३ जना बिजनेसमेन हुन । कलेज छुट्टी हुँदा घुम्ने इच्छाले रमेशर सिं पोखरा जान आउँदा हामी पनि भैरहवासम्म घुम्न आएका हौं । रिक्सावालाले ठिटीहरूका घरमा लगी दिएको, म बाहेक ५ जनाले रक्सी पिएका थिए । १ जनाको घरमा रमेसर बिल्लु इस्लाम र म अर्को घरमा नरेन्द्र, ओमप्रकाश, कृष्णप्रताप थियो । १ घरमा २ लड्की अर्को घरमा १ लडकी थिइन । बातचित गरी पिसाव फेर्न बाहिर निस्कँदा राती घुम्ने को हो भने परदेशी हुँ, बस्ने ठाउँ बताई देउ भन्दा ठानामा ठाउँछ भने । माफ देउ भन्दा फि जवान रु.१० दरले दिए छोडिदिन्छौं भन्दै जवरजस्ती पक्री ल्याउन खोज्दा रमेशर सिंले चक्कुसमेत देखाई भागेका हुन् भन्ने प्रतिवादी इस