निर्णय नं. ५२३ - सम्बन्ध बिच्छेद

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५२३ - सम्बन्ध बिच्छेद भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/१०/२२ ५०२० निर्णय नं. ५२३ ने.का.प. २०२६ फुल बेञ्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री वासुदेव शर्मा न्यायाधीश श्री रङ्गनाथ उप्रेती सम्वत् २०२५ सालको फौ.फु.नं. २९ पुनरावेदक : का.जि.टंगाल बस्ने भैरवप्रसाद श्रेष्ठ विरुद्ध विपक्षी : का.जि. त्रिपुरेश्वर बस्ने बद्रीमाया श्रेष्ठनी मुद्दा : सम्बन्ध बिच्छेद (१) न्याय प्रशासन विविध व्यवस्था (संशोधन) ऐन, २०२१ को दफा ८–सम्बन्ध बिच्छेद मुद्दा हदमुनिकै भई सर्वोच्च अदालतमा पुनरावेदन नलाग्ने । न्याय प्रशासन विविध व्यवस्था (संशोधन) ऐन, २०२१ को दफा ८ मा यो यो मुद्दामा अञ्चल अदालतले गरेको निर्णयउपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्छ भनी प्रष्ट उल्लेख गरेको देखिएको सो कक्षा भित्र सम्बन्ध बिच्छेद मुद्दा परेको नदेखिएको । “झगडा परेको वा दावा गरेको बिषयको मोल बिगो पाँचहजार रुपैंया भन्दा बढी भएको मुद्दा मामिला वा मोल बिगो नखुलेको सामूहिक कुलो पानी सामुहिक सन्धीसर्पन गौचर तायदाती नआएको अंश मुद्दा” भन्ने परेको देखिएबाट सम्बन्ध बिच्छेद मुद्दा हदमुनिकै तुल्याउने ऐनको प्रष्ट मनसाय झल्की रहेको देखिएकाले प्रस्तुत मुद्दामा पुनरावेदन लाग्छ वा त्यस्को हक निवेदकलाई प्राप्त छ भन्न नमिल्ने हुनाले पुनरावेदन खारेज गर्ने गरी ०२५।७।१९।२ मा मा.न्या.धनेन्द्रबहादुर सिंह र मा.न्या. श्री बब्बरप्रसाद सिंहका डिभिजन बेञ्चबाट निर्णय भएको मुनासिव छ । (प्रकरण नं. ११) पुनरावेदक तर्फबाट : अधिवक्ता श्री दिनेशमान प्रधान विपक्षी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला का.मु.प्र. न्या. श्री रत्नबहादुर १. जातको रीत दस्तूर पुर्‍याई ०१६।१०।२७ गते विवाह गरी ल्याएकी विपक्षी मञ्जुरी बेगर ०२०।२।१५ गते माईति गएको वरावर लिन जाँदा पठाउँदा घर नआएकीले लोग्ने स्वास्नीका १(६) नं.अन्तर्गत जाहेर गर्न आएको छु, ०२३ सालको सिठी सम्म लगातार ३ बर्ष बितिसके । मेरो मञ्जुर बेगर मलाई छोडी माईति गइबसेकी हुनाले लोग्ने स्वास्नीका १(१) अन्तर्गत सम्बन्ध बिच्छेद गराइदिनु भन्ने आदेश पाउँ भन्नेसमेत ०२३।३।६।२ को भैरबप्रसाद श्रेष्ठको निवेदनपत्र । २. साल महिना थाहा भएन, आमा विरामी हुनुहुन्छ भन्ने खवर आएकोले निवेदक पतिसँग विदा लिई माईत गएको त्यसपछि निवेदक बोलाउन नआएकोले २ बर्ष भयो माईतै छु, बोलाउन आए जान्छु, निवेदक जिम्मा राखेको मेरो दाइजो पचाई खानाको नियतबाट झुठ्ठा निवेदन दिएको हो भन्नेसमेत ०२३।४।३१।२ को बद्रीमायाको बयान । ३. सम्बन्ध बिच्छेद गर्न मञ्जुर छैन भन्ने प्रतिवादीको जिकिर नभई बोलाउन आए जान्छु भन्ने जिकिर लेखेको वादीका साक्षीले बोलाउन गएको भन्ने बकेको ३ बर्ष पुगेको भन्ने हुनाले लोग्ने स्वास्नीका १(११) बमोजिम यी वादी प्रतिवादीको विवाहिता दाम्पत्य लोग्ने स्वास्नीको सम्बन्ध बिच्छेद गरी दिने ठहर्छ भन्नेसमेत काठमाडौ जिल्ला अदालतको ०२३।१२।१३।१ को फैसला । ४. यस्तो युवा युवती अवस्थामा विना कसूरले सम्बन्ध बिच्छेद गर्नुभएको सारै अनुचित हुँदा उक्त इन्साफमा चित बुझेन भन्ने र सम्बन्ध बिच्छेद नहुने गरिपाउँ भन्नेसमेत ०२४।१।६।४ को बद्रीमायाको पुनरावेदन । ५. सम्बन्ध बिच्छेद गर्न प्रतिवादी बद्रीमायाको मञ्जुर नदेखिएको लगातार ३ बर्ष भन्दा बढी समय लोग्नेलाई छाडी अलग बसेको भन्ने अदालतलाई विश्वासलायक कुनै सबूद वादीतर्फबाट नआएकोले सम्बन्ध बिच्छेद हुन सक्ने देखिँदैन । सुरुको फैसला बदर हुने ठहर्छ भन्ने