निर्णय नं. ५२४ - प्रतिषेध, परमादेश वा अन्य जुनउपयुक्त हुन्छ आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५२४ - प्रतिषेध, परमादेश वा अन्य जुनउपयुक्त हुन्छ आज्ञा, आदेश जारी गरिपाउँ भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/१२/११ २३५६ निर्णय नं. ५२४ ने.का.प. २०२६ डिभिजन बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री वाशुदेव शर्मा सम्वत् ०२५ सालको रिट नं. ५४० निवेदक : चि.नयाँ खेरेनी भरतपुरबस्ने गोविन्दनाथ अधिकारीको वा.बस्ने गोपालकृष्ण खरेल विरुद्ध विपक्षी : श्री ५ को सरकार जल तथा विद्युत मन्त्रालय समेत बिषय : प्रतिषेध, परमादेश वा अन्य जुनउपयुक्त हुन्छ आज्ञा, आदेश जारी गरिपाउँ (१) हकवेहकको तथ्य (प्रश्न) सम्बन्धी विबादास्पद भई बुझेको सबूद प्रमाणको आधारमा निर्णय दिनुपर्ने भएमा–रिटको अधिकार क्षेत्र भित्र नपर्ने । जग्गा नै फरक फरक परेको र जग्गा निवेदकको वा विपक्षी कस्को हो भन्ने तथ्य सम्बन्धी विवादास्पद हुँदा सबूद प्रमाण बुझिकन त्यस्को आधारमा निर्णय हुनुपर्ने हुनाले रिटको असाधारण अधिकार क्षेत्रभित्र नपर्ने देखिँदा प्रस्तुत रिटको निवेदन खारेज हुनेठहर्छ । (प्रकरण नं. ५) निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णजङ्ग रायमाझी विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री रतनलाल कनौडिया उल्लेखित मुद्दा : x आदेश न्या. श्री वासुदेव शर्मा १. पूर्व खावा पश्चिम झगडु कुमाल उत्तर धनवीर कुमाल दक्षिण आफ्नै जग्गा यति ४ किल्ला भित्रको कि.नं. ८ को विगाहा ३द्र३ को साल सालको तिरो तिरी भोग चलन गरी आएको छु । सोही जग्गामा केदारकुमार प्रधान समेतसँग जग्गा खिचोला मुद्दा पर्दासमेत चितवन अदालतबाट म वादीको हक भोग भइरहेको जग्गामा प्रतिवादीहरूले खिचोला गरेको ठहर्छ भनी राप्तीदून विकास सर्भे गोश्वाराबाट लेखी आएकोमा मुद्दा तहकिकात व्यहोरा समेत खुलाई जनाउ दिनेसमेत ठहराई ०१४ साल आश्विन ३० गते फैसलासमेत भएको र मेरै नाँउमा दर्ता भई भोग चलनसमेत गरी आएको थिएँ । उक्त उल्लेख गरिएको ४ किल्ला मध्ये पूर्वतर्फको किल्लाबाट जग्गा विगाहा १द्र३ जग्गा नहर विभागको लागि श्री ५ को सरकारबाट जग्गा प्राप्त गरिएको छ भनी नहर विभाग चितवनले भनी यो ०२५ सालको बाली लगाउन खनजोत इत्यादि गर्न नदिई तारले घेरी राख्नु भयो । श्री ५ को सरकारलाई कुनै जग्गा चाहिएको अवस्थामा जग्गा प्राप्ती ऐन अनुसार जग्गा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ तापनि सोही ऐनको दफा दफामा उल्लेख गरिएबमोजिम कुनै कार्य नगरी क्षतिपूर्ति मलाई दिनु बेगर नहर बिभागलाई जग्गा चाएको र श्री ५ को जग्गा प्राप्त गरिएको भन्दै तारले घेरी दिएकोबाट संमानीत अदालतको शरणमा आएको छु । नेपालको संविधानको धारा ९ को उपधारा २ मा हर नागरिकले रहनु पर्ने कर्तव्य निर्धारित गरिएको र ऐ धाराको उपधारा १ मा कानूनी समानता गरिएको र ऐ धाराको उपधारा ११ को उपधारा १ तथा संशोधन उपधारा २ को खण्ड (ङ) द्वारा भोग चलन गर्न पाउने र ऐ धारा १५ मा सम्पत्तिको हक भनिएकोमा उल्लेखित धाराहरूद्वारा पाएको स्वतन्त्रताबाट वञ्चित गराई जग्गा प्राप्ती ऐन अनुसार क्षतिपूर्तिसमेत दिने व्यवस्था गरी जग्गा प्राप्त गर्ने कार्य अपनाउनु बेगर जग्गामा तारले घेरी राखेको हुँदा विपक्षहरूलाई नेपालको संविधानको धारा ६१ अनुसार प्रतिषेध परमादेश वा अन्य जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा आदेश जारी गरी मेरो दर्ता भोग चलनको जग्गा कानून वर्खिलाप प्राप्त गर्न नपाउने गराई मैले भोग चलन गर्न पाउने संवैधानिक हकको प्रचलन कायम गराई पाउँ भन्नेसमेत गोविन्दनाथ अधिकारीको वारेस गोपाल कृष्ण खरेलको निवेदन । २. के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश