निर्णय नं. ५२५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५२५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०५/०५ २३६२ निर्णय नं. ५२५ ने.का.प. २०२६ डिभिजन बेञ्च न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री बब्वरप्रसाद सिंह सम्वत् २०२५ सालको रिट नम्वर ५२० निवेदक : बाग्मती अञ्चल जि.काठमाडौं फर्पिङ कोठेटोल बस्ने गणेशलाल मानन्धर विरुद्ध विपक्षी : काठमाडौं जि.भू.सु.का.ज्ञानेश्वरको हाल जि.का.भू.प्र.का.काठमाडौं डिल्लीबजार समेत बिषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४५ (घ)–जग्गा भोगबन्धकीमा–मोही बोटी छुट्याई तलसिं बोटी मात्र आयस्ता खाएको भनी ऋण साधन गर्नुपर्ने । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४५(घ) मा थैलीको सयकडा १० भन्दा बढी आयस्ता पाउने गरी भोगबन्धकमा भोग गरेको भए सो बढी खाए जति आयस्ता साँवामा कट्टा भएको मानिने छ भन्नेसमेत लेखिएकोबाट उक्त आयस्ता पाउने भन्ने वाक्यांशले तलसिं बोटीलाई मात्र आयस्ता कायम गर्नुपर्ने प्रष्ट छ । फायल साथ रहेको विपक्षीको निर्णयमा बर्ष ६ को जम्मा साहूले धान १२३ मुरी आयस्ता वापत खाएको भन्दै बढी खाएको रु. २८८८।६४ साँवामा कट्टि गर्दा १५२१।९६ साँवा बाँकी ठहर्छ भन्नेसमेत उल्लेख गरेको देखिएकोले तलसिं बोटी मोही बोटी समुचालाई नै आयस्ता कायम गरी ऋण साधन गरेको देखियो । उक्त कानूनी व्यवस्था अनुसार मोही बोटी छुट्याई तलसिं बोटीलाई नै आयस्ता खाएको मानी भु.सं.ऐन, ०२१ को दफा ४५ (घ) बमोजिम साधन गर्नुपर्नेमा सो नगरी समुचालाई नै आयस्ता गरेको कानून अनुरुप भएको देखिएन । (प्रकरण नं. ९) (२) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५०–ऋण साधन गरी बाँकी रहेको रकमलाई किस्तावन्दीमा बुझाउने गर्नुपर्नेमा–सो नगरी साँवाको रकमलाई किस्तावन्दीमा बुझाउन पाउने गर्नाका साथै जग्गा आसामीलाई पाउने गरी ऋण निश्चित गर्न नपाउने । विपक्षीको निर्णयमा बाँकी रुपैंया २ वार्षिक किस्तामा बुझाउने गरी जग्गा भोग गर्नु भन्ने पनि उल्लेख गरेको छ । भु.सं.ऐन, ०२१ को दफा ५० मा दफा ४५ बमोजिम त्यस्तो ऋणको रकम निश्चित गरी आवश्यक देखेमा किस्तावन्दीमा बुझाउन पाउने गरी आदेश दिन सक्ने छ भन्नेसमेत लेखिएको देखिएकोबाट उक्त दफा ५० ले बाँकी साँवा किस्तावन्दीमा बुझाउन पाउने गरी आदेश दिनसम्म सक्ने व्यवस्था गरेको प्रष्ट छ । तर प्रस्तुत बिषयमा उक्त उल्लेख गरिएबमोजिम निर्णय गरेको हुँदा ऋण साधन गरी बाँकी रहन आएको रकम किस्ताबन्दी गर्न पाउनेसम्म अधिकार भएकोमा साँवाको रकमलाई किस्तावन्दी गर्नुको साथै आसामीलाई जग्गा भोग गर्न पाउने गरी लिखतको रुपै बदलिने किसिमबाट ऋण निश्चित गर्न पाउने अधिकार भू.सु.अधिकारीलाई भएको देखिँदैन । (प्रकरण नं. १०) निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : अधिवक्ता श्री कृष्णकुमार तथा सरकारी अधिवक्ता श्री रतनलाल कनौडिया उल्लेखित मुद्दा : १.रामबहादुर वि.भु.सु.अधिकारी जि.भु.प्र.का.ल.पु.समेत, मुद्दा : उत्प्रेषणको आदेश जारी गरिपाउँ, रि.नं. ५३०, डि.बे. २. भु.प्र.का.ललितपुर वि.टिकाचा, मुद्दाःउत्प्रेषणको आदेश जारी गरिपाउँ, रि.फु.नं. १९, ने.का.प. भाग १ को अंक ७ पृ.३४१, फु.बे. आदेश न्या.श्री बब्बरप्रसाद सिंह १. कसैले कसैको जग्गा भोगबन्धकमा लिई सो जग्गा आफैले खनजोत गरी बाली लगाएको छ भने माथि जिकिर गरिए अनुसार त्यसबाट उब्जेको बालीमा आधा कमाई गरेवापत मोही बोटी र आधा धनी बोटीको हैसियतले खाएको मानिन्छ । मोही बोटीलाई धनी बोटीमा नै जोड्ने र मोही बोटीको हक हनन् गर्न