निर्णय नं. ५२६ - बन्दी प्रत्येक्षिकरणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५२६ - बन्दी प्रत्येक्षिकरणको आदेश जारी गरिपाउँ भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०९/२२ ४९६२ निर्णय नं. ५२६ २०२६ ने.का.प. डिभिजन बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रङ्गनाथ उप्रेती न्यायाधीश श्री लोकराज जोशी न्यायाधीश श्री बब्बरप्रसाद सिंह न्यायाधीश श्री प्रकाशबहादुर के.सी. सम्वत् २०२६ सालको रिट नम्बर १८ निवेदक : का.जी.कमलपोखरी घर भई हाल केन्द्रिय कारागार काठमाडौं थुनामा रहेको ऋषिकेश शाहको हकमा पत्नि का.जि.कमलपोखरी बस्ने सिद्धान्तराज्य लक्ष्मी शाह विरुद्ध विपक्षी : बागमती अञ्चलका मुख्य अञ्चलाधीश श्री विष्णुमणि आचार्य, बागमती अञ्चलाधीश कार्यालय,काठमाडौं समेत बिषय : बन्दी प्रत्येक्षिकरणको आदेश जारी गरिपाउँ (१) एकै दिनमा सही गरेको छुटि पाएँ भन्ने र नजरबन्दीको आदेश सुनी पाएँ भन्ने २ प्रकारको कागजमा समय नजनाउनाका साथै वदनियतले थुनेको भन्ने आरोपको पुष्टि निवेदकले गर्न नसकेमा–छुटेको छैन लगातार थुनामा छु भन्ने निजको भनाई सम्मलाई भर लिन नमिल्ने । ०२६।७।१० को श्री ऋषिकेश शाहले गरिदिनु भएको छुट्कारा पाएँ भन्ने कागज र सोही मितिको नजरबन्दीको आदेश सुनी पाएँ भन्ने कागज समेतमा समय नजनाइएका हुनाले कुन समयमा छुटेको र कुन समयमा फेरि नजरबन्दीको आदेश सुनाएको हो, त्यस्को यकिन हुन सकेन । वदनियतले थुनेको भन्ने आरोप लगाइन्छ भने त्यस्को पुष्टी गर्ने भार निवेदकको नै हुनेमा त्यस कुरालाई पुष्टी गर्ने अन्य कुनै सबूद निवेदकले दिन सक्नु भएको छैन । केही समयको लागि किन नहोस् मुख्य अञ्चलाधीशको नजरबन्दीको आदेशबाट छुटि सकेपछि फेरि का.मु.सहअञ्चलाधीशको आदेशले नजरबन्दमा राखेको पनि हुन सक्छ । छुट्कारा पाएँ भन्ने कागजमा सही गरिसके पछि म छुटेको छैन लगातार थुनामा छु भन्ने बन्दीको भनाई सम्मलाई भर लिन मिल्ने देखिएन । (प्रकरण नं. १२) (२) जेल नियमावली, २०२० को नियम १२ को उपनियम (१)–जेल नियमावली, २०२० को नियम १२ को उपनियम १ र २ तथा जेल ऐन, २०१९ को दफा २ को (ख) र (ज) ले कैदी र थुनुवा अलग–अलग व्यवस्था गरेको कारण जेल नियमावलीको नियम १२ को उपनियम १ थुनुवाको हकमा नलाग्ने । जहाँसम्म जेल नियमावली, ०२० को नियम १२ को प्रश्न छ उक्त नियम (१२) को उपनियम (१) मा जेलमा रहेका कैदीलाई छुट्कारा दिंदा नजिकको नातादार वा साक्षी भए निजहरू नभए ३।४ जना भलादमी वा नजिक अड्डा साक्षी राखी छुट्कारा पाएको प्रमाणित गरी सोही दिनमा छुटुवा पुर्जीसमेत दिई छाडी दिनुपर्छ भन्ने उपनियम (२) मा थुनुवालाई छाडनु पर्दा यथासक्य थुन्ने अफिसमा पठाई दिनु पर्छ र सो अफिस टाढा भई सम्भव नभएमा उपनियम (१) बमोजिम गरी छाडी दिनुपर्छ भन्ने उल्लेख भएको पाइन्छ । उक्त उपनियमहरू मै कैदी र थुनुवाको लागि छुट्टा छुट्टै व्यवस्था गरेको र जेल ऐन, ०१९ को दफा २ को (ख) मा कैदी भन्नाले कुनै अदालतको फैसला अन्तर्गत सजाय पाई जेलमा रहेको व्यक्तिलाई जनाउँछ भन्ने र (ज) मा थुनुवा भन्नाले अपराधको तहकिकात जाँच बुझ वा पुर्पक्षका लागि अदालत पुलिस वा अन्य अधिकारीको हिरासतमा रहेको व्यक्तिलाई जनाउँछ भन्ने परिभाषा दिइएको समेतबाट कैदी र थुनुवा अलग अलग देखिनाले उक्त जेल नियमावलीको नियम १२ को उपनियम (१) थुनुवाको हकमा लाग्न नसक्ने देखिन आयो । (प्रकरण नं. १२) (३) जेल नियमावली, २०२० को उपनियम (२)–अञ्चलाधीश कार्यालयको आदेशबमोजिम एस.पी. कार्यालयले थुनेको छाडेको भन्ने देखिएमा–उक्त नियम १२ को उपनियम (२)को रीत नपुगेको भन्न नमिल्ने । अञ्चलाधीश कार्या