निर्णय नं. ४७४९ - रकम दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७४९ - रकम दिलाई पाउँ भाग: ३५ साल: २०५० महिना: भाद्र अंक: ५ फैसला मिति :२०४९/११/१० २६१३ निर्णय नं. ४७४९ ने.का.प. २०५० (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत २०४६ सालको दे.पु.नं. ५३२ फैसला मिति: २०४९–११–१०–१ पुनरावेदक/प्रतिवादी : जि. कालिकोट सुकाटिया गा.पं. वडा नं. १ बस्ने नैनु शाही । विरुद्ध विपक्षी/वादी: नेपाल खाद्य संस्थान प्रधान कार्यालय तर्फबाट का.मु. महा प्रबन्धक राम प्रसाद जोशी । मुद्दा : रकम दिलाई पाउँ । (१) ठेक्का तोकिएको मितिबाट मुद्दा गर्नु पर्ने कारण मान्नुपर्नेमा करार ऐन, २०२३ को दफा १८ को हदम्याद नाघी दायर भएको फिराद खारेज भागी छ भन्ने प्रतिवादीको जिकिर तर्कसंगत नदेखिने । (प्र.नं. ११) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा आदेश न्या. जोगेन्द्र प्रसाद श्रीवास्तव १. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।६।४ को फैसला उपर चित्त नबुझी पनुरावेदनको अनुमतिको लागि पर्न आएको प्रतिवादीको निवेदनमा अनुमती प्राप्त भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. यस खाद्य संस्थान उपशाखा कार्यालय कालीकोटको आ.व. २०४१।०४२ को खाद्यान ढुवानी गर्न विरेन्द्रनगरबाट खाडीचक्र कालीकोट सम्म १७५० क्विण्टल चामल ढुवानी गर्न विपक्षीले दिएको टेण्डर स्वीकृत भई नियमानुसार निजले धन जमानी राखी मिति २०४१।५।२१ गते विधिवत सम्झौता भयो । सो अनुसार यस संस्थानको शाखा कार्यालय विरेन्द्र नगरबाट उसिना मोटा चामल ११४ क्वीण्टल र खाली बोरा ११५ थान बुझी लिनु भै चामल ७७ क्वीटल र बोरा ७८ थान बुझाई बाँकी चामल ३७ क्वीटल र खाली बोरा ३७ नबुझाई बाँकी राख्नु भएकोले तरताकेता गर्दा समेत नबुझाएबाट उक्त चामल र बोराको जम्मा विगो रु. २५२७१। र हर्जानाको रु. १२६३५।५० र थप हर्जानाको हुने रु. ४७७ समेत तीन कलमको जम्मा रु. ३८३८३।५० विपक्षीबाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको उक्त खाद्य संस्थानका का.मु. महाप्रबन्धक राम प्रसाद जोशीको फिरादपत्र । ३. विपक्षीसँग चामल ढुवानी गर्न २०४१।५।२१ मा सम्झौता भई ७७ क्वीटल र ३७ क्वीटल समेत विपक्षीबाट लिई निर्दिष्ट ठाउँमा पुर्याए । मैले विपक्षी संस्थानसँग ढुवानी भाडा रु. ४५९६७।– र धरौटी राखेको रु. १०,००० लिन बाँकी छ । ४. ०४२ साल असार मसान्त सम्मको अवधि भएको सम्झौतामा मिति ०४१।९।५ को पत्रद्वारा विना कारण तोडिएको जानकारी गराइयो । ३७ क्वीण्टल चालम बुझाउन बाँकी छ । सम्झौताको दफा ११ अनुसार उक्त भुक्तानी नदिएको कारणबाट भरियाको ज्याला दिन बाँकी भई उक्त चामलहरु भरियाहरुसँग बाँकी रहन आयो । यसरी विपक्षीले सम्झौताको दफा ११ उल्लंघन गरिएको र करार ऐनको दफा १० अनुसार दायित्व पूरा नगरेको कारणबाट करार ऐनको दफा १५ बमोजिम मसँग क्षतिपूर्तिको माग समेत गर्ने अधिकार नभएको हुँदा मेरो उपर फिराद दिन हकदैया नहुँदा विपक्षीको फिराद ऐ ऐनको दफा १८(२) तथा अ.वं. नं. ८२ को हदम्याद भित्र नहुँदा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको नैनु शाहीको प्रतिउत्तर पत्र । वादीले प्रतिवादीबाट माग दावी बमोजिमको मुल्य र हर्जानाको रकम भरी पाउने ठहर्छ भन्ने समेतको वागमती अञ्चल अदालतको मिति २०४३।८।१५।१ को फैसला । ५. विपक्षी खाद्य संस्थानको शाखा कार्यालयले आफ्नो दायित्व पूरा नगरी करार ऐन, २०२३ र उक्त सम्झौताको दफा ११ अनुसार सुविधा नदिएक