निर्णय नं. ५०३२ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०३२ - उत्प्रेषण समेत भाग: ३७ साल: २०५२ महिना: बैशाख अंक: १ फैसला मिति :२०५१/०९/२१ २५८६ निर्णय नं. ५०३२ ने.का.प. २०५२ अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०५० सालको रि.पु.ई.नं. ४४ फैसला मिति : २०५१।९।२१।५ विषय : उत्प्रेषण समेत । निवेदक : का.प.जि.पाँचखाल गा.वि.स. वडा नं. २ बस्ने सचितानन्द अधिकारी । विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने मोहनलाल श्रेष्ठ । काभ्रेपलान्चोक जिल्ला अदालत । बागमती अंचल अदालत । मध्मान्चल क्षेत्रीय अदालत । नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ८ ले समयको प्रारम्भ र अन्त सम्बन्धमा गरेको व्यवस्था हेर्दा कुनै नेपाल ऐनमा केही समयको अवधि वा दिनहरुमा पहिला हिस्सा वा दिनलाई बाहेक गर्नु परेमा “देखि” भन्ने शब्द र केही समयको अवधि वा दिनहरुका आखिरी हिस्सा वा दिन सामेल गर्न परेमा “सम्म” भन्ने शब्द लगाए पुग्छ भनी उल्लेख गरेको देखिन्छ । निवेदकले मालपोत कार्यालयले रजिष्ट्रेशनको ३५ नं. बमोजिम नालेश गर्नु भनी सुनाएको आधारमा का.प.जि.अ.मा २०४४।८।१ मा फिराद दायर गरेको देखिन्छ। रजिष्ट्रेशनको ३५ नं. हेर्दा “निखन्न दिनु पर्नेले लिनु नपर्ने कारण देखाएकोमा प्रमाण बुझी इन्साफ दिनु पर्ने कुरा देखिन आए पैंतीस दिन भित्र नालेश गर्नु भनी सुनाई दिनु पर्छ” भन्ने कानुनी व्यवस्था भएको र सोही आधारमा मा.पो.का.ले निवेदकलाई सुनाएको देखिंदा हदम्यादको गणना गर्दा सो सुनाएको दिनलाई बाहेक गरी गणना गर्न मिल्ने देखिएन । अर्थात ऐनमा नै पैंतीस दिन “भित्र” भनी स्पष्ट व्यवस्था भएकोमा कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ८ मा रहेको “देखि” “सम्म” भन्ने शब्दहरुको प्रसंगमा अर्थ गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदकलाई अदालतमा नालेश गर्न जान सुनाएको २०४४।६।२७ देखि नालेश परेको मिति २०४४।८।१ सम्म दिनको गणना गर्दा आश्विन ३१ दिनको महिना भएकोले आश्विनको ५ दिन कार्तिक ३० दिनको महिना हुँदा कार्तिकको ३० दिन र मंसीर १ गतेको १ दिन समेत जोड्दा फिरादपत्र ३६ औं दिनमा परेको देखियो । निवेदकलाई नालेश गर्न जा“दा “देखि” वा “सम्म” भनी सुनाएको समेत देखिँदैन । त्यसैले निवेदकलाई सुनाउँदा अड्डा खुलेको पूर्वार्धमा वा उत्तरार्धमा कुनै समयमा सुनाएको थियो भन्ने कुरा प्रस्तुत विवादमा प्रासंगिक समेत नहुंदा ३६ औं दिनमा परेको फिरादलाई “३५ दिन” भित्र परेको भनी मान्न मिल्ने नदेखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री जुक्तिजंग लामिछाने विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार श्रेष्ठ अवलम्बित नजीरःX फैसला न्या.केशवप्रसाद उपाध्यायः संयुक्त इजलासका माननीय न्यायाधीशज्यूहरुका बिच राय बाझी भै यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. का.प.जि. पाँचखाल गा.वि.स. वडा नं. २ को विपक्षीले खरिद गरेको कि.नं. १७८ बाट मेरो सडकमा निस्कने निकास समेत हुँदा सन्धी सर्पन पर्नुको अतिरिक्त म हकदार समेत हुँदा निखनाई पाउँ भनी लेनदेन व्यवहारको ११ नं. को म्यादभित्र सोही ऐनले प्रदान गरेको कानुनी अधिकारको आधारमा मा.पो.का. काभ्रेमा थैली र पारित दस्तुर समेत धरौट राखी निवेदन गरेको थिएँ । मा.पो.का. ले निखनी लिन पाउने ठहराए उपर विपक्षीले प्र.जि.अ. मा पुनरावेदन परेकोमा मा.पो.का. कै इन्साफ मुनासिब ठहराई निर्णय गरे उपर पनि विपक्षीको अनुमति साथ म.क्षे.अ.मा