निर्णय नं. २२२२ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२२२ - अंश भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/२५ २३८२ निर्णय नं. २२२२ ने.का.प. २०४२ अङ्क १ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा सम्वत् २०४१ सालको दे.फु.नं. ८४ मुद्दा : अंश । निवेदक/प्रतिवादी: प्रेम बहादुर राउत क्षेत्री मरी मु.स.गर्ने ऐ को छोरा ल.पु.जि.गौदाम चौर गा.पं. वार्ड नं. ३ बस्ने नारायण बहादुर राउत क्षेत्री । विरूद्ध विपक्षी/वादी: ऐ.ऐ. बस्ने धनकुमारी राउत क्षेत्री । ऐ.ऐ बस्ने अंकुर राउत क्षेत्री ऐ.ऐ बस्ने अंकुर क्षेत्री फैसला भएको मिति: २०४२।१।२५।३ मा अलग–अलग विवाद बिन्दुमा दुई डिभिजन बेञ्चबाट भएको निर्णयलाई रूलिङ बाझिएको भन्न मिल्ने देखिएन । (प्रकरण नं. १८) निवेदक प्रतिवादी तर्फबाट: विद्वान व.अ.श्री वासुदेव प्रसाद ढुंगाना र विद्वान अधिवक्ता श्री बद्री प्रसाद शर्मा विपक्षी वादी तर्फवाट: विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल उल्लेखित मुद्दाःX फैसला न्या.धनेन्द्रबहादुर सिंहः रुलिङ्ग बाझियो भनी सर्वोच्च अदालतनियमावलीको नियम ३३(ख) बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. परलोक भइसकेका सासु ससुराबाट जेठा रामकृष्ण भन्ने उदय बहादुर, माहिलो मेरो विवाह हुनु भन्दा अगावै परलोक भएको, साहिला राम रावन र कान्छा नारायण राउत जम्मा ४ छोरा र ५ छोरी भएकोमा जेठा उदय बहादुर ०२५ सालमा परलोक भएको वहाँकी २ श्रीमती मध्ये जेठीको मृत्यु भइसकेको, जेठी तर्फबाट १ मात्र छोरा, सुदर्शन भएको र कान्छी मेरी पट्टी पनि एउटा अंकुर राउत छ । साहिला रामरावन, कान्छा नारायण र छोरीहरू सबैको विवाह भइसकेकोले ४ भागमात्र अंशबण्डा गर्नुपर्नेमा घरको हैसियतअनुसार खानलाउन नदिई त्यसबाट वञ्चित गराई अंश माग्दा नदिएकोले अंशबण्डाको २० नं. बमोजिम तायदाती माग गरी ऐ. १, २, ५ र १२ अनुसार ४ बण्डा मध्ये पतिको भागमा पर्ने १ भागको ३ खण्डको २ खण्ड पाउँ भन्ने फिराद दावी रहेछ । ३. वादीका लोग्नेले अंश लिइसकेको र अंश दिन बाँकी केही छैन । लोग्नेको नाउँबाट आफ्नो नाउँमा नामसारी गरी झगडियाको दरकारमा लागी चल जेथा बिक्री गराई आफ्नो स्वार्थ पूर्ति गरी आर्थिक प्रलोभनमा परी झुठ्ठा आरोप लगाएको हो । अंश भागमा परेको ०२१ सालको भू.सु.नापीमा गोदामचौर गा.पं.वा.नं. ९(ख) को समेत जम्मा कित्ता ७ भोग गरिआएको र सौतेनी छोरा विष्णु परलोक हुँदा औषधी गर्न काजकृया गर्न रु.१९०० को कर्जा लिँदा यही जग्गा मध्ये गोदामचौर गा.पं. वा.नं. ७ (ग) कि.नं. २४ को माटो रोपनी २–१२–० जग्गा वादीको छोरा सुदर्शनले मेरो बाबुको अंश भोगको भनी धितोबन्धकी समेत राखेका हुन्, निज सुदर्शन बुझी पाउँ, अंशियार मध्ये मेरो अर्को छोराले पनि अंश बुझी सकेको छ । अंशियार बुझी वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिउत्तर रहेछ । ४. बाजेबाट बाबु उदय बहादुरले र काकाहरूले पनि अंश अघि नै लिई भिन्न बसिसक्नु भएकोले दोहरो अंश लिन नालेश गरेको हो । बाबुको अंशमा परेको ज.रो.२।।। बाबु परलोक हुँदा जग्गा कृष्ण बहादुरलाई भोगबन्धकी दिई निजबाट रु. १९००। लिई बाबु र दाजुको काजकृयासमेत गर्नुभएकोबाट अंश लिइसकेको सिद्ध छ भन्ने समेत सुदर्शनको बयान । ५. प्रेम बहादुरको ४ छोरामा मेरा ससुराहरू अंश लिई छुट्टा–छुट्टै बसेको हुन । सासु गुनकुमारी र धन कुमारीबाट जायजन्म अंशबण्डा समेत नभएको अंशियार सबैको हक भोगमा हुनुपर्ने । सौतेन