निर्णय नं. २२२३ - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२२३ - लिखत बदर भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/२८ २५७४ निर्णय नं. २२२३ ने.का.प. २०४२ अङ्क १ फुल बेञ्च माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४० सालको दे.फु.नं. ५८, ८९ मुद्दा : लिखत बदर निवेदक/प्रतिवादी:जिल्ला काठमाडौं का.न.पं.वा.नं. २० मरूटोल बस्ने देवीदासको मु.स.गर्ने कुमारदास मानन्धर ऐ.ऐ वडा नं. १३ कालिमाटी बस्ने प्रेम कृष्ण वानिया विरूद्ध विपक्षी/वादी: ऐ.ऐ. वडा नं. २० मरूटोल बस्ने गणेशप्रसाद मानन्धर ऐ.ऐ बस्ने बद्री नारायण मानन्धर ऐ.ऐ बुद्ध बस्ने कुमार मानन्धर फैसला भएको मिति: २०४२।१।२८।६ मा आफूले आर्जेको सम्पत्ति आफूखुश गर्न पाउने । (प्रकरण नं. १४) निवेदक प्रतिवादी तर्फबाट: विद्वान व.अधिवक्ता श्री कृष्ण प्रसाद पन्त र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी वादी तर्फवाट: विद्वान अधिवक्ताहरु श्री रामगोपाल श्रेष्ठ, श्री नुतन थपलिया र श्री अनुपराज शर्मा उल्लेखित मुद्दाःX फैसला न्या.बब्बर प्रसाद सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदकहरूको श्री ५ महाराजाधिराजका जुनाफमा छुट्टा–छुट्टै बिन्तिपत्र पर्दा डिभिजन बेञ्चबाट निर्णय भएको मिसिल झिकी फुल बेञ्चबाट हेरी कानुन बमोजिम निर्णय गरिदिनु भन्ने समेत मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमाङ्गी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. बाबा गणेशदासको छोरा विपक्ष देवीदास जेठा, नन्दकुमार, माहिला, गणेशप्रसाद साहिला, बद्री नारायण काहिला, पूर्णदाश कान्छा भएको बाबा ०५ सालमा नन्दकुमार २०२१ सालमा परलोक भएको वहाँको छोरा बुद्धकुमार समेत ५ अंशियार छौँ हामीहरूको समेत अंश हक लाग्ने कलीमाटी गा.पं. वार्ड नं. ५ कित्ता नं. ३१ क्षेत्रफल १–०–३ जग्गा मध्ये ०–१–२–१ विपक्षी प्रतिवादी प्रेमकृष्णलाई रु. ३०,०००। मा ०३२।४।६ मा घरसारमा ऐ. ७ गते पास गरी राजीनामा लिखत गरिदिएकोले हामी ४ अंशियारको ४ भाग लिखत बदर गरिपाउँ भन्ने समेत वादी गणेशप्रसाद समेतको ०३३।२।३ को फिरादपत्र रहेछ । ३. तिर्थदास मानन्धरबाट आफ्नो आर्जन कमाईले ०३२।४।६ मा छोडपत्र पास गरी लिई का मरू ७०९।६४३ नं. पोता दर्ता जग्गा रोपनी १ र त्यसमा बनेको घर समेत कालीमाटी सडकमा परी सट्टा भर्ना स्वरूप प्राप्त गरेको कि.नं. ३१।१८ भित्रको सडक छेउको ०२५।८। देखि प्रेमकृष्णलाई कमाउन दिई ०३२।४।७ मा पास गरिदिएको हो विपक्षीहरूको हक लाग्ने होइन मेरो आर्जनको एकलौटी हकको जग्गा बिक्री गरेको सदर गरिपाउँ भन्ने समेत ०३३।४।३१ को देवीदासको प्रतिउत्तरपत्र रहेछ । ४. कि.नं. ३१ को जग्गा देवीदासले विष्णुभक्तलाई भोगबन्धकी दिएको निजबाट म समेतले बहालमा लिई भोगचलन गरिआएको घर र ग्यारेज सडक निर्माणमा परी बाँकी जग्गा कुत बुझाउने गरी देवीदासबाट मैले कमाई मोटर ग्यारेज कारखाना घर बनाई भोगचलन गरिआएको मैले खरिद गरेको जग्गा देवीदासको आर्जन र एकलौटी हक दर्ताको जग्गा हुँदा लिखत बदर हुने होइन भन्ने समेत प्र.प्रेमकृष्ण बानियाको ०३३।४।३१ को प्रतिउत्तरपत्र रहेछ । ५. प्रतिवादी देवीदासले प्रेमकृष्ण बानियालाई बेचेको सदरै हुने हुँदा राजीनामा बदर गरिपाउँ भन्ने प्रतिवादीहरू उपर झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने समेत का.जि.अ.को ०३५।८।२८ को फैसला । ६. सो फैसला उपर चित्त बुझेन भन्ने वादी गणेशप्रसाद समेतको पुनरावेदन जिकिर । ७. लेनदेन