निर्णय नं. २२२४ - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२२४ - लिखत बदर भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/२८ २१४५ निर्णय नं. २२२४ ने.का.प. २०४२ अङ्क १ फुल बेञ्च माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४० सालको दे.फु.नं. ६०, ८७ मुद्दा : लिखत बदर निवेदक/प्रतिवादी:जि.काठमाडौं का.न.पं.वार्ड नं.२० मरुटोल बस्ने देवीदासको मु.स.गर्ने कुमारदास मानन्धर ऐ.ऐ वार्ड नं.१३ कालिमाटी बस्ने श्याम माया स्थापित विरूद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.वार्ड नं. २० मरूटोल बस्ने गणेशप्रसाद मानन्धर ऐ.ऐ बस्ने बद्री नारायण मानन्धर ऐ.ऐ बस्ने पूर्ण दाश मानन्धर ऐ.ऐ बस्ने बुद्ध कुमार मानन्धर फैसला भएको मिति: २०४२।१।२८।६ मा आफूले आर्जेको अचल सम्पत्ति बेचबिखन गर्दा संगै बस्नेको मञ्जूरी लिनु नपर्ने । (प्रकरण नं. ११) फैसला न्या.बब्बर प्रसाद सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदकहरूको श्री ५ महाराजाधिराजका जुनाफमा बेग्लाबेग्लै बिन्तिपत्र पर्दा डिभिजन बेञ्चबाट निर्णय भएको मिसिल झिकी फुल बेञ्चबाट हेरी कानुन बमोजिम निर्णय गरिदिनु भन्ने मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमाङ्गी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. बाबा गणेशदासको ५ छोरा भएकोमा हामीहरू समेतको अंश हक लाग्ने कालीमाटी गा.पं. वार्ड नं. ५ कि.नं. ३१ को जग्गा रोपनी १–०–३ मध्ये ०–१–०–३ देवीदासले श्याममायालाई रु. २०,०००। मा ०३२।४।७ गते राजीनामा पास गरिदिएको हुँदा हामीहरू ४ जनाको हक मेटी बिक्री गरेको हुँदा ५ भागमा ४ भाग लिखत बदर गरिपाउँ भन्ने समेत गणेशप्रसाद समेतको ०३३।२।३ को फिरादपत्र रहेछ । ३. देवीदासले विष्णुभक्त श्रेष्ठलाई भोगबन्धकी पास गरिदिएको विष्णुभक्त श्रेष्ठबाट बहालमा लिई भोग गरिआएकोमा कालीमाटी सडक चौडाई गर्दा परेको बाँकी जग्गाको देवीदासलाई कुत बुझाउने गरी म समेतले मोटर ग्यारेज कारखाना घर बनाई भोगचलन गरिआएको छु । देवीदासको आर्जनबाट जोडेको जग्गा ०–१–०–३ रु. २०,०००। मा राजीनामा पास गरिलिएको हुँदा म उपर विपक्षको दावी लाग्न नसक्ने हुँदा वादी दावी खारेज गरिपाउँ भन्ने समेत श्याममाया स्थापितको प्रतिउत्तरपत्र रहेछ । ४. मैले आफ्नो आर्जन कमाईबाट तीर्थदाससँग छोडपत्र गराई किनि लिएको घर जग्गा मध्ये कालीमाटी सडकमा परी बाँकी रहेको जग्गा कुत लिने गरी मोहियानीमा कमाउन दिएको मेरो हकको जग्गा भू.प्र. का. मार्फत जग्गा ०–१–०–३ रु. २०,०००। मा श्याममायालाई राजीनामा पास गरिदिएको छु । मुआब्जा विषयमा विपक्षी समेतको उजूरी परी हक बेहक गराउन अदालतमा जानु भनी सुनाएकोमा विपक्षहरूले उजूर गर्न नसकेको हुँदा मेरो एकलौटी हकको हुँदा बिक्री गरेको सदर गरिपाउँ भन्ने समेत देवीदास मानन्धरको प्रतिउत्तरपत्र रहेछ । ५. देवीदासले प्र. श्याममायालाई बेचेको सदरै हुने हुँदा लिखत बदर गरिपाउँ भन्ने वादीहरूले झुठ्ठै उजूर गरेको ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको ०३५।८।२८।४ को फैसला। ६. सो फैसला उपर चित्त बुझेन भन्ने समेत वादी गणेशप्रसाद समेतको पुनरावेदन जिकिर । ७. लेनदेनव्यवहारको १० नं.अनुसार सबै अंशियारको मञ्जूरी लिनु पर्ने वादीहरूको मञ्जूरी लिएको नदेखिँदा वादीहरूको ४ भाग लिखतबदर हुनेठहर्छ भन्नेसमेत मध्यमान्चल क्षेत्रीय अदालतको ०३८।५।१२।६ को फैसला रहेछ । ८. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा देवीदास र