निर्णय नं. ५०३४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०३४ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: बैशाख अंक: १ फैसला मिति :२०५१/१२/१४ २३२३ निर्णय नं. ५०३४ ने.का.प. २०५२ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५१ सालको रिट नं. २७०७ आदेश मिति: २०५१।१२।१४।३ विषय : उत्प्रेषण । निवेदक : रोल्पा जिल्ला राँके गाउँ विकास समिति वडा नं. ८ बस्ने कमानसिंह पुन मगर । विरुद्ध विपक्षी : ९ नं. नापी गोश्वारा, ६ नं. नापी टोली रोल्पा। जिल्ला वन कार्यालय,रोल्पा । आफ्नो नाममा दर्ता तिरो भई चलन गरी आएको निजी बन बुटेन भएको जग्गा सम्बन्धित व्यक्तिले सप्रमाण लिखितरुपमा दावी गरेमा दफा ११(ख) बमोजिम गठित समितिले छानवीन गरी निर्णय गरे अनुसार सम्बन्धित जग्गावालाको नाममा दर्ता गरिनेछ भन्ने व्यवस्था जग्गा नाप जाँच ऐन, २०१९ (संशोधित) दफा ६ को उपदफा (५)(ग) मा गरिएको देखिन्छ । प्रस्तुत विवादमा निवेदकले आफ्नो हक भोगको प्रमाण देखाई दर्ताको लागि निवेदन गरेकोमा सो को छानवीन गरी निर्णय गर्ने अधिकार दफा ११(ख) बमोजिम गठित समितिलाई मात्र रही समितिको निर्णय बमोजिम मात्र जग्गा दर्ता हुने नहुने जानकारी निवेदकलाई दिनु पर्नेमा सो बमोजिमको कानुनी कार्यविधि विपक्षी नापी टोलीबाट पुरा गरेको देखिएन । केवल वन प्रतिनिधिबाट वन क्षेत्र कायम भएकोले कारवाही गर्न नमिल्ने हुँदा निवेदन तामेलीमा राखिएको व्यहोरा सूचित गरिन्छ भनी मिति २०५०।४।१६ मा ९ नं. नापी गोश्वारा ६ नं. नापी टोलीले च.नं. ३५९ को पत्रबाट निवेदकलाई जानकारी दिएको मात्र देखिंदा उक्त कारवाही र तत्सम्बन्धी निर्णयलाई कानुनसंगत मान्न नमिल्ने । (प्रकरण नं. ६) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट अवलम्बित नजीरःX आदेश न्या.अरविन्दनाथ आचार्यः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८ बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. ढारी खोला दक्षिण राहवीर पुनको आवादी प्रति ढांरा डाँडा उत्तर तिमीले खोलो जाने तेस्रो बाटो, पश्चिम मेरै दर्ता पाखा जग्गाबाट जाने तेस्रो बाटो पूर्व यति ४ किल्ला भित्रको ठारो गातिना भन्ने पाखा कित्ता १ र वागवीर पुनको पाखा आवादी उत्तर तिमीले गैरी जाने तेस्रोबाटो पूर्व कालु खत्रीको आवादी दक्षिण खोल्सो पश्चिम यति ४ किल्ला भित्रको लिम्पुगतिना पाखा कित्ता १ समेतको दुई कित्ता जग्गा २०१४ सालको नापी मुचुल्का बमोजिम बाजे वागवीर र पिता हरिप्रसाद समेतको नाममा दर्ता लगत तयार भई भोगचलन गरी आएको उक्त जग्गामा निजी वन लगाएकोले निजी वन दर्ता गरी पाउँ भनी मिति २०४४।५।१९ गतेमा जिल्ला वन कार्यालयमा निवेदन गरेकोमा मिति २०४५।१०।२६ गतेमा मुचुल्का समेत खडा भएबाट रुख लगाएको प्रष्टछ । उक्त कित्ता मध्ये लिम्पु गतिना भन्ने जग्गा हालको सर्भे नापीमा राँके गा.वि.स. वडा नं. ८ कि.नं. ३२८ कायम भई नापी भएको सो जग्गा आफ्नो नाममा दर्ता गरी पाउँ भनी मिति २०४९।१०।१३ मा विपक्षी नं. १ समक्ष निवेदन गरेकोमा उक्त कि.नं. ३२८ का जग्गा वन प्रतिनिधिबाट वन क्षेत्र कायम भएकोले कारवाही गर्न नमिली निवेदन तामेलीमा राखिएको भन्ने पत्र दिइयो । ३. उल्लेखित जग्गा साविकको लगत उतार रसिद ७ नं. फाँटवारी लगायतका प्रमाणले मेरो हक भोगको भएको प्रमाणित गरेको छु । यसरी मैले सप्रमाण दावी गरेपछि जग्गा नापजाँच ऐन, २०१९ को दफा ६ को उपदफा ५(ग) बमोजिम गठित समितिको निर्णय बमोजिम दर्