निर्णय नं. २२२५ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२२५ - ज्यान भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/०३ २२४२ निर्णय नं. २२२५ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४० सालको फौ.पु.नं. ३७८ मुद्दा : ज्यान पुनरावेदिका/प्रतिवादी: सल्यान लक्ष्मीपुर गा.पं. ८ नं.वडा भमका गाउँको हाल कारागार शाखा सुर्खेतमा थुनिएको कौशिला पुन मगर विरूद्ध विपक्षी/वादी: प्रहरी नन्दबहादुर थापाको जाहेरीले श्री ५ को सरकार फैसला भएको मिति: २०४२।१।३।२ मा के कति कारणबाट पछि मृत्यु हुन गएको हो सो कुरा अस्पतालको पत्रबाट खुल्दैन । मर्ने कौशिलाको पोष्टमार्टम भएको पनि पाइँदैन । यस स्थितिमा मर्नेलाई प्रतिवादीले कर्तव्य गरी मारेको हो भन्न सकिने शंकारहित किटानी तथ्ययुक्त सबूत प्रमाणको अभाव हुँदा निजलाई दोषी ठहराउन न्यायसंगत नहुने । (प्रकरण नं. १९) पुनरावेदिका प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री पुण्यप्रसाद अर्याल विपक्षी वादी तर्फवाट: विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार फैसला न्या.धनेन्द्र बहादुर सिंहः मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ । २. छविलाल पुनको घरमा डेरा गरी बस्ने रत्न बहादुर पुन र श्रीमती कौशिला पुन मगरको ०३६।४।६ गते राति आपसमा झगडा भई वसुलाले हानाहान गरी शक्त घाइते हुँदा जना २ लाई र वसुला समेत दाखिल गरेको छु भन्ने समेत नन्दबहादुरको प्रतिवेदन । ३. रत्न बहादुर कौशिलाको ०३६।४।६ गते रातमा वसुलाले हानाहान गरेको थाहा पाइन्छ। घटनास्थलमा आउँदा रत्न बहादुरको घाँटी काटेको कौशिलाको पनि ठाउँ–ठाउँमा घाउ थियो। रत्न बहादुर बोल्न सक्ने अवस्थामा थिएन । सोधनी गर्दा कौशिलालाई औंल्याउँदै यसैले मेरो घाँटीमा वसुलाले हाने भनी इसाराबाट रत्न बहादुरले भनेकोले कौशिलाले नै हानेको हुनुपर्छ भन्ने समेत सरजमीन मुचुल्का । ४. सुती निदाएको अवस्था लोग्ने रत्न बहादुरले मेरो घाँटी बायाँ पट्टी फलामको वसुलाले हिर्काउनु भएछ र पिडा परी झसङ्ग ब्युझी भित्र पस्न लाग्दा लोग्नेले दाहिने हातले मेरो कपाल समाती बायाँ हातमा लिएको वसुलाले भटाभटा मलाई हिर्काउन लाग्दा वसुला रोक्न लाग्दा मेरो बायाँ हातको हत्केलामा समेत घाउ छ । जिउमा जम्मा १३ वटा घाउ लागेको छन् । लोग्ने पहिले वसुलाले आफ्नो घाँटीमा हानी पछि मलाई समेत मार्ने अवस्थामा पारी हानेको हुन् भन्ने समेत कौशिला पुन मगरको प्रहरीमा भएको बयान कागज । ५. रत्न बहादुरलाई कौशिलाले मर्नसम्मको उक्त कार्य गरी सकेको कुरा प्रमाणित हुन आएको रूद्रघण्टी छिनाएको र निज रत्न बहादुर हाल जीवित हुँदा ज्यानसम्बन्धीको ८ नं. अनुसार मुद्दा चलाउनु पर्ने देखिएको छैन । सो अवस्था परे पछि नै सो अवस्थाको वादी प्रस्तुत गरिने भएकोले ज्यानसम्बन्धीको १५ नं. बमोजिम सजायँ गराई माग्छौं भन्ने २०३६।६।९ को प्रहरी प्रतिवेदन । ६. सल्यान लक्ष्मीपुर भमकाको घरमा छोरी परलोक भएको अब यहाँ नबसौं भनी लोग्नेले भनेकोले ०३६ साल आषाढमा जेठाजुको घर सुर्खेत वडा खोसीमा आई बसेको ०३६।४।६ गते राति हामी लोग्ने स्वास्नी साथै सुती निदाएको अवस्था लोग्ने रत्न बहादुरले मलाई वसुलाले पहिलो चोट घाँटीमा हान्दा पाखुराको जोर्नीमा लागी म रून कराउन लागें त्यसपछि पनि पटक–पटक विभिन्न ठाउँमा वसुलाले हानेको थिए, लोग्नले पहिला आफ्नो घाँटीमा हतियार प्रयोग गरी पछि मलाई हानेको अनुमा