निर्णय नं. २२२६ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२२६ - भ्रष्टाचार भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/०४ २१६८ निर्णय नं. २२२६ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा सम्वत् २०४० सालको डि.फौ.पु.नं. ४५४ मुद्दा : भ्रष्टाचार पुनरावेदक/प्रतिवादी:जि.मोरङ विराटनगर न.पं. वार्ड नं. १६ मानवाली बस्ने धनकुटा नगर योजना कार्यान्वयन कार्यालय धनकुटाको इन्जीनियर हरिहर कोइराला विरूद्ध विपक्षी/वादी: श्री ५ को सरकार फैसला भएको मिति: २०४२।१।४।३ मा गैरकानुनी तरिकाबाट पुनरावेदकलाई नि.से.नि. २०२१ को नियम १०.६(५) को आरोपमा नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने गरेको श्री ५ को सरकारको निर्णय पर्चा प्रत्यक्षतः कानुनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १४) पुनरावेदकतर्फबाट: विद्वान व.अ.हरु श्री शम्भु प्रसाद ज्ञवाली र श्री कुञ्जबिहारीप्रसाद सिंह तथा विद्वान अ.श्री यादव प्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX फैसला न्या.धनेन्द्र बहादुर सिंहः भ्र.नि.ऐन, २०१७ को दफा २१ को उपदफा (२) बमोजिम कानुनी तथ्यमा श्री ५ को सरकारको मिति ०४०।८।२ को निर्णय उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत आवास भवन तथा भौतिक परियोजना विभागका इन्जिनियर हरिहर कोइरालाले धनकुटामा निर्मित मालपोत कार्यालय भवन, सामुदायिक भवन निर्माण गर्दा ठेकेदारसँग मिली लगत इष्टीमेट बमोजिम सामान प्रयोग नगरी कच्ची भवन बनाई श्री ५ को सरकारलाई गैरकानुनी हानी आफू समेतलाई फाइदा लिई भ्रष्टाचारपूर्ण कार्य गरी भ्रष्टाचार गरेमा भ्रष्टाचार निवारण ऐन, ०१७ को परिच्छेद २ को कसूर गरेकाले निजामती सेवा नियमावली, २०२१ अनुसार आरोप समेत प्रस्तुत गरी पुनरावेदनसँग स्पष्टीकरण लिई दिएको स्पष्टीकरण सन्तोष नभएकोले नि.से.नि. १०.१(६) बमोजिम भविष्यमा सरकारी नोकरीको लागि सामान्यतया अयोग्य ठहरिने गरी नोकरीबाट हटाउने भनी वि.प्र.विभागबाट राय ठहर साथ श्री ५ को सरकारमा पेश भएको रहेछ । ३. विशेष प्रहरी विभागबाट माग भए बमोजिम सजायँ गर्न निजले लिनु खानु गरेकोमा सावित नभएकोमा र लिनु खानु गरेको प्रत्यक्ष नदेखिई अप्रत्यक्ष रूपबाट निज हरिहर कोइराला आरोपित कसूरमा संलग्न भएको पाउँदा विशेष प्रहरी विभागको राय बमोजिम गर्न न्यायोचित नहुने हुँदा इ. हरिहर कोइराला उपर उल्लिखित कसूरमा नि.से.नि. २०२१ को १०.६(७) १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउन लोकसेवा आयोगसँग परामर्श लिन निर्माण तथा यातायात मन्त्रालयमा पठाएकोमा निर्माण तथा यातायात मन्त्रालयबाट मिति ०४०।२।१८ मा लोकसेवा आयोगमा परामर्शको लागि माग भई गएकोमा इन्जिनियर हरिहर कोइरालाले आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेकोले नि.से.नि. परिच्छेद १० को १०.६(५) अनुरूपको अभियोगमा माग बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने भन्ने मिति ०४०।३।९ को परामर्श पत्र प्राप्त भएकोले उपरोक्त आधारमा आवास भवन तथा भौतिक परियोजना विभाग अन्तर्गत धनकुटा नगर विकास योजनामा कार्यरत भई आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगर्ने इन्जिनियर श्री हरिहर कोइरालालाई नि.से.नि. १०२१ को १०.६(५) अनुसारको अभियोगमा नि.से.नि. १०.१(५) बमोजिम निर्णय भएका मिति देखि लागू हुने