निर्णय नं. ५०३५ - लिखत दर्ता बदर दर्ता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०३५ - लिखत दर्ता बदर दर्ता कायम भाग: ३७ साल: २०५२ महिना: बैशाख अंक: १ फैसला मिति :२०५१/११/०९ ३०११ निर्णय नं. ५०३५ ने.का.प. २०५२ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५१ सालको दे.पु.नं. २२१६ फैसला मिति : २०५१।११।९।३ मुद्दा : लिखत दर्ता बदर दर्ता कायम । पुनरावेदक/वादी: जि. सुनसरी, धरान न.पा. वडा नं. ५ बस्ने ठाकुर प्रसाद श्रेष्ठ । विरुद्ध प्रत्यर्थी/प्रतिवादी: ऐ.ऐ. बस्ने सावित्री देवी श्रेष्ठ । सगोलको सम्पत्ति नभै संयुक्त दर्तासम्म कायम रहेको सम्पत्तिमा बढी घटी हुने गर्ने अवस्था वा लिखत नभएका अवस्थामा सबै अंशियारहरुको समान भाग लाग्ने मान्नु पर्ने । (प्रकरण नं. १२) उमेर पुगेका छोराहरुको मञ्जुरी लिनु पर्ने कानुनी प्रावधानले निज गोपाल प्रसादको समेत हक सुरक्षित रहने देखिने । (प्रकरण नं. १३) उमेर पुगेका छोराहरुको मञ्जुरी लिनु नपर्ने विवादित अचल सम्पत्तिको आधारमा निजले सावित्रीदेवी श्रेष्ठलाई गरिदिएको शेषपछिको बकसपत्र कायमै रहने । (प्रकरण नं. १३) विवादित अचल सम्पत्ति बकसपत्र गरिदिए उपर ३ जना छोराहरु मध्ये गोपालप्रसाद श्रेष्ठले उजूर नगरेकोले निजको भाग जतिको बकसपत्रको लिखत बदर गरिरहन पर्ने अवस्था नआउने । (प्रकरण नं. १३) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाटःX अवलम्बित नजीरःX फैसला न्या.रुद्रबहादुर सिंहः पुनरावेदन अदालत विराटनगरको फैसला उपर वादी तर्फबाट दायर हुन आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ :– २. आमा गोमालक्ष्मी र दाजु ठाकुर प्रसाद श्रेष्ठ उपर २०३९।११।११ मा अंश मुद्दा दायर रहेको जेठा दाजु गोपालप्रसाद २०२६ सालमै घरसारमा बण्डा लिई छुटी बसेका बण्डा हुन पर्ने हाम्रा अंश भागको सम्पत्ति हामी ३ जनाकै संयुक्त दर्ता रहेछ भन्ने कुरा प्रतिउत्तर नक्कल लिँदा थाहा भयो । उक्त जग्गाहरु संयुक्त नै राखी मिलापत्र गरी पाउँ भनी हाम्रो २०४१।४।३१ मा सुनसरी जि.अ.मा दरखास्त पर्दा वादीको वारेसले २०४१।५।२२ को तारेख लिई गएको कारणबाट सो दिन मिलापत्र हुन सकेन । सो पछि आमा विरामी भै अदालतमा आउन नसकेकी, आमा गोमालक्ष्मी आफ्ना कालगतिले परलोक भै २०४५।५।७ गते कृयाकर्म सकिएपछि विपक्षी सावित्रीले २०४५।१।३ मा आफ्नो भागमा पर्ने जग्गा मलाई सासूले शेष पछिको बकसपत्र गरिदिनु भएको भन्दा मालमा गै हेर्दा २०४५।१।३० मा आमाको भागको जति धरान वार्ड नं. ५ कि.नं ३० को ०–२–७–१ जग्गा ३ भागको १ भाग मेरो समेत हक लाग्ने विपक्षीले शेष पछिको बकसपत्र पास गरी लिएको लेख बदर गरी म वादी ठाकुर प्रसादको नाउँमा दर्ता कायम गरी पाउँ भन्ने समेतको वादी दावी । ३. सासू गोमालक्ष्मी समेतका अंशहरु २०२६ सालमा छुटी बेगल भै बकसपत्र भएको सासू गोमालक्ष्मी समेका सबै अंशियार बेग्ला बेग्लै बसेका सासूलाई पति गोपालप्रसाद र बुहारी म समेत भै रेखदेख गरेको, २०४३ साल ज्येष्ठमा वादी बसेको घर छाडी म बसेको घरमा आई बस्नु भएको र वहाँ बस्नु भएको घर जग्गा मलाई शेषपछिको बकसपत्र गरी दिएको हुँदा त्यस्तो बकसपत्र लिखत बदर हुनुपर्ने होइन भन्ने समेत प्रतिउत्तर । ४. वादी ठाकुरप्रसाद श्रेष्ठ र प्रतिवादी यिनै सावित्री श्रेष्ठ भएको लिखत दर्ता र दर्ता कायम मुद्दा आजै यस अदालतबाट फैसला भएको मुद्दामा लिखत र दर्ता बदर भै यी सो मुद्दामा वादी ठाकुरप्रसाद श्रेष्ठका नाउँमा दर्ता कायम हुने ठहरिएको र यो मुद्दामा सोही विषय समावेश भै म