निर्णय नं. २२२७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२२७ - कर्तव्य ज्यान भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/०१/११ १९९५ निर्णय नं. २२२७ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको फौ.पु.नं. ४४५ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/प्रतिवादी:गुल्मी अर्दल गा.पं.वा.नं.८ घर भै हाल कारागारमा शाखा गुल्मीमा थुनामा रहेको रेवेत बहादुर ठकुरी विरूद्ध विपक्षी/वादी: श्री ५ को सरकार फैसला भएको मिति: २०४१।१।११।२ मा पहिलादेखि नै ज्यान मार्ने इवी समेत भएको देखिएकोले अभियुक्तलाई ज्यानसम्बन्धीको १३(३) बमोजिमको सजायँ गर्ने गरी गरेको पश्चिमान्चल क्षेत्रीय अदालतको निर्णय उपयुक्त नै भएकोले सदर हुने । (प्रकरण नं. १४) फैसला प्र.न्या.नयन बहादुर खत्रीः पश्चिमान्चल क्षेत्रीय अदालतले ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गर्ने गरेको फैसलामा चित्त नबुझेकोले सो उपर पर्न आएको पुनरावेदनको संक्षिप्त विवरण तथा तथ्य निम्न प्रकारको छ : २. ०३६।१।९ गते साँझ मेरो लोग्ने भीमबहादुर, रेवेतबहादुर, चन्द्रकला, खड्ग बहादुर, राम बहादुर समेत ५ जना घरमा आउँदै गरेको अवस्थामा मेरो लोग्ने भीमबहादुरलाई रेवेतबहादुरले कर्तव्यबाट भीरमा घचेटी मारेको विश्वास भएकोले जाहेर गर्न आएको छु भन्ने जाहेरी दर्खास्त । ३. मर्नेको र मेरो ज्यान मार्नेसम्मको इवीलाग थियो त्यसैमा ०३६।१।९ गते राति मर्ने र मसमेत भई घर तर्फ फर्किरहेको अवस्थामा मन भन्ने भीर बाटोमा रातको अं. ११ बजे मैले भीमबहादुरलाई लडाई दिएकोकारणले निजको मृत्यु हुनगएको हो भन्नेसमेत व्यहोराको रेवेतबहादुरले प्रहरीमा गरेको बयान । ४. ०३९।१।९ गते भीमबहादुर, रेवेतबहादुर समेत ५ जना रातको समयमा एउटै टर्च लाइटको उज्यालोमा घर फर्केका हौं । सो समयमा भीमबहादुरलाई रेवेतबहादुरले भीरबाट लडाइएको हामीले देखेनौं लडाई मारेको वा लडी मरेको थाहा छैन भन्ने समेत चन्द्रकला, राम बहादुर, खड्ग बहादुर समेतको प्रहरीमा भएको बयान । ५. संकलित प्रमाणबाट रेवेतबहादुरले भीमबहादुरको ज्यान मारेको देखिँदा निजलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम र चन्द्रकला खड्ग बहादुरलाई ज्यानसम्बन्धीको १७(३) र राम बहादुर १४ वर्षको देखिँदा दण्ड सजायँको १ नं. बमोजिमको सजायँ गरिपाउँ भन्ने समेत माग भएको प्रहरी प्रतिवेदन । ६. प्र.मध्ये चन्द्रकलाले तारेख गुजारीबसेको मैले मृतक भीमबहादुरलाई मन भन्ने भीरबाट खसाली दिएको कारणले नै निजको मृत्युभएको हो भन्नेसमेत व्यहोराको प्र.रेवेतबहादुरले अदालतमा गरेको सावितीबयान । ७. चन्द्रकला, खड्ग बहादुर र राम बहादुरले अदालतमा पूर्ण इन्कारी भई बयान गरेको। ८. सरजमीनको मानिसले शंका देखाउन सकेको नभई रेवेतबहादुरले कर्तव्य गरी मारेमा सावित हुँदा निजले नै मारेको शंका लाग्दछ भनी शंका देखाएको अन्य अभियुक्त चन्द्रकला, राम बहादुर र खड्ग बहादुरले प्रहरी र अदालतमा समेत इन्कारी बयान गरेको र प्रकृति मुचुल्काबाट मर्ने भीमबहादुर भीरबाट खसी मरेको भन्ने देखिएकोले राम बहादुर, खड्ग बहादुर चन्द्रकलाको हकमा प्रतिवेदन माग भए बमोजिम दावी पुग्न नसक्ने र रेवेतबहादुरको हकमा पूर्व रिसइवीले मारेको भन्ने प्रमाण मिसिलबाट नदेखिएकोले ज्यानसम्बन्धीको १३(३) बमोजिमको सजायँ हुने नदेखिई ज्यानसम्बन्धीको १४ नं. बमोजिमको सजायँ हुने ठहर्छ भन्ने शुरू गुल्मी जि.अ.को फैसला । ९. गुल्मी जि.अ.बाट प्र.रेवेतबहादुरलाई ज्यानसम्बन्धीको १४ नं. र अन्य प्रतिवादी खड्ग बहादुर क्षेत्री समेतलाई सफाई