निर्णय नं. ४७५० - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश र पूर्जी जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७५० - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश र पूर्जी जारी गरी पाउँ भाग: ३५ साल: २०५० महिना: भाद्र अंक: ५ फैसला मिति :२०५०/०५/२१ २३३० निर्णय नं. ४७५० ने.का.प. २०५० (ख) अङ्क ५ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत २०५० सालको रि.नं. – २६६७ आदेश मिति: २०५०।५।२१।२ निवेदक/वादी: जि. भक्तपुर भ.पु.न.पा. वडा नं. ३ बस्ने मोहन कुमार प्याथ । विरुद्ध विपक्षी/प्रतिवादी: जि. काठमाडौं का.न.पा. वडानं. २८ बस्ने श्याम बहादुर श्रेष्ठ । : जि. भक्तपुर भ.पु.न.पा. वडा नं. ३ बस्ने बद्री नारायण प्याथ । : कार्यालय प्रमुख भूमि सुधार कार्यालय, भक्तपुर । : सचिव वागेश्वरी गा.वि.स. कार्यालय, भक्तपुर । विषय : उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश र पूर्जी जारी गरी पाउँ । (१) साविक मोहीको मृत्युपछि निजको पति, पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई मोही हक प्राप्त हुन सक्ने भन्ने भुमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा व्यवस्था भएको हुँदा सोही अनुसार मोहीले कमाई आएको जग्गामा निज पछि निजका छोराहरु मध्ये विपक्षीलाई जग्गा धनीले भूमि सुधार कार्यालयमा आफ्नो लिखित मंजुरी दिई मोही पत्याएको देखिन आएकोले निवेदकबाट जग्गा धनीले वाली बुझेको भन्ने आधारमा निजलाई नै मोही हक प्राप्त हुन्छ भन्न मिल्ने नहुँदा भूमि सुधार कार्यालय भक्तपुरबाट यस सम्बन्धमा भएको निर्णय बदर हुन सक्ने स्थिति नदेखिने । (प्र.नं. ५) आदेश न्या. अरविन्दनाथ आचार्य १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः– २. भक्तपुर जिल्ला वागेश्वरी गा.वि.स. वडा नं. २ (घ) कि.नं. ११ क्षेत्रफल १–६–०–० जग्गाका साविक जग्गाधनी का.जि.का.न.पा. वडा नं. २८ ह्यौखा बस्ने माहिला भन्ने भक्त बहादुर श्रेष्ठको श्रीमती भाटनी श्रेष्ठ र उक्त जग्गाको विधिवत जोताहा म निवेदकको पिता मोह लाल प्याथ भएकोमा मेरो पिता मिति २०३८।९।१९ मा र आमा जगतमाया प्याथ पनि मिति २०३८।४।१५ मा नै परलोक हुनु भएकोले, बाबु आमाको परलोक भएपछि जोताहाको परिवारमा विपक्षी बद्री नारायण प्याथ र म निवेदक भएकोमा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम म निवेदकलाई जग्गा धनिले जोताहा पत्याए बमोजिम वाली बुझाई भर्पाई प्राप्त गर्दै आएको थिए । यस्तैमा साविक जग्गा धनीको परलोक भएपछि निजका छोरा विपक्षी श्याम बहादुर श्रेष्ठलाई वाली बुझाउँदै आएकोमा २०४९ साल को वाली विधिवत रुपमा बुझाउन जाँदा वाली बुझी भरपाई गरी नदिएकोले विधिवत याममा पुनः भुमि सुधार कार्यालय भक्तपुरमा वाली धरौट राखी म निवेदकले उक्त जग्गा जोती आएको छु । यस्तैमा विपक्षी मध्येका बद्रि नारायण प्याथले सो जग्गा खिचोला गरी म र मेरो परिवारले लगाएको गहुँ वाली समेत लुटेर लगी यो जग्गामा मैले मोही हक प्राप्त गरेको भनेकोले यस सम्बन्धमा बुझ्दा भूमि सुधार कार्यालय भक्तपुरबाट विपक्षी बद्रि नारायण प्याथलाई मोही कायम गर्ने निर्णय भएको कुरा मैले मिति २०५०।३।१७ मा थाहा पाएँ । ३. म निवेदकसँग निहित रहेको जोताहा मोही हक गैर कानुनी प्रकृयाबाट वन्चित गर्न विपक्षी मध्येका बद्रि नारायण प्याथ र जग्गाधनी श्याम बहादुर श्रेष्ठको बीचमा कथित वाली बुझाएको भर्पाई सृजना गरिएको छ । अतः विपक्षी मध्येका बद्री नारायण प्याथका दाजु म निवेदक हो भन्ने कुरा विपक्षी बद्री नारायण कै निवेदक र निवेदन साथ संलग्न कागजबाट समेत प्रष्ट भएकोमा यस तर्फ बुझ्दै नबुझि भूमि स