निर्णय नं. २२२८ - निखनाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२२८ - निखनाई पाउँ भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/०६ १९२९ निर्णय नं. २२२८ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको दे.पु.नं. ६४० मुद्दा : निखनाई पाउँ पुनरावेदक/प्रतिवादी:पर्सा जिल्ला वीरगन्ज न.पं.वडा नं. ५ वीरगंज विर्तावजार बस्ने राम बहादुर प्रधान विरूद्ध विपक्षी/वादी: पर्सा जिल्ला वगही गा.पं. वडा नं. २ बस्ने केदार सातेली फैसला भएको मिति: २०४२।१।६।५ मा ०३०।४।११ मा थाहा पाएको भन्दै ०३०।५।१२ मा थैली धरौट राखेकोलाई हदम्याद नाघी धरौट राखेको भन्न मिल्दैन । (प्रकरण नं. १५) पुनरावेदक प्रतिवादीः विद्वान अधिवक्ता श्री चूडामणी राज सिंह मल्ल विपक्षी वादी तर्फबाटःविद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त फैसला न्या.धनेन्द्र बहादुर सिंहःमध्यमान्चल क्षेत्रीय अदालतको निर्णयमा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०४०।१२।१ मा आदेश भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. दाजु रामकान्त सातेलीले जि.पर्सा गा.पं.वगही वडा नं. १ कि.नं. १४७ को ज.वि. ४–०–० रु. ५६२५। मा विपक्षीको श्रीमती कमलादेवीलाई सुक्री बिक्री लिखत भू.प्र.का. बाट ०२९।१०।१३ गते रजिष्ट्रेशन पास भएको व्यहोरा ०३०।४।११ गते थाहा पाएकोले ऐ. भाद्र १२ गते भू.प्र.का.मा निखन्न धरौट राखेको भू.प्र.का.बाट प्रमाण बुझी इन्साफ गर्नुपर्ने भएकोले अदालतमा नालेश गर्न जानु भनी ०३२।९।२९ मा निर्णय गरे उपर जि.का.मा पुनरावेदन र जि.अ.मा नालेश परेकोमा जि.का.मा पुनरावेदन परेको देखिएकोले नालेश खारेज गर्ने भनी फैसला भएको सदर गरी ०३३।९।१२ मा ना.अं.अ. बाट फैसला भएको र जि.का.बाट निखन्न नपाउने गरी ०३४।१०।९ गते फैसला भएको मध्यमान्चल क्षेत्रीय अदालतबाट सो निर्णय बदर गरी भू.प्र.का. को निर्णय सदर गरी ०३५।९।४ मा अन्तिम फैसला भएको मितिले ३५ दिनभित्र नालेश गर्न आएको छु कमलादेवी स्वर्गवास भएकोले लिखत बमोजिमको जग्गा निखनाई पाउँ भन्ने समेत केदार सातेलीको फिराद । ३. थैली बुझाउन ल्याएको थिएन । बुझी लिनु पर्ने पनि होइन । जग्गा बिक्री गर्दा बाबु जगन्नाथ शाह रोहवरमा थिए । भिन्न भएको कुराको लिखत सबूत पेश गर्न सकेको छैन । सगोल सरह रहेनेलाई ३५ दिनभित्र उजूर गर्नुपर्ने लेनदेन व्यवहारको ११ नं. ले प्रष्ट छ । वादी लेखाइबाट ६ महिना नाघेको ३५ दिनमा म्याद नघाई थैली धरौट राखेको छ । फिराद दावाको विषयमा १ पटक मुद्दा दायर गरीसकेपछि उही मुद्दामा अर्को दोहरो दावा गर्न नपाउने बन्देज अ.बं. ८५ नं. ले गरेको छ । सक्षम अदालतमा मुद्दा दायर गरी सो अदालतबाट खारेज गरिएको भन्ने देखिएपछि यो दोस्रो नालेश भन्ने प्रष्ट हुनआएको छ । मध्यमान्चल क्षेत्रीय अदालतबाट निर्णय दिइँदा नालेश दिन जानुभनी सुनाएकोछैन । अदालत बाट भ्रम पार्ने व्यहोराबाट फेरि यो दावा म्याद नाघी परेको हुनाले खारेज गरिपाउँ भन्ने समेत राम बहादुर प्रधानको प्रतिउत्तरपत्र । ४. ०२९।१०।१३ गते रजिष्ट्रेशन पारित भएको कि.नं. १४७ को ज.वि. ४–०–० वादी दावी अनुसार निखनाई पाउने ठहर्छ भन्ने समेत पर्सा जिल्ला अदालतको फैसला । ५. संविधान ऐन कानुन विपरीत कुनै कुराको विचार नभई शुरूबाट भएको इन्साफमा चित्त बुझेन इन्साफ उल्टाई पाउँ भन्ने समेत प्रतिवादी राम बहादुरको पुनरावेदन । ६. शुरू दर्खास्त दिँदा