निर्णय नं. २२२९ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२२९ - अंश भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/०९ २२४९ निर्णय नं. २२२९ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको दे.पु.नं. ६९८ मुद्दा : अंश पुनरावेदक/प्रतिवादी: बाँके कञ्चनपुर गा.पं. वार्ड नं. ८ बस्ने खड्ग बहादुर बली क्षेत्री समेत ऐ.ऐ बस्ने जङ्ग बहादुर वली क्षेत्री विरूद्ध विपक्षी/वादी: ऐ.ऐ. बस्ने कुल बहादुर बली क्षेत्री आदेश भएको मिति: २०४२।१।९।१ मा वादी प्रतिवादीहरू बीच अंश भइसकेको भन्ने देखिन आएको हुनाले समेत प्रतिवादीहरूबाट अंश पाउँ भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १४) पुनरावेदकतर्फबाट: विद्वान व.अ. श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारी प्रसाद सिंह उल्लेखित मुद्दाःX फैसला न्या.धनेन्द्र बहादुर सिंहः मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चका आदेशानुसार र पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. मूल पुर्खा जयरामको ६ छोरा स्व.कालु १, साविर १, डिल्लीराम १, पदम १, म वादी कूलबहादुर १, टेक बहादुर १ समेत ६ भाइ हो । कालु, साविर, पदम, टेक बहादुर अघि नै बाबुको पालामा छुट्टी भिन्न भएको डिल्लीराम र म वादी सगोलमा बसी आएको हाम्रो अंशबण्डा भएको छैन । सगोलमा सम्पूर्ण सम्पत्ति डिल्लीरामको छोरा प्र.खड्ग बहादुर र जङ्गबहादुरको नाउँमा दर्ता छ । दुवै प्र.हरू मिली सगोल सम्पत्ति बिक्री गर्न आँटेकोले अंश छुट्याई दिनुस् भन्दा नदिई केही जग्गा बिक्री गरेकोले २ भागको १ भाग अंश दिलाई चलन चलाई पाउँ भन्ने समेत कूलबहादुरको फिराद । ३. वादी झुठ्ठा हो । बाजेकै पालादेखि यी वादी समेत ६ भाइहरू हामी प्र.का बाबु डिल्लीराम समेतले अंश लिई छुट्टिई भिन्न बसेको हुन् अंश दिनुपर्ने होइन । हामी प्र.हरूले बाबु डिल्लीरामसँग अंश लिई छुट्टी भिन्न भएका छौं । बाबुको अंश भाग सत्यान कुलाकांडाकोट गा.पं. वार्ड नं. ८ पोखराको घर जग्गा कान्छी आमा र भाइ खुमराजले खाई सोही ठाउँमा बसेका छन् भन्ने समेत खड्ग बहादुर बली समेतको प्रतिउत्तर । ४. डिल्लीराम र म सगोलमा बसी आएको केही जग्गा बिक्री गरी पहाड घरबाट कञ्चनपुरमा आई सगोल बाट जग्गा खरिद गरी आधी आधी जग्गा भोगचलन गरिआएका छौं भन्ने कुल बहादुर वलीको कागज । ५. बाबु डिल्लीराम जीवित छँदै वादी कुल बहादुरको बाबु जयरामकै पालामा छुट्टी भिन्न भएको म नाबालक छँदा बाबु बाजेले कुन शर्तमा अंशबण्डा गरे मलाई थाहा छैन, लिखत खडा गरी अंशबण्डा गरेको छैन, अंशबण्डाको कुनै प्रमाण छैन, ०३० सालमा विनौनामा आई अलग–अलग जग्गा खरिद गरेका हौं वादीले आफ्नो जग्गा रजिष्ट्रेशन पास गराउन नसकी कपालीमा दावा गरेका छन्, अंश दिनुपर्ने होइन भन्ने समेत खड्ग बहादुर वलीको कागज । ६. कुल बहादुरले मबाट ०३४ सालमा जग्गा खरिद गरी घरसारमा भएको राजीनामा पास गराउन नसकी कपाली भएको प्र.खड्ग बहादुरले मबाट ०३४ सालमा छुट्टै जग्गा खरिद गरी राजीनामा पारित गराई लिएको जग्गा प्र.को भोगचलनमा छ वादी प्रतिवादी सगोलमा नभई भिन्न भिन्न बसेका छन् भन्ने समेत गोविन्द थारूको बयान । ७. वादी प्रतिवादीले आ–आफ्नो व्यवहार आ–आफूले अलग–अलग गरिआएको देखिएको सबूत प्रमाणको अभावमा वादीले अंश पाउनु पर्छ