निर्णय नं. २२३० - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२३० - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/११ २१५७ निर्णय नं. २२३० ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् ०४१ सालको रिट नम्बर २१५२ विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ निवेदक :जिल्ला मोरङ्ग कटहरी गा.पं.वार्ड नं. ५ बस्ने रामचन्द्र सिंह कोइरी विरूद्ध विपक्षी : भूमि सुधार कार्यालय मोरङ्गका भूमि सुधार अधिकारी जि.मोरङ कटहरी गा.पं. वार्ड नं. ५ बस्ने शिव शरण राजवंशी आदेश भएको मिति:२०४२।१।११।३ मा निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री जयकान्त लाल दास बिपक्षी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX मोही लगत दर्ता कितावमा सच्याई मोहीले मोही लगत कट्टा भएको सूचना प्राप्त नगरेसम्मलाई मोहीले जग्गा छोडेको मान्न मिल्ने देखिँदैन । (प्रकरण नं. ९) आदेश न्या.धनेन्द्र बहादुर सिंहः भू.सु.अधिकारी भू.सु.का. मोरङ्गको मिति ०४०।११।२२ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. म रामचन्द्र सिंहले वृजलाल राजवंशीबाट निजका नाउँमा दर्ता जि.मोरङ्ग कटहरी गा.पं. वार्ड नं. ५(ख) कि.नं. ३७३ मध्ये ३–४–१५ धुर जग्गा खरिद गरेको हाल कि.नं. ३९६ मा कायम हुन आएको छ । ऐबाट ऐ. सँग म रामचन्द्र सिंह र मेरो एकासगोलको भाइ रामस्वरूप सिंहको संयुक्त नाममा १–१५–० र ०–५–० गरी दुई पटक खरिद गर्दा १–१५–० हाल कि.नं. ३९३ मा र ०–५–० हाल कि.नं. ३९५ मा कित्ताकाट भएको उल्लिखित साविक कि.नं. ३७३ को जग्गामा विपक्षी शिवचरण राजवंशी ऐनको दफा २५(१) अन्तर्गतको मोही हुनुभएकोमा साविक जग्गाधनीकै स्वामित्व कायम रहेको अवस्थामा नै मिति ०२७।४।८ मा जग्गा जोत्न नसक्ने असमर्थता देखाई कटहरी गा.पं. मा निवेदन दिनु भयो । ०२७ सालको बाली देखि जग्गा मोहीको हैसियतले छाड्नु भएको थियो पछि कि.नं. ३९३।३९५।३९६ को जग्गाहरू मैले खरिद गरी लिएपछि पुनः प्रतिरक्षीले मिति ०३०।११।१४ का दिन गा.पं. का कटहरीमा मोही जग्गाधनीलाई सुपुर्द गराई पाउँ भनी निवेदन दिनु भयो । त्यसपछि मोही लगत कट्टा गरिपाउँ भनी मिति ०३०।९।१६ मा मेरो र प्रतिरक्षीको संयुक्त निवेदन भू.सु.का. मोरङ्गमा परेको थियो । यसरी प्रतिरक्षीले जग्गा जोत्न छोड्नु भएको र खरिद गरेपछि मेरो जग्गा म आफैं जोती आएकोमा प्रतिरक्षी मोहीले मोहियानी हकको प्रमाणपत्र पाउँ भनी अधिकारीज्यू समक्ष मिति ०४०।७।२७ मा निवेदन दिनुभयो । मेरा नाउँमा म्याद जारी हुँदा मैले ०४०।१०।२३ को प्रतिउत्तरमा प्रतिरक्षी मोहीले ०२७ सालदेखि नै जग्गा जोत्न छाडी दिएको र सो सन्दर्भमा यस कार्यालय समेतमा निवेदन दिएको तथा स्थानीय गा.पं.मा समेत पटक–पटक सो जग्गा जग्गाधनीलाई जिम्मा लगाई पाउँ भनी निवेदन दिनुको साथै मिति ०४०।१०।१०।३ का दिन गा.पं. कटहरीमा कागज समेत गरिदिएको व्यहोराको प्रतिवाद गरेको थिएँ । यसरी मोहीका मोही छाडेको निवेदन पर्दा पर्दै पनि मोहियानी हकको प्रमाणपत्र बनाई दिने भनी मिति ०४०।११।२२।२ मा श्री भूमि सुधार अधिकारीज्यूले निर्णय गर्नुभयो । ३. प्रतिरक्षी मोहीले साविक जग्गाधनीका पाला ०२७।४।८ देखि कमाउनै छाडी मैले खरिद गरी लिएपछि पनि मिति ०२७।११।१४ मा जग्गा जोत्न नसक्ने भनी गा.पं. मा निवेदन दिनु भएको र मिति ०३०।९।१६ मा तत्कालीन भू.सु.का. मोरङमा जग्गा