निर्णय नं. ५०३७ - गुठीबाट हटक गरी लिखत बदर गरी पाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०३७ - गुठीबाट हटक गरी लिखत बदर गरी पाउं भाग: ३७ साल: २०५२ महिना: बैशाख अंक: १ फैसला मिति :२०५१/०३/१४ २४९८ निर्णय नं. ५०३७ ने.का.प. २०५२ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४८ सालको दे.पु.नं. ३७५ फैसला मिति : २०५१।३।१४।३ मुद्दा : गुठीबाट हटक गरी लिखत बदर गरी पाउं । पुनरावेदक/प्रतिवादी: का.जि.का.न.पं. वडा नं. २६ जमलटोल बस्ने भाजुवीर सिंहको मु.स.गर्ने अशोकवीर सिंह । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ. वडा नं. १६ न्हकैन्तला बस्ने स्वयम्भुरत्न तुलाधर सबैको सामुहिक हक लाग्ने गुठीको जग्गामा गुठीयार मध्येका कुनै कसैले रैकर परिणत दर्ता गराएको छ भन्ने आधारमा अरु गुठियारको हक जान्छ भन्न नमिल्ने । (प्रकरण नं. १७) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री पिताम्बर सिल्वाल श्री शम्भु थापा विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर अवलम्बित नजीरःX फैसला न्या.केशवप्रसाद उपाध्यायः मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख)(ग) तथा दफा १३(७) बमोजिम अनुमति प्राप्त भई यस अदालतमा पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :– २. दानपत्र बमोजिम का.जि.ज्ञानेश्वरको पसलको हिजा खुशी खेत रोपनी ८ को उब्जनी मध्ये अधियाँ गर्ने अधियाँपोत तिरी बाँकीको भोज खानु भनी ११ जना गुठीयारको नाउँमा उल्लेख गरी मोठ १९५२ श्रावण सुदी १२ रोज ३ मा लगत नं. १०१ को असनटोल ६७ नं. को पोतामा गुठी जनी दरियाको सामुहिक गुठी जग्गा हो । त्यसको वाद गुठी बाँडफाँड हुँदा सो खेतको आयस्ताबाट समेत पुजा पालैपालोसँग चलाउने भनी विपक्षीको बाबु कूल सुन्दर समेत आगे भई १९७६।३।५।५ मा पुनः गुठी बन्देज गरे भएको उक्त जग्गा बत्तिसपुतली गा.पं. वडा नं. ५(क) को कि.नं. २, ३ र ४ बाट जग्गा ७–११–३ भई जग्गा धनीमा गुठीयार मध्येको थकाली महलमा रत्न काजी न्हेकन्तला भनी अंकित भई नापी भएको थियो । तर पछि अरु गुठीयारलाई थाहा पत्ता नदिई आफ्नो नाउँमा दर्ता गराएको रहेछ । पछि सो दर्तावाला गुठीयार मरी निजका सन्तान नभएकाले हालमा रत्न तुलाधर विपक्षी भाजुविर सिंह समेतका व्यक्तिहरु गुठीयार छन् । निज विपक्षीले त्यस्तो सामूहिक गुठी जग्गालाई एकलौटी भनी दर्ता गराई सो जग्गा का.न.पं. वडा नं. २३(ञ) को कि.नं. ६४, ६५ , ७५, ७७ र ११२ नं. को जग्गासँग सट्टापट्टाको कागज खडा गरी उक्त गुठी जग्गा विभिन्न व्यक्तिलाई बकसपत्र र बिक्री समेत गरेको रहेछ सो बिक्री र बकस गरी दिएतर्फ छुट्टै नालेश गर्नेछु । माथि उल्लेख गरिसकेको गुठी बन्देज कागज तथा विपक्षी समेतले गरी दिएको १९८४।१०।१४ को कबुलियतमा उल्लेख गरिएको सामुहिक गुठी जग्गलाई गुठी होइन भनी सट्टापट्टा गरी धर्मलोप गरेकोले मुलुकी ऐन गुठीको महलको दफा ३ अनुसार निज विपक्षीले उक्त जग्गा आफ्नो नाउँमा दर्ता गरेको भू.प्र.का. काठमाडौंको उपरोक्त दर्ता बदर गर्नुका साथै विपक्षीको नाउँमा र गुठीको नाउँमा सट्टापट्टा गर्ने गरेको नं. ३२, ४५।१२४६ को मिति २०३०।१०।१४ को सट्टापट्टा कागज बदर गरी गुठी धर्मलोप गरेमा निज विपक्षीलाई गुठी बाट समेत हटक गरी पाउँ भन्ने समेत हल्मारत्न तुलाधरको फिराद । ३. मिति २०३२।१।१७ गते बाबु भाजुविर परलोक भइसकेको उपर फिराद दायर हुन नसक्ने वादीले फिरादमा गुठीयार मरीसकेका भनेका छन् । गुठीयार भए हकदैया भएकाहरुले म्यादभित्र उजुर गरेमा मात्र कारवाही हुने हुँदा अ.बं. ८