निर्णय नं. २२३१ - उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२३१ - उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/११ २०३१ निर्णय नं. २२३१ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् ०४१ सालको रिट नं.२१५३ विषय : उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक :जि.मोरङ्ग कटहरी गा.पं.वार्ड नं. ५ बस्ने रामचन्द्र सिंह चौधरी विरूद्ध विपक्षी :भूमि सुधार अधिकारी भूमि सुधार कार्यालय मोरङ जि.मोरङ कटहरी गा.पं.वा.नं.५ बस्ने शीव चरण राजवंशी, आदेश भएको मिति: २०४२।१।११।३ मा विलम्ब गरी पर्न आएको रिट निवेदनबाट निवेदकको माग अनुसारको आदेश जारी गर्न मिलेन। (प्रकरण नं.११) निवेदक तर्फबाटःविद्वान अधिवक्ता श्री जयकान्त लाल दास विपक्षी तर्फबाटःविद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार कार्यालय मोरङ्गको मिति ०३९।१२।६ को तामेली आदेश बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. म रामचन्द्र सिंहले बृजलाल राजवंशीबाट निजका नाउँमा दर्ताको जि.मोरङ कटहरी गा.पं. वार्ड नं. ५ (ख) कि.नं. ३७३ मध्ये ३–४–१५ खरिद गरेको हाल कित्ताकाट भई कि.नं. ३९३/३९५/ ३९६ कायम भएको जग्गा म स्वयं जोती आएको छु । उल्लिखित कि.नं. ३७३ जग्गामा प्रतिरक्षी शिवचरण राजवंशी भू.सं. ऐनको दफा २५(१) अन्तर्गतको मोही हुनुहुन्थ्यो साविक जग्गाधनीको स्वामित्व कायम रहेको अवस्थामा नै मिति ०२७।४।८ का दिन जग्गा जोत्न नसक्ने असमर्थता देखाई कटहरी गा.पं. मा निवेदन दिनु भयो र २०२७ सालको बाली देखि जग्गा मोहीको हैसियतले छोड्नु भएको थियो । पछि मैले कि.नं. ३९३/३९५/३९६ का जग्गाहरू खरिद गरी लिएपछि पनि पुनः प्रतिरक्षीले मिति ०३०।११।१४ का दिन गा.पं.का. कटहरीमा मोही जग्गाधनीलाई सपुर्द गराई पाउँ भनी निवेदन दिनुभयो, त्यसपछि मोही लगत कट्टा गरिपाउँ भनी म र प्रतिरक्षी समेतको भू.सु.का. मोरड्डमा संयुक्त रुपमा मिति ०३०।९।१६ मा निवेदन परेकोमा हामीलाई तारेखमा राखिएन र कुनै कारवाही नै नगरी मिति ०३९।१२।६ का दिन निवेदन तामेली राख्ने भन्ने भूमि सुधार कार्यालयबाट टिप्पणी सदर गरी तामेली राख्ने आदेश गरियो । ३. त्यसरी तामेली राख्ने आदेश गर्दा निवेदकको सनाखत नभएकोले सनाखत बिना कारवाही गर्न नमिल्ने भनी टिप्पणी उठेकोलाई सदर गरिएको छ । अड्डा अदालतमा स्वयं उपस्थित भई परेको निवेदनमा सनाखत गराउनुपर्ने कानुनी व्यवस्था भएको पाइँदैन । निवेदनमा सनाखत गराउनु पर्ने भए म्याद काटी झिकाई सनाखत गराई निर्णयनिरोपण गर्नुपर्नेमा तामेली राख्ने गरेको त्रुटिपूर्ण छ । मैले यसै लगतको मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने मुद्दामा प्रतिवाद गर्दा यस निवेदन पत्रलाई समेत प्रमाणमा लगाई पाउँ भनी मूल जिकिर लिएको थिएँ, सो समयमा सनाखत गराइएन सनाखत गराइपाउँ भन्ने निवेदन दिएको पनि लिइएन । प्रतिरक्षी मोहीले ०२७ सालदेखि जग्गा जोत्नछाड्नु भएको कुरा सहमति जनाई कागज गर्नुभएको छ । यस्तोमा मोही लगत कट्टा गर्नुपर्ने विवादमा मोही लगत कट्टा नगरी मोही हकको प्रमाणपत्र प्रदान गरिएको पूर्णतया अ.बं. १८४/१८५/१८९ को त्रुटि भएको छ । सनाखत नगरेमा तामेलीमा राख्ने कुनै ऐन छैन कानुनी व्यवस्थाको अभावमा स्वेच्छिक तवरले तामेलीमा राख्नेगरेको भू.सु.का.को टिप्पणीसदरबाट म