निर्णय नं. २२३२ - उत्प्रेषण लगायत आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२३२ - उत्प्रेषण लगायत आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/१२/२६ २१०१ निर्णय नं. २२३२ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रिट नं. १२०० विषय : उत्प्रेषण लगायत आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ । निवेदक :का.जि.का.न.पं. वडा नं.२९ ठमेल बस्ने त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ना.सु.शङ्करबहादुर बस्नेत विरूद्ध विपक्षी :सचिव श्री ५ को सरकार अर्थ मन्त्रालय श्री ५ को सरकार भन्सार विभाग त्रिभुवन विमानस्थल भन्सार कार्यालय आदेश भएको मिति: २०४१।१२।२६।२ मा नियमले तोकिएको अधिकारी अख्तियारवाला विभागीय प्रमुख भन्सार विभागका महानिर्देशकले रिट निवेदकलाई आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेको भन्ने अभियोगमा नि.से.नि. ०२१ को नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाएको र त्यस उपर पुनरावेदन पर्दा सोही निर्णय सदर गरी अर्थ मन्त्रालयबाट निर्णय गरेकोलाई अनधिकृत निर्णय गरेको भन्न नसकिने । (प्रकरण नं.१०) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री भैरव प्रसाद लंसाल उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः भन्सार विभागको २०३९।२।२६ को र सोही निर्णय कायम राखी अर्थ मन्त्रालयबाट भएको निर्णय समेत बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत परेको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छ : २. म निवेदकलाई २०३९।२।२६ को निर्णय अनुसार नि.से.नि. परिच्छेद १० को दफा १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी आजैका मितिदेखि तपाईलाई नोकरीबाट हटाइएको व्यहोरा सूचित गरिन्छ भन्ने विपक्षी विभागको ०३९।२।२६ को पत्र पाई सो उपर विपक्षी मन्त्रालयमा ०३९।२।२७ मा पुनरावेदन गरेकोमा मलाई पठाएको ०४१।२।२६ को पत्रमा पूर्वपत्रको प्रतिलिपि भनी पठाएको पत्रबाट विभागको निर्णय कायम राखी निर्णय भएको हुँदा निवेदन गर्न आएको छु । ३. निवेदक राजपत्रअनंकित मूल अड्डा प्रमुखको कार्यालयको निजामती कर्मचारी भन्ने प्रष्ट छ । नि.से.नि. ०२१ को परिच्छेद १० को नियम १०.२(२)(ख) अनुसार मेरो उपर सजायँ दिने अधिकारी मूल अडडा प्रमुख त्रि.वि.भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हुनुहुन्छ । मेरो विरूद्ध कारवाई गर्ने अवस्थामा मिति ०३९।१।२ मा प्रमुख भन्सार अधिकृतबाट नि.से.नि. ०२१ को नियम ९ र १०.१० बमोजिम स्पष्टीकरण माग गरेकोमा स्पष्टीकरण पेश गरेको छु । ०३९।२।२ देखि सस्पेण्ड गरिएको पत्र प्रमुख भन्सार अधिकृतबाट दिइएको थियो उपरोक्त बमोजिम विभागीय कारवाही गरी सकेपछि मलाई विपक्षी भन्सार विभागबाट नि.से.नि. परिच्छेद १० नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरी निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने भन्ने ०३९।२।२६ मा निर्णय गरेको मिलेको छैन । भन्सार विभाग विभागीय प्रमुख अन्तर्गतको कार्यालय हुँदा मेरो विषयमा निर्णय गर्न अनधिकृत छ । मेरो विरूद्ध तथाकथित अभियोग लगाएको प्रष्ट छ । विपक्षी विभाग निर्णय गर्ने अधिकारी होइन । यदि निर्णय गर्ने अधिकारी मानेका खण्डमा पनि विपक्षी विभागले नि.से.नि. परिच्छेद १० को दफा १०.९ र १०.१० बमोजिम स्पष्टीकरण माग गरेको छैन । निर्णय प्रष्ट रूपमा त्रुटिपूर्ण छ । विपक्षी मन्त्रालयबाट त्रुटिपूर्ण निर्णयलाई समर्थन गरेको छ । अतः विपक्षीहरूको