निर्णय नं. ५०३८ - निषेधाज्ञा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०३८ - निषेधाज्ञा भाग: ३७ साल: २०५२ महिना: बैशाख अंक: १ फैसला मिति :२०५१/१२/२० २३९२ निर्णय नं. ५०३८ ने.का.प. २०५२ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०५० सालको दे.पु.नं. १३७८ फैसला मिति : २०५१।१२।२०।२ विषय : निषेधाज्ञा । पुनरावेदक/प्रतिवादी: का.जि.का.न.पा. वडा नं. २० बस्ने चन्द्रमान महर्जन । विरुद्ध प्रत्यर्थी/वादी: ऐ.ऐ. वडा नं. १३ बस्ने नारायण महर्जन । सर्वोच्च अदालतको मिति ०४७।५।१३ को फैसला बमोजिम कसैको हक नछुट्याई रहेको सम्पत्तिमा आफ्नो पनि हक रहे पनि फैसला कार्यान्वयनमा समेत बाधा अडचन हुने गरी कुनै कार्य गरिन्छ भने त्यस्तो कार्य गर्न नदिन, यथास्थिति कायम राखी कानुनी बाटो अनुसरण गराउनु निषेधाज्ञाको मुख्य उद्देश्य हुने । (प्रकरण नं. ८) निषेधाज्ञाको आदेशले हक बेहक गराउने र यसबाट कसैको हकको सृजना नहुने । (प्रकरण नं. ८) फैसला न्या.केशवप्रसाद उपाध्यायः पुनरावेदन अदालत पाटनको आदेश उपर पर्न आएको प्रस्तुत पुनरावेदन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्रको भएकोले उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :– २. म निवेदक र प्रत्यर्थीहरु समेत जना ५ को नाउँमा संयुक्त दर्ता रहेको का.जि. डाँडापैवा गा.वि.स. वडा नं. ५ (क) कि.नं. ६७ ऐ. स्युचाटार गा.वि.स. वडा नं. १ कि.नं. ३७, ऐ. चनीखेल गा.वि.स. वडा नं. ९(ख) कि.नं. ३६, ऐ. टंकेश्वर गा.वि.स. वडा नं. ७(ग) कि.नं.४४ जग्गाहरुबाट मेरो भाग ५ भागको एक भाग छुट्याई पाउँ भनी घर जग्गा छुट्याई पाउँ भनने मुद्दा काठमाडौं जिल्ला अदालतमा २०४४ साल श्रावणमा फिराद दायर गरेकोमा ५ भागको १ भाग मैले पाउने गरी फैसला भएको उक्त फैसलालाई वा.अं.अ.बाट सदर गरी म.क्षे.अ.बाट विपक्षीहरुलाई अनुमति नदिई सर्वोच्च अदालतबाट विपक्षीको पुनरावेदन सुनी मैले उक्त कित्ता जग्गाहरुबाट ६ भागको १ भाग मात्र पाउने गरी ०४७।५।१३।४ मा फैसला भएको थियो, फैसला कार्यान्वयन भएको छैन, उक्त फैसलामा मलाई चित्त नबुझी मुद्दा दोहोर्याई पाउँ भनी निवेदन हाली मेरा वारेस तारेखमा बसी रहेका छन्, उक्त कि.नं. ४४ जग्गा म समेतको भाग लाग्ने हो, सर्वोच्च अदालतको फैसलाबाट पनि म समेतको हक लाग्ने भन्ने निर्णय भै सकेको छ, उक्त निर्णयको कार्यान्वयन गर्न र मेरो भाग लिन बाँकी नै रहेको स्थितिमा उक्त कि.नं. ४४ को जग्गामा प्रत्यर्थीहरुले घर बनाउन पाउने नै होइन, तर घर निर्माण गर्न भनी इटा बालुवा समेत ल्याई थुपारेको हुँदा नागरिक अधिकार ऐन, २०१२ को दफा ६ (छ) र ९ द्वारा प्रदत्त मेरे हक अधिकारमा आघात पर्ने किसिमबाट मेरो समेत हक लाग्ने कि.नं. ४४ को क्षे.फ. १।२।० जग्गामा निजहरुबाट घर बनाउने कार्य गर्ने पूर्ण रुपमा आशंका भएकोले उक्त जग्गामा घर बनाउने कार्य नगर्नु नगराउनु भन्ने समेतको अन्तरिम आदेश समेतको निषेधाज्ञा प्रत्यर्थीहरुको नाउँमा नागरिक अधिकार ऐन, २०१२ को दफा १७(२) बमोजिम जारी गरी पाउँ भन्ने समेत व्यहोराको नारायण महर्जनको पुनरावेदन अदालत पाटनमा परेको निवेदन । ३. फैसला बमोजिम का.जि. टंकेश्वर वडा नं. ७(ग) कि.नं. ४४ को क्षे.फ. १।२।०।०। जग्गा पनि आधा जेठा बुबा झ्यापु महर्जन को हक खाने विपक्षी समेत ३ जनालाई र आधा भाइ महर्जनको हक खाने म र मेरो भाइ सानु महर्जनलाई पर्ने हुन्छ । जस अनुसार उक्त जग्गाबाट विपक्षीलाई ०।३।०।० मात्र पर्दछ भने मेरो भागमा ०।४।२।० पर्दछ, मैले ०४९।१०।२ देखि निर्माण कार्य शुरु गरेर उ