निर्णय नं. २२३३ - उत्प्रेषण, परमादेश मिश्रित उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२३३ - उत्प्रेषण, परमादेश मिश्रित उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/३० १९९७ निर्णय नं. २२३३ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको रिट नम्बर २१६८ विषय : उत्प्रेषण, परमादेश मिश्रित उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक : जिल्ला काठमाडौं भद्रवास गा.पं. वार्ड नं.७ हाल ३ बस्ने डिल्ली प्रसाद ढुङ्गाना विरूद्ध विपक्षी : भूमि सुधार कार्यालय काठमाडौं का.जि. भद्रवास गा.पं. वार्ड नं. ७ हाल ३ बस्ने मथुरादेवी ढुङ्गाना आदेश भएको मिति: २०४२।१।३०।१ मा कानुन बमोजिम स्थानीय पञ्चायतमा एकप्रति कबुलियत दाखिल नभएको र रीतपूर्वकको अभावमा रिट निवेदकको दावी खारेज गर्ने गरेको भू.सु.का. काठमाडौंको निर्णय त्रुटिपूर्ण छ भन्न नमिल्ने । (प्रकरण नं.१४) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री लक्ष्मण प्रसाद अर्याल विपक्षी तर्फबाट: विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट तथा विद्वान व.अ. श्री मुकुन्द रेग्मी उल्लिखित मुद्दा: निवेदक अवध विहारी दास विपक्षी भूमिप्रशासन शाखा बारा समेत भएको ०३४ सालको रिट नं. ७१९ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति २०३४।११।११ मा निर्णय आदेश न्या.धनेन्द्र बहादुर सिंहःभूमि सुधार कार्यालय काठमाडौंको मिति ०४०।१०।१५ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ : २. म डिल्लीप्रसादले भद्रवास गा.पं. को रोहवरमा ऐ. पं. वडा नं. ३ को कि.नं. ३०, ५६, ८१, ८४, १०५, १११ र वडा नं. ४ को कि.नं. १६६ वडा नं. ६ को १२४ समेत ८ कित्ता जग्गा २०३०।१।९ मा कबुलियत गरी लिई कमाई आएको ०३५ सालको बाली ज.ध.ले नबुझ्दा धरौट राख्दै आएको जग्गाको जोत कायम गरिपाउँ भनी निवेदन पर्दा विपक्षीले कबुलियत गर्दा जग्गा मेरो हकमा नभएको नामसारी गर्न भनी ल्याएको लिफामा सही गराएको थियो । केही जग्गा अरूलाई छोडपत्र गरिदिएको कि.नं. १६६ को १ कित्तामा बोधनाथ मोही भएको भन्ने समेतको प्रतिवाद गरेपछि जेठाजु नाता पर्ने व्यक्ति घरबास समेतको जग्गालाई मोहीमा जोतेको भन्न नमिल्ने भन्ने लगायतका आधारमा ०३८।२।३० मा विपक्षी भू.सु.का.ले गरेको निर्णय उपर सर्वोच्च अदालतमा रिट निवेदन पर्दा पक्ष विपक्षीको बीचमा रीतपूर्वकको कबुलियत भएको छ र त्यसको कानुनी अस्तित्व शून्य भएको छैन भने त्यो लिखतले कानुनी मान्यता पाउने प्रष्ट छ भन्ने समेत उल्लेख गरी ०३९।२।१७ मा सर्वोच्च अदालतडि.बे.बाट भू.सु.का.को निर्णय बदर गरी घरबारीमा दावा नगर्ने गरी निवेदकले बयान समेत गरेको देखिँदा कानुन बमोजिम निर्णय गर्नु भनी परमादेश जारी भई भू.सु.का. मा गएको । ३. त्यसरी निर्णयको लागि गएपछि भू.सु.का.ले ०३९।१२।११ मा ०३०।१।१९ को कबुलियत सुनाउँदा का.जि.अ.मा यो कबुलियत जालसाजी हो भनी बयान गरेको छु । छुट्टै उजूर गरेको छैन । लिफामा जालसाजी खडा गरेको हुँदा एकप्रति गा.पं.मा दाखिल नभएको ०३५ सालमा मात्र मेरो नाउँमा नामसारी भई जग्गाधनी भएको हुँदा मैले कबुलियत गरिदिने अवस्था नभएको भन्ने समेत बयान गरेपछि ०४०।१०।१५ मा २०३० सालदेखि ०३५।८।६ सम्मको बाली बुझाएको रसिद पेश गर्न नसकेको सो अवधिमा जग्गाधनी अरू नै भएको ०३५।८।७ मा मात्र नामसारी भएको देखिँदा आफ्नो हकमा नै नहुँदा गरेको कबुलियत र गा.पं. मा प्रतिलिपि दाखिल नभएको हुँदा वादी दावी खारेज हुने ठहर