निर्णय नं. २२३४ - लिखित पास

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२३४ - लिखित पास भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/१२/०४ १९७५ निर्णय नं. २२३४ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको डि.दे.पु.नं. ४१४ मुद्दा : लिखित पास पुनरावेदक/प्रतिवादी: ल.पु.जि.दमैटार बस्ने टिका कुमारी थपेनी ऐ.ऐ बस्ने कासिराम थापा विरूद्ध विपक्षी/वादी: ल.पु.जि.गा.पं.वा.नं.८ दमैटार बस्ने गोविन्द बहादुरको मु.स. गर्ने कनक कुमारी थपेनी फैसला भएको मिति: २०४१।१२।४ मा एकै लगाउको मुद्दा फरक–फरक अदालतबाट हेराउने गरेको कानुनसंगत नहुनुका साथै लिखत जालसाजी वा सद्दे के हो त्यसतर्फ शुरू जि.अ.बाट नबोले तापनि अ.बं. २०९ नं. अनुसार बागमती अञ्चल अदालतबाट ठहर निर्णय हुन बाधा नपर्ने । (प्रकरण नं.१३) पुनरावेदक प्रतिवादी तर्फबाट: विद्वान व.अ. श्री लक्ष्मण प्रसाद अर्याल विपक्षी वादी तर्फबाट: विद्वान अधिवक्ता श्री प्रेम बहादुर खड्का उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंहः मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर चित नबुझी पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको यस अदालतमा निवेदन पर्दा पुनरावेदनको अनुमति प्राप्त गरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ : २. पवित्र कुमारी क्षेत्रिनीको नाउँमा गो.गा.ठेव ५६ नं.काबाट ३८८ नं.को ठेव वुखेल ३० को ल.गोदामचौर गा.पं.वा.नं. ८(क) कि.नं. १०६ को पाखो ०–१३–० कि.नं. १० को खेत दोयम ०–८–० कि.नं. ११० खेत दोयम १–४–३ समेत जम्मा रोपनी २–९–३ जग्गा निजको नाउँमा दर्ता भएकोमा रु. ७००१। बाट कर्जा लिई सो २०२९।११।१ मा घरसारमा राजीनामा गरिदिएको असामी आफ्नो कालगतीले २०३०।५।१६ मा परलोक भएकोले निजको छोराको नालिश गर्न आएको छु । पास गराई पाउँ भन्ने वादी । ३. निज देउरानी एक्लै मानिसले वादीसँग रुपैयाँ लिएको होइन लिनुपर्ने कारण समेत नभएको जग्गा हक टेक बहादुरबाट मर्ने पवित्र कुमारीको नाउँमा दर्ता गराएकोमा फाँटवाला मननाथ उपर कारवाही चली भू.सु.का. मा दायर छ । जालसाजी दर्ता गराएको नालेश खारेज गरिपाउँ भन्ने समेतको जना २ को प्रतिउत्तरपत्र । ४. लिखत जालसाजी हो भन्ने समेतको चन्द्र बहादुरको र जालसाजी होइन सद्दे साँचो लिखत हो भन्ने समेतको हरि बहादुरको बयान । ५. वादी दावीको लिखत पास हुन नसक्ने देखिन्छ । अरू लिखत पास हुन नसक्ने स्थिति भएकोले अन्य कानुनी प्रश्नतर्फ विचार गर्दा देवानीबाट उठेको फौजदारी अ.बं. १०० नं. बमोजिम उठेको जालसाजी वा अन्य बुँदातर्फ विचार गरी रहनु पर्ने ठहर्दैन भन्ने समेतको शुरू ल.पु.जि.अ.को फैसला । ६. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादीले अञ्चल अदालतमा दिएको पुनरावेदन । ७. वादीको वारेसले लिखत जालसाजी होइन सद्दे लिखत हो भनी बयान गरेकोले सो अनुसार जालसाजीको दावीतर्फ पनि अदालतले ठहर गर्नुपर्ने शुरूले त्यसतर्फ विचार गरी रहनु नपर्ने भनी उल्लेख गरेको फैसला कानुन अनुरूप नहुँदा बदर गरिदिएको छ । जालसाजीतर्फ समेत जो जे गर्नु पर्छ भनी पक्ष विपक्षलाई तारेख तोकी शुरू जिल्ला अदालतमा पठाउनु भन्ने समेत बा.अं.अ.को फैसला । ८. उक्त फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी प्र.टिका कुमारी समेतले मध्यमान्चल क्षेत्रीय अदालतमा दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भएको । ९. शुरू जिल्ला अदालतमा पठाउने गरी गरेको बा.अं.अ.को फैसला मनासिव ठहर्छ भन्ने समेत व्यहोराको मध्यमान्चल क्षेत्रीय अ