निर्णय नं. ४७५१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७५१ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: असोज अंक: ६ फैसला मिति :२०५०/०१/०१ ४००९ निर्णय नं. ४७५१ ने.का.प. २०५० (ख) अङ्क ६ विशेष इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत २०४९ सालको रिट नम्बर २३०९ आदेश मिति: २०५०।१।१।५ रिट निवेदक: त्रिभुवन विमानस्थल भंसार कार्यालय काठमाडौंको ना.सु. पदमा कार्यरत केशव बहादुर थापा । : ऐ. ऐ. मा काम गर्ने धु्रव बहादुर कार्की । विरुद्ध प्रत्यर्थी : सामान्य प्रशासन मन्त्री, सामान्य प्रशासन मन्त्रालय हरिहर भवन । : अर्थ राज्यमन्त्री, अर्थ मन्त्रालय बागदरबार । : सामान्य प्रशासन मन्त्रालय । : अर्थ मन्त्रालय, काठमाडौं । : भंसार विभाग काठमाडौं । : त्रिभुवन विमानस्थल भंसार कार्यालय, काठमाडौं । विषय : उत्प्रेषण । (१) निजामती सेवाको विभिन्न पदको लागि पद अनुसारको योग्यता तोकिएको र त्यस्तो योग्यता पुगेका व्यक्ति आफ्नो योग्यताको आधारमा सो पदमा नियुक्ति बढुवा वा सरुवा भै बहाल हुने गरेको पाइन्छ । रिट निवेदकहरु नियुक्त हुँदा वा सरुवा बढुवा भै आउँदाकै अवस्थामा योग्यता नपुगेका व्यक्ति विवादित पदमा बहाल रहेको भन्ने विपक्षी श्री ५ को सरकारतर्फ जिकिर रहेको छैन । रिट निवेदकहरुले आफूले गर्नुपर्ने राजश्व सम्बन्धी कामको लागि अनुभव मात्र होइन त्यस कामको लागि उपयुक्त तालिम वा प्रशिक्षण समेत प्राप्त गरी राखेको भन्ने कुरामा समेत विवाद देखिदैंन । कुनै व्यक्ति कुनै पदमा बहाल भै खास प्रकृतिको कामको अनुभव र तालिम समेत प्राप्त गरी काम गरी आएकोमा निज सो काम गर्नको लागि अयोग्य छ भनी त्यसै भन्न सकिने कुरा होइन । अर्थात निजामती सेवामा प्रवेश गरी कुनै खास प्रकृतिको काम गरी अनुभव प्राप्त गर्नुको अतिरिक्त सो कामको निमित्त निर्धारित तालिम वा प्रशिक्षण समेत प्राप्त गरी काम गरी राखेको व्यक्ति सामान्यतः त्यस कामको लागि योग्यता पुगेको व्यक्ति हो भन्ने अनुमान गर्नुपर्ने हुन्छ । निज सो काम कर्तव्यका लागि अयोग्य छ भन्न निजको कार्य सम्पादन मुल्यांकनको आधार जस्तो मनासिव माफिकको कारण वा आधार आवश्यक देखिने । (प्र.नं. १२) (२) कुनै पेशा वा रोजगारको लागि तत्कालिन कानून अनुसार योग्यता प्राप्त गरी सो पेशा वा रोजगार गरी आएको व्यक्तिलाई त्यस्तो पेशा वा रोजगार गर्न पाउने स्वतन्त्रता नेपाल अधिराज्यको संविधानको धारा १२ को उपधारा (२) को खण्ड (ङ) द्वारा मौलिक हकको रुपमा सुरक्षित रहेको देखिन्छ । संविधानद्वारा सुरक्षित मौलिक हकमा कुनै किसिमको बन्देज लगाइएको स्थितिमा त्यस्तो बन्देज उचित छ वा अनुचित छ भन्ने कुराको निरोपण धारा ८८ को उपधारा (१) अन्तर्गत यस अदालतले हेर्नु पर्ने र अनुचित बन्देज लगाइएको देखिन आएमा त्यस्तो बन्देज लगाउने कानुनलाई अमान्य र बदर घोषित गर्ने असाधारण अधिकार समेत यस अदालतलाई रहेको देखिने । (प्र.नं. १३) (३) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२ को उपधारा (२) को प्रतिबन्धात्मक प्रकरण (५) मा खास खास आधारमा बन्देज लगाउन पाउने व्यवस्था रहेको छ । तदनुकुल कुनै पेशा, रोजगार उद्योग र व्यापार गर्ने स्वतन्त्रतामा सर्वसाधारण जनताको सार्वजनिक स्वास्थ्य वा नैतिकताको प्रतिकुल कार्यमा रोक लगाउने वा कुनै खास उद्योग व्यापार वा सेवा राज्यले संचालन वा कुनै उद्योग व्यापार वा पेशा वा रोजगार गर्नका लागि कुनै शर्त वा योग्यता तोक्ने गरी कानुन बनाई बन्देज लगाउन सक्ने गरी नेपाल अधिराज