निर्णय नं. ५०३९ - निखनाई पाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०३९ - निखनाई पाउं भाग: ३७ साल: २०५२ महिना: बैशाख अंक: १ फैसला मिति :२०५१/०५/२८ २३९९ निर्णय नं. ५०३९ ने.का.प. २०५२ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत् २०४९ सालको दे.पु.नं. १०६४ फैसला मिति : २०५१।५।२८।३ मुद्दा : निखनाई पाउं । पुनरावेदक/प्रतिवादी: भ.पु.जि.महेन्द्र बोडे गा.वि.स. वडा नं. ७ भागुटोल बस्ने चन्द्रबहादुर पिला श्रेष्ठ । विरुद्ध विपक्षी/वादी : भ.पु.जि. भीमसेन गा.वि.स. वडा नं. ८ बस्ने तुल्सी बहादुर प्रजापती । वादीले लिएको दावीलाई खण्डन गरी प्रतिवाद गर्ने प्रतिवादीले वादी हकवाला होइन भन्ने कुराको प्रमाण पुर्याउनु पर्ने बाध्यात्मक व्यवस्था प्रमाण ऐन, २०३१ को दफा २८ ले गरेको पाइन्छ । प्रतिवादीले सो अनुसार प्रमाण पुर्याउन सकेको पाइंदैन भने वादीले पेश गरेको जिल्ला कार्यालय भक्तपुरले गरी दिएको मिति २०३७।३।१३ को नाता प्रमाणितमा पनि मृतक हरिनारायणको सबैभन्दा नजिकको नातेदार मध्येमा वादी तुल्सीबहादुर प्रजापति देखिएको छ । उक्त नाता प्रमाणितमा पनि प्रतिवादीले विवाद उठाएको पाइँदैन । यसरी अधिकार प्राप्त अधिकारीले नाता प्रमाणित गरिदिएको कुरामा प्रतिवादीले विवाद नउठाएपछि वादीलाई नजिकको हकवाला मान्न पर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री बद्रीकुमार बस्नेत विपक्षी तर्फबाटःX अवलम्बित नजीरःX फैसला न्या.केशव प्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :– २. दाजु हरिभक्त प्रजापतिको चितवन नारायणगढ गा.वि. वार्ड नं. ६(ख) कि.नं. २७८ रोपनी ०–०–८.१/४ जग्गा विपक्षीले मिति ०३४।२।१५ मा राजीनामा गरी लिनु भएको म हकवालाको निखन्न पाउने कानुनी प्रावधान हुँदा फिराद गर्न आएको छु । उक्त जग्गा विपक्षीले रु. १६,०००।– मा राजीनामा गरी लिनु भएकोमा निखनाई लिनु पर्यो भनी मेरो उजूर परेकोमा मा.पो.का.का. बाट निखनी लिन मिल्दैन भनी गरेका निर्णयमा मेरो चित्त नबुझी प्र.जि.अ.को कार्यालयमा पुनरावेदन परकोमा मा.पो.का.को निर्णय सदर गरेको प्र.जि.अ. को निर्णय म.क्षे.अ. ले पनि सदर गरेकोमा मेरो पुनरावेदन श्री स.अ. मा परी शुरुको निर्णय सदर गरेको प्र.जि.अ. को निर्णय उपर गरेको म.क्षे.अ. का निर्णय समेत बदर गरी रजिष्ट्रेशनको ३५ नं. को देहाय २ बमोजिम अदालतमा जानु भनी सुनाउनु पर्ने भन्ने फैसला भएको हुँदा मा.पो.का. का. ले उक्त निर्णय गरेको तत्कालिन लेनदेन व्यवहारको ११ नं. ले राजीनामा भएको मितिबाट ६ महिनाभित्र थाहा पाएको ३५ दिनभित्रै धरौट राखेको छु निखनाई पाउनु पर्दछ मुलुकी ऐन संशोधन हुनु भन्दा अगाडि प्राप्त हक सुविधा र दायित्वलाई असर पार्नपछि आएको संशोधनले नसक्ने । सन्धी सर्पन पर्ने हकवाला हुन पर्ने भन्ने कानुनी प्रावधान प्रस्तुत मुद्दामा लाग्न नसक्ने तत्कालिन मुलुकी ऐनको लेनदेन व्यवहारको ११ नं. ले हकवाला भएमा निखनी लिन पाउने कानुनी व्याख्या सम्बन्धी ऐनको दफा ४(ग) ले सातौं संशोधन प्रस्तुत मुद्दामा आकर्षित हुन नसक्ने हुँदा विपक्षीले लिनु भएको उक्त मितिको उक्त जग्गा निखनाई हक सफा गरी पाउँ भन्ने समेत तुल्सी बहादुर प्रजापतिको फिराद दावी । ३. दाता हरिभक्तसँग घर घडेरी बनाउनको लागि नौ कठ्ठा जग्गा खरिद गरी लिएको हुँदा विपक्षीलाई मुलुकी ऐन लेनदेन व्यवहारको ११ नं. को देहायका वाक्यां शबाट फिराद गर्न पाउने होइन विपक्षीलाई काठमाडौं जिल्ला अदालतमा फिराद दायर गर्न