निर्णय नं. २२३५ - डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२३५ - डाँका भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/१२/०५ २१६८ निर्णय नं. २२३५ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् ०४१ सालको फौ.पु.नं. ५९७ मुद्दा : डाँका पुनरावेदक/वादी: नर बहादुर बुढाथोकीको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी: दाङ नारायणपुर गा.पं.वा.नं. ५ बस्ने दुर्गालाल चौधरी समेत । फैसला भएको मिति: ०४१।१२।५।२ मा राजनैतिक उद्देश्यले भएको नाराबाजी तोडफोड र लुटपीट समेतका कृयालाई लिएर राजकाज सजायँ ऐन अन्तर्गत मुद्दा चल्न नसकेपछि डाँका मुद्दा चलाएको देखिएकोमा प्रतिवादीहरूले डाँका गर्ने उद्देश्य लिएर लुटपीट गरेको भन्ने यकीन अवस्था विद्यमान नभएको। (प्रकरण नं.७१) पुनरावेदक वादी तर्फबाटःX विपक्षी प्रतिवादीको तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको फैसलामा चित नबुझी पुनरावेदनको अनुमति पाउँ भनी श्री ५ को सरकारतर्फबाट निवेदन पर्न आउँदा पुनरावेदनको अनुमति प्राप्त गर्न निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ : २. ०३६।१२।३ गतेको राति १२ बजेको समयमा घरमा सुती रहेको अवस्थामा दाङ नारायणपुर गा.पं.वा.नं. ५ बस्ने रामे भन्ने राम बहादुर चौधरी समेतका चिनेका र अन्य १०० जना जति नचिनेका व्यक्तिहरू आई हत्यारा विरे मुर्दावाद माउत्सेतुङ विचारधारा जिन्दावाद शोषक फटाहा मार्छौं काट्छौं भन्ने जस्ता अन्तर्राष्ट्रिय नारा लगाई श्री ५ महाराजाधिराज र श्री ५ वडामहारानी सरकारको फोटोसमेत तोडफोड गरी डर धम्की देखाई राजीनामाका तमसुक र बैङ्कको पासबुक समेत च्यातचुत पारी टुटु सहितको बन्दुक र नगद रु. ४७,७१५। समेत डकैती गरी लगे भन्ने समेत नर बहादुर बुढाथोकीको जाहेरी । ३. मोहन घर्ती जस्ता व्यक्तिहरू हाम्रो घरमा पटक–पटक आई आफ्नो पूर्खाले आर्जन गरेको सम्पत्तिमा अहिले तिमीहरू नोकर भएका छौं आयोग आएर पनि तिमीहरू केही गरिदिएनन् त्यसैले एकजुट भई धनी र जग्गावालालाई लुटपीट गरी आतंक मच्याई दिएमा तिनीहरू भाग्छन् अनि जग्गा तिमीहरूकै हुन्छ भनी भनेकोले र ०३६।१२।३ गते राति राम बहादुरले ५०।६० जना म समेतका भेला गराई नर बहादुरको घरमा लुट्नु पर्दछ राजाको विरूद्धमा नारा लगाउनु पर्दछ भन्ने निर्देशन दिएकोले म समेत अन्य ५०।६० जना भई नर बहादुरको घरमा डाँका गरेका हौं भन्ने समेत ०३७।१२।१२ गते दुर्गालाल चौधरीले प्रहरीमा गरेको कागज । ४. थारू दिन दिनै गरीव हुँदै गए र शोषकहरू दिन दिनै धनी हुँदै गए त्यस्तो व्यवस्थाबाट संरक्षण भएकोले हो यो व्यवस्था र सरकार पल्टाउन पाए यस्तो नहुने र साहुहरूको सम्पत्ति लुटपीट गरी हात हतियार संकलन गरी राजसत्ता समाप्त पार्न जाहेरवालाको घरमा गई टेक बहादुर राम बहादुर समेत भई फोटो च्यातचुत पारी उग्रवादी नारा लगाई डाँका गरेका हौं । सम्पत्ति बण्डा नगर्ने योजना भएकोले बण्डा गरेनौं भन्ने ०३६।१२।१२ मा दामोदर चौधरीले प्रहरीमा गरेको कागज । ५. ०३६।१२।३ गतेको रातमा जाहेरवालाको घरमा राम बहादुर चौधरी काशिराम चौधरी अरू नाम थाहा नभएको मानिसहरू समेत ढोका फोडी भित्र पसी सामान तोडफोड गरी राजाको फोटो समेत तोडफोड गरी माओत्सेतुङ विचारधारा जिन्दाबाद जिन्दाबाद भन्ने नारा लगाई वारदात गरेको हो भन्ने समेत पुरूषोत्तमको प्रहरीमा भएको कागज । ६. ०३६।१२।३ गते राति नर बहादुरको घरमा ५०।६० जना गई