निर्णय नं. २२३६ - आदेश बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२३६ - आदेश बदर भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/१२/०५ २०७६ निर्णय नं. २२३६ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४० सालको दे.पु.नं. ५३० मुद्दा : आदेश बदर पुनरावेदक/वादी: रौतहट जि.टेग्राहा गा.पं.वडा नं. ८ बस्ने यमुना मिश्र ऐ.ऐ बस्ने जनार्दन मिश्र विरूद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने कौशल्यादेवी मिश्र फैसला भएको मिति: ०४१।१२।५।२ मा आदेश बदर गरिपाउँ भन्ने मुद्दामा अंशबण्डा गरिपाउँ भन्ने दावी बिनाको अंशियार सगोलमा छन् को को छुटिएको छन् भनी ठहर गर्न पनि मिल्ने देखिएन । (प्रकरण नं.१२) पुनरावेदक वादी तर्फबाटःX विपक्षी/प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवाली उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंह:. मध्यमान्चल क्षेत्रीय अदालतको २०४०।५।१ को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी वादी पक्षको निवेदन परेकोमा यस अदालतबाट २०४०।१०।१९ मा अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. राम प्रसाद मिश्रको २ पत्नीमध्ये जेठी पट्टिबाट हामीहरू र कान्छी प्रतिवादीको तर्फबाट उपेन्द्र मिश्र १, त्रिविक्रम मिश्र १, अच्यूतानन्द मिश्र १ समेत ३ जना भएको निज राम प्रसाद २०३८।४।७ मा आफ्ना कालगतिले परलोक भएका छन् । निज राम प्रसादको सम्पत्तिमा प्रतिवादी लगायत हामीहरूको अंश हक भोगको जग्गा रहेको छ । प्रतिवादी र हाम्रो बाबु राम प्रसाद मिलोमतो गरी हाम्रो अंश हकको जग्गाबाट हाम्रो हक हरण गर्ने मनसायले प्रतिवादी आफू वादी भई बाबु राम प्रसादलाई प्रतिवादी बनाई बाबु राम प्रसादले प्रतिवाद नगरी एकतर्फी पारिदिए तापनि बाबु राम प्रसाद मरेको जानकारी प्रतिवादीले मिसिलमा दिनु भएको आधारमा वादी बाहेक अरू हकदार अंशियार कोही नभएको आधारमा प्रस्तुत अंश मुद्दा तामेलीमा राखिदिने गरी ०३८।५।१७ मा आदेश भएको हामीलाई थाहा थिएन । बाबु राम प्रसाद मिश्र परलोक भएपछि प्रतिवादीले हाम्रो बाबु राम प्रसादका नाउँको जग्गालाई आफ्ना नाममा नामसारी गराउन मालपोत कार्यालयमा दर्खास्त दिनु भएको बुझी राम प्रसादको जग्गामा हाम्रो पनि हक भएकोले हामीहरूका नाममा पनि नामसारी गरिपाउँ भनी हामीहरूले मालपोत कार्यालयमा निवेदन दिए तापनि अपुतालीको २ नं. ले श्रीमती नजिकको हकदार हुँदा कौशल्यादेवीका नाममा नामसारी हुने ठहर्छ भनी ०३८।११।३ मा मालपोत कार्यालयबाट निर्णय दिएको मैले नक्कल लिँदा माथि लेखिए बमोजिम अंश मुद्दाको निर्णय नक्कल प्रतिवादीबाट पेश भएको थाहा पाएकोले हामीहरूका हकमा आघात पर्ने हुँदा माथि लेखिएको अंश मुद्दामा राम प्रसादको सम्पत्तिमा प्र.कौशल्यादेवीको मात्र एकलौटी हक हुने भन्ने रौतहट जिल्ला अदालतको ०३८।५।१७।४ को तामेली आदेश बदर गरिपाउँ भन्ने समेत वादी दावी । ३. वादीहरू पनि मेरो परिवारको अंशियार हुनुहन्छ भन्ने मैले दिएको अंश मुद्दामा मैले स्वीकार गरेकै छु । यदि वादीहरूको अंशहकको सम्पत्ति स्व.लोग्ने राम प्रसाद मिश्रको नाममा थियो भने सोसम्पत्तिको स्पष्ट उल्लेख गरी राम प्रसादको नामको जग्गा हक मध्ये केकति जग्गामा वादीहरूको हक पुग्ने कुरा रहेकोछ त्यसको फाँटवारी खुलाई वादीले आदेशबदरको नालेश दर्ता गराउन सक्नुपर्नेमा गोलमाल नालेश दर्ता गराउनु भएको गैरकानुनी हो, आदेश बदर हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. अंश मुद्दाबाट वादीहरूको हक जा