निर्णय नं. २२३७ - दर्ता बदर गरी दर्ता गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२३७ - दर्ता बदर गरी दर्ता गरिपाउँ भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/१२/२१ १९९९ निर्णय नं. २२३७ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् डि.दे.पु.नं. ५१२ मुद्दा : दर्ता बदर गरी दर्ता गरिपाउँ पुनरावेदक/वादी: बाँके जिल्ला रामनगर गा.पं.वा.नं.१ हाल होलिया गा.पं.वा.नं. १ बस्ने राम प्यारी देवी मुराउनी विरूद्ध विपक्षी/प्रतिवादी: बाँके जिल्ला फत्तेपुर गा.पं.वा.नं. १ बस्ने माया कुमारी उपाध्यायनी ऐ.ऐ वा.नं. ४ बस्ने लल्लु अहिर ऐ.ऐ बस्ने गजाधर अहिर ऐ.ऐ बस्ने समरानी मुराउनी ऐ.ऐ जगरानी अहिरनी ऐ.ऐ बस्ने रहमली ऐ.ऐ बस्ने गोले अहिर ऐ.ऐ वदलु मुराउ ऐ.ऐ बस्ने मोहमद खान पठान ऐ.ऐ बस्ने जुमइ नाउ ऐ.ऐ वा.नं.१ बस्ने श्रीराम राठ ऐ.ऐ वा.नं.७ बस्ने महमद शठ फैसला भएको मिति: ०४१।१२।२१ मा बिगो नखुलेको क्षेत्रीय अदालतले हेर्न पाउने बाहेकका मुद्दा देखिएकोले न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(१)(ख) अनुसार जिल्ला अदालतको फैसला उपर सम्बन्धित अञ्चल अदालतमा पुनरावेदन लाग्नेमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले पुनरावेदन पत्र लिई फैसला गरेको मिलेको नदेखिएको । (प्रकरण नं.१३) पुनरावेदक/वादी तर्फवाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंह: मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ : २. मेरो आमा रजकला परलोक भई निजको हकको बाँके फत्तेपुर गा.पं.वा.नं. ७(क) मा पर्ने ज.वि. २८–०–० मेरो नाउँमा नामसारी दर्ता हुने ठहर्छ भन्ने दर्ता मुद्दामा ०३७।१।८ मा श्री भेरी अञ्चलाधीश कार्यालयबाट फैसला भई तपसीलमा लेखिएको बाँके फतेपुर गा.पं.वा.नं. ७(क) कि.नं. ३४२, २९१, ३४३, ३६५, ३७१, ३७२, ४६, ६६, २९८ को कित्ता जग्गा पदमलाल उपाध्यायका नाउँमा र कि.नं. १३९, ३२३, ७५, ३१८ श्री राम राउका नाउँमा ऐ. वा.नं. कि.नं. १२३ को जग्गा मोहमद खाँको नाउँमा ऐ. वा.नं. कि.नं. १६७ को जग्गा लल्लु अहिरका नाउँमा ऐ. वा.नं. कि.नं. २५३, ३४६ को जग्गा वदलु मुराउका नाउँमा र ऐ. वा.नं. कि.नं. २५६ को कित्ता रूपरिसी मुराउनीको नाउँमा ऐ. वार्ड कि.नं. ३४७ को जग्गा गजाधर अहिरको नाउँमा ऐ. वा.कि.नं. ३७५ को जग्गा जगरानी अहिरनीको नाउँमा ऐ. वा.कि.नं. ३७६ को जग्गा गोले अहिरका नाउँमा ऐ. कि.नं. को जग्गा महम्मद शेषको नाउँमा ऐ. कि.नं. ३५९ को जग्गा रही मेला शेषका नाउँमा ०३२ सालमा बिक्री वितरण भई गइसकेको भन्ने भू.सु.का. को ०३१।४।१५ को पत्रबाट देखिँदा सो कित्ता बाहेक अन्य कित्ता जग्गा मेरा नाममा नामसारी गरिदिने भनी ०३७।१०।८ मा मालपोत कार्यालय बाँकेबाट निर्णय भएकोले भूमि सुधार कार्यालय बाँकेमा गई थाहा पाई मेरो हक भोगको जग्गा मुद्दा चल्दा चल्दै बिक्री वितरण भई प्र.हरूको नाममा दर्ता भएको दर्ता बदर गरी मेरो नाउँमा दर्ता गरिपाउँ भन्ने समेत राम प्यारी देवीको फिराद दावी । ३. फिरादपत्रको प्रकरण २ मा ०३२ सालमा बिक्री वितरणमा मेरो लोग्नेले प्राप्त गरेको भन्ने कुरा वादीले स्वीकार गर्नु भएको वादीको दावी ०३८।२।८ मा सम्मानीत अदालतमा दर्ता हुन आएकोबाट वादीको दावी ज.मि.को. १८ नं. को म्याद नाघी दर्ता हुन आएको