निर्णय नं. २२३८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२३८ - कर्तव्य ज्यान भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/१२/२३ २१९२ निर्णय नं. २२३८ ने.का.प. २०४२ अङ् १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको डि.फौ.पु.नं. ५३३ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी: डम्बर सिंहको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी: जि.दाङ न.पं. वा.नं. ६ बस्ने पातली मगर्नी फैसला भएको मिति : २०४१।१२।२३।६ मा बच्चा जन्मिएपछि बच्चा दुर्घटनावश आफैं पनि निस्सासिएर मर्न सक्ने भनि मोदिको मेडिकल जूरिस्प्रोडेन्सबाट हत्याको परिच्छेद नवौं संस्करण पृष्ठ ३७५ मा लेखिएको र मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा उल्लिखित बुँदा प्रमाणहरू समेतको आधारमा प्रतिवादीको कर्तव्यबाट नै मृतक बच्चीको मृत्यु भएको भन्ने कुरा निर्विवाद रूपमा समर्थित हुन नसक्ने शंकाजन्य स्थितिको सिर्जना हुन गएको यस्तो स्थितिमा निज प्रतिवादीहरूलाई कसूरदार ठहर गर्न नमिल्ने । (प्रकरण नं.१९) पुनरावेदक वादीहरुको तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार विपक्षी प्रतिवादीहरुको तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंह: मध्य पश्चिमान्चल क्षेत्रीय अदालतले सफाई दिई गरेको फैसला न्यायसंगत नहुँदा प्रहरी प्रतिवेदन माग दावी बमोजिम प्रतिवादीलाई सजायँ गरिपाउँ भनी श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ । २. मिति ०३८।१२।१२ गते बिहान अन्दाजी ६/७ बजे म आफ्नो खेत सुकिदह तर्फ जादाँ वर पिपलको स्वेताको किनारमा बगरमाथि भर्खर जन्मिएको मरेको बच्चा फालिएको देखेको हुनाले जाहेर गरेको छु भन्ने न.स.स. डम्बर सिंह घर्ति मगरको जाहेरी । ३. दाङ त्रिभुवननगर गा.पं.वा.नं. ६ भित्र पर्ने सेडिनी सौताको बालुवामा उत्तर सिरान दक्षिण गरी उत्तानो परेको बालिकाको लाश कौवा चिलले खाएको जस्तो भन्ने समेत लाश प्रकृति मुचुल्का । ४. पातली मगर्नीलाई जाँच्दा निजले महिना पुगेको बच्चा जन्माएको र बच्चा जन्माएको ४/७ दिनभित्र भएको भन्ने महेन्द्र अस्पताल दाङको डाक्टर सन्त कुमार श्रेष्ठको जाँच प्रतिवेदन पत्र । ५. मेरो लोग्ने पदम बहादुर तर्फबाट ३ वटा केटाकेटी जन्मेका छन् लोग्ने विदेश गएको ४ वर्ष भयो चिठ्ठी समेत नआउने र घर भत्केकोले माइतिघर सुपेलामा आई बसेको छु १ वर्ष भयो हरि बहादुरसँग उठबस करणी लेनदेन भएको थियो । गत श्रावण देखि गर्भ बोकेको थिएँ । हरि बहादुरको अर्को स्वास्नी भएको र घर बनाउन लागेकोले घर तयार भएपछि निजसँग पोइल जाने विचार थियो त्यतिकैमा म माइतिघर भएकै अवस्थामा राति ११ बजे मरेको बच्चा (छोरी) जन्मिएछ । हरि बहादुरले सिरकको खोलमा लगी पर पिपलको सोतामा गाडेर आएका हुन् । भोलिपल्ट भल आएछ र निकाली बगरमा फ्यालेछ । मेरो गर्भबाट मरेको बच्चा जन्मेको होइन र गर्भ पतन पनि गराएको होइन भन्ने समेत पातली मगर्नीको प्रहरीमा भएको बयान । ६. बच्चा जिउँदो जन्मेको हो र मृत्युको कारण निसास्सिएर भएको हुन सक्दछ भन्ने डाक्टर सन्त कुमारले ०३८।१२।१३ र ०३८।१२।१६ को लाश जाँच प्रतिवेदन सहितको पत्र । ७. पातलीको विवाह नहुँदै निजको र मेरो प्रेम भई करणी लिने दिने गर्दथ्यो पछि मेरो सरूवा मालुवाङ भएकोले पातलीको पदम बहादुरसँग विवाह भएछ । पातलीको लोग्ने विदेश गएकोले पातलीसँग करणी लिने दिने भई रहन्थ्यो । ०३८ भाद्रमा गर्भ रहेको थाहा पाएपछि बच्चा भए व्यहोर्छु भनेको र ०३८ चैत्र १४ गते राति अ