निर्णय नं. ५०४० - उत्प्रेषण लगायत जो चाहिने आज्ञा जारी गरी पाउं ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०४० - उत्प्रेषण लगायत जो चाहिने आज्ञा जारी गरी पाउं । भाग: ३७ साल: २०५२ महिना: बैशाख अंक: १ फैसला मिति :२०५१/०२/२२ २२७२ निर्णय नं. ५०४० ने.का.प. २०५२ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने सम्वत् २०४८ सालको रिट नं. २१४० आदेश मिति : २०५१/२/२२/१ विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा जारी गरी पाउं । निवेदक : का.जि.का.न.पा. वार्ड नं. ४ बालुवाटार बस्ने धन बहादुर लामा । विरुद्ध विपक्षी :का.न.पा.का कार्यकारिणी अध्यक्ष धनबहादुर बस्नेत काठमाडौं नगरपालिका । का.जि.का.न.प.वडा नं. २७ न्हेकन्तला बस्ने रुवी राजभण्डारी । ऐ.ऐ बस्ने नारायणमान राजभण्डारी । ऐ.ऐ वडा नं. ४ बस्ने रमेश प्रसाद सापकोटा । ऐ.ऐ बस्ने विद्याधर अर्याल । ऐ.ऐ बस्ने वडा नं.३१ पुतली सडक बस्ने परमिला देवे । का.जि.का.न.प. वडा नं.९ बानेश्वर बस्ने उमा बस्ताकोटी । ऐ.ऐ वडा नं.२२ गणबहाल बस्ने गौरी देवी आदी । नक्सा पास सम्बन्धमा निवेदकले उजुर गर्दैमा हक बेहकको प्रश्न उठेको भनी सम्झन नमिल्ने । (प्रकरण नं. १४) कानुन बमोजिम नक्शा पास गरी दिने अधिकार प्राप्त का.न.पा. को कार्यकारिणी सचिव एवं अध्यक्षले कानुन बमोजिम नक्शा पास गरी दिने गरेको निर्णयलाई अनाधिकार निर्णय भएको भन्न नमिल्ने । (प्रकरण नं. १४) मातहत अदालतमा विचाराधिन रहेको मुद्दामा रिट क्षेत्रबाट बोल्न नमिल्ने । (प्रकरण नं. १४) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री लेखनाथ पौड्यान विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर, विद्वान अधिवक्ता श्री ध्रुवनाथ पन्त, विद्वान अधिवक्ता श्री अर्जुनप्रसाद कडेँल अवलम्बित नजीरःX आदेश न्या.केशवप्रसाद उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ बमोजिम दर्ता हुन आएको प्रस्तुत रिट निवदनको संक्षिप्त विवरण यस प्रकार छ :– २. का.जि.का.न.पा. वडा नं. ४ बालुवाटारको साविक वडा नं. २३(ग) को कि.नं. ११, १२, १३ को हाल विपक्षीहरुले कि.नं. ४९९, ५४१, ५४२ , ५३९ , ५४०, ५३८, ५३६, ५४३ र ५३७ का कित्ताहरु कायम गराएको कि.नं. ११ को जग्गामा म निवेदकको २००७ सालदेखि नै घरवास बनाई जग्गा जोत भोग आवाद गरी अविछिन्नरुपले कमाई भोगाधिकार र एवं हक अधिकार प्राप्त गरेको जग्गा हो । साविकमा यो जग्गा हिम शमशेर राणाको हो । हिम शमशेर राणा औषधि उपचार निमित्त भारततर्फ जानु हुँदा आफू फर्की आएको अवस्था जग्गा र जग्गाको बाली समेत उहाँलाई फिर्ता दिने बुझाउने शर्तमा मलाई लेखी कमाउन दिई २००७।९।२ मा जानु भएको हो । ३. विपक्षी गौरी देवी आदिले यो जग्गामा २०२७ सालमा मोही लेखाई नापी गराई २०४७ सालमा मोहीबाट जग्गा धनी बनी धनी पूर्जा लिएको दिन मिति २०४७।४।३२ मा काठमाडौं मालपोत कार्यालयबाट ३ नं. नापी गोश्वाराका कर्मचारीका एकाघरका नाता पर्ने व्यक्तिहरुलाई ०–१४–०, ०–१४–० आना जग्गा घर समेत दिई बाँकी विपक्षी परमिला देव, उमा वस्ताकोटी, रमेश सापकोटा, विद्याधर अर्याल समेतलाई हा.व. गरी मिति २०४७,४।३२ मा दिई उक्त जग्गा कमाउँदै नकमाएको मोहीले मोहीबाट जग्गा धनी बनी बिक्री गरी दिएको र नभए नगरेको काम कुरा गर्ने व्यक्तिबाट हक प्राप्त गरेको भनी विपक्षी रमेश सापकोटा समेत म बसीरहेको जग्गामा आई घरवासमा बाधा विरोध गर्न लागेको यस सम्मानीत अदालतमा मिति २०४७।८।१० मा नं. ९२५ को उत्प्रेषण मुद्दामा कारवाही भैरहेको छ र सोही विवादित जग्गा मिति २०४८।५।१७ मा विपक्षी रुवी राजभण्डारीले हा.व. लिई