निर्णय नं. २२३९ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२३९ - ज्यान भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/१२/१८ २१५९ निर्णय नं. २२३९ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४० सालको फौ.पु.नं. ३४५, ३७७ मुद्दा : ज्यान । पुनरावेदक/प्रतिवादी:जि.महोत्तरी पीपरा गा.पं.वा.नं.४को हाल सहिदवा वा.नं. ७ बस्ने बद्री नारायण यादव विरूद्ध विपक्षी/पुनरावेदक/वादी : श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी:जि.महोत्तरी पीपरा आदर्श गा.पं.वा.नं.४ को हाल सहीदवा गा.पं.वा.नं.७ बस्ने बद्री नारायण यादव समेत फैसला भएको मिति:२०४१।१२।१८ मा मृतकसँग मार्नेसम्मको पहिलेको रिसइवी भएको नदेखिएको अवस्थामा २ पक्षको बीचमा भएको भनाभनको स्थिति चर्कन गई तत्काल उठेको रिस आवेगमा प्र.बद्री नारायणले आफूसँग रहेको लाठीले प्रहार गर्दा भन्ने कुरा प्रहरीमा साविती भएको र सो को पुष्टी पोष्टमार्टम रिपोर्ट समेतबाट समर्थन हुन आएको हुँदा निजलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम सजायँ गर्ने गरेको शुरूको इन्साफ मनासिव ठहर्याएको मध्यमान्चल क्षेत्रीय अदालतले गरेको निर्णय मनासिव ठहर्छ । (प्रकरण नं.२८) पुनरावेदक/प्रतिवादीहरूको तर्फबाट:विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्त पुनरावेदक तर्फबाट :विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री शम्भु थापा उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंहः मध्यमान्चल क्षेत्रीय अदालतबाट शुरू जि.अ.ले गरेको फैसला आंशिक सदर गर्ने गरी गरेको फैसला उपर चित्त बुझेन भनी श्री ५ को सरकारतर्फबाट र ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम गर्ने गरी गरेको फैसला उपर प्र.बद्री नारायणको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको छ : २. ०३७ साल आषाढ ९ गतेको राति गरीव र धनी पक्षको बीच वादविवाद हुँदा वातावरण चर्कन गई बद्री नारायण यादव समेतका व्यक्ति हातहातमा भाला लाठी लिई आई बद्री नारायण यादवले गरेको लाठीको चोटबाट भरोसी मण्डललाई टाउकोमा लाग्न गई सोही तत्काल मुत्यु भएको हुँदा कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको लक्ष्मणवतीले दिएको जाहेरी । ३. ०३७।३।९ को साँझमा ७।८ बजेतिर गरीव पक्षका ३०।३२ जना महावीर र पुरणको घरनिर जम्मा भएकोमा थाहा पाई धनी पक्षको २५।३० जना त्यस ठाउँमा पुगी दोहरो भनाभन हुँदा पुरणले बद्रीलाई बोलाई ल्याउनु भनी खबर पठाई बोलाइ ल्याएपछि बद्री नारायण यादवले हातमा लिएको बाँसको लाठीले एक्कासी प्रहार गर्दा गरीव पक्षको भरोसी मण्डललाई लाग्न भई घटनास्थलमै मृत्यु भएको हो भन्ने समेत विनोद झा, बुचा झा, मोहन झा, दशरथ यादवले गरेको बयान । ४. ०३७।३।९।१ को साँझ गरीव पक्षका मानिसहरू पुरणको घरनिर आई झगडा हुन थालेको छ तपाई पनि जान पर्यो भनी मलाई घरमा आई सत्यन्द्रसमेतले भनेपछि म हातमा लाठीलिई उनीहरूको साथमा जाँदा धनी र गरीव पक्षकाबीच भनाभन भएको रहेछ । त्यो अवस्थामा महावीर र पुरणको घरबाट लाठी ढुंगा चलाउन लागेकोले गरीवहरू रिसाई हामीलाई मार्न पाउँदैनौं भनी अगाडि बढ्न लागेकोले पुरण, महावीर, बद्री साहु, जीवनले मलाई हौसला बढाएकोले हातमा रहेको लाठी प्रहारगर्दा भरोसी मण्डललाई टाउकोमा लाग्न गई मृत्यु भएछ त्यसपछि मलाई टाउकोमा महावीरको घरबाट चलाएको ढुङ्गा लागी बेहोश भए के के भयो मलाई थाहा भएन भन्ने समेत व्यहोराको बद्री नारायणको बयान कागज । ५. सोहीमाथि उल्लेख भएकै विषयलाई समर्थन गर्दै